नववर्षमा झापाको पर्यटकीयस्थलहरु भरिभराउ

हाम्रो दमक

दमक,१ बैशाख । नयाँ वर्षका दिन आज जिल्लाको पयर्टकीस्थलहरु भरिभराउ भएका छन् । जिल्लाको एक दर्जन बढी विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुमा विहानैदेखि घुम्न आउने सयौं आन्तरिक पर्यटकहरुले भरिभराउ भएका हुन् ।


जिल्लामा अहिले नाम चलेका २ दर्जनबढी पर्यटकीय तथा धार्मिक स्थलहरु छन् । जिल्लाको कन्काई नगरपालिकामा पर्ने जामुनखाडी सिमसार, धनुषकोटीधाम, कोटीहोम, शिवसतासी नगरपालिकामा पर्ने दोमुखा ,सतासीधाम, अर्जुनधारा नगरपालिकामा पर्ने जलेश्वरधाम,फनवल्र्ड वुद्धशान्ति गाँउपालिकाको सुखानी पार्कमा विहानैदेखि मनोरञ्जनका लागि आन्तरिक पर्यटकहरुको घुईचो लागेको थियो । अन्य दिनभन्दा नयाँ वर्षसहित मुख्य चाडपर्वहरुमा रमाइलो गर्न मान्ने चलनका रुपमा विकास हुदै गएपछि त्यहाँको व्यापारिक कारोवार समेत बढेको पाईएको छ ।
त्यस्तै, निजी क्षेत्रबाट निर्माण भएको जिल्लाको विर्तामोडमा पर्ने मिनी माउण्टेन्ड, सुरुङ्गाको हयाप्पी ल्याण्ड फन पार्क (सेल्फी डाँडा ) , कमल गाँउपालिका ६ मा हालै सञ्चालनमा आएको स्माइल फनपार्कमा समेत आन्तरिक पर्यटकहरुको घुइचो लागेको थियो । मनोरञ्जनका लागि चिनिएका त्यस्ता पर्यटकीय स्थलहरुमा ठुलो संख्यामा युवायुवतीहरु, घरपरिवारनै रमाइलो गर्न भेला भएका थिए ।
कमलको स्माइल फनपार्कमा भेटिएका सहकारी सञ्चालक लोचन ढुंगाना नयाँ वर्षमा परिवारिक घुमघामका लागि आएको वताँउछन् । सधै कामकाममा व्यस्त हुनुपर्ने दैनिकीवाट फुर्सदमा मनोरञ्जन लिन फनपार्कमा स्वीमिङ्ग, बोर्टिङ गरेर मनोरञ्जन लिएको उनको भनाई छ ।
स्माइल फनपार्कका सञ्चालक दिवान राईले विहानैदेखि फनपार्कमा मनोरञ्जन लिनका लागि एकैदिन १५ सय बढीले अवलोकन गरेको वताए । नयाँ वर्षमा रमाइलो मान्न टाढा टाढाबाट पनि फनपार्कमा आएको उनले जनाए । अन्य दिन भन्दा नयाँ वर्षमा फनपार्कबाट राम्रै कारोवार भएको उनी वताँउछन् ।
यता , नयाँ वर्षमा जिल्लाको सेनिमा घरहरुमा समेत ह्वातै वढेको थियो । पाभीभरा चित्रमन्दिरका सञ्चालक चैतन्य वरालले अन्य दिनभन्दा नयाँ वर्षमा फिल्म हलमा दर्शकको संख्या बढ्ने गरेको वताएका छन् । ‘नयाँ वर्षका दिन फिल्मी वजार उत्साहजनक रहयो’ सञ्चालक बरालले भने , –‘चाडपर्व झै नयाँ वर्ष मनाउने गरिदैआएकाले पनि मनोरञ्जनका लागि फिल्म हेर्ने संख्या ह्वातै बढेको हो ।’

आइत, बैशाख १, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

मेचीनगर गोल्डकपमा आज धरान र च्यासल भिड्दै

बिर्तामोड । झापाको काँकरभिट्टामा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपमा आज धरान फुटबल क्लब सुनसरी र च्यासल युथ क्लब काठमाण्डौबीच प्रतिस्पर्धा हुने भएको छ । हिजोदेखि सुरु प्रतियोगिताको खेल काँकरभिट्टा माविको खेल मैदानमा दिउँसो ३...

क्यान्सरपीडित एनोजलाई १० लाख बढि सहयोग हस्तान्तरण

बिर्तामोड । १७ बर्षिय क्यान्सरपीडित एनोज राईको सहयोगार्थ सामाजिक स्वयम्सेवक नेपाल मिसन झापाको सक्रियतामा अभियानबाट उठेको १० लाख बढी रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ । इलाम माइ-नगरपालिका ९ का एनोजलाई बचाउ अभियान अन्र्तगत सामाजिक...

माङहिमलाई सहयोग हस्तान्तरण

कमल ,११ बैशाख । झापाको कमल ७ स्थित मेमेङ टोलमा निर्माणाधिन किरात युमा माङ्हिमको भवन निर्माणका लागि ६८ हजार बढी सहयोग उपलब्ध गराइएको छ । माङ्हिमलाई सहयोग हस्तान्तरण गर्दै अभियानकर्मी केरुङ् युकेमा बदै आएकी कमल ७...

संसफो झापाको नेतृत्व चयन

दमक,११ बैशाख । सत्तारुढ संघीय समावादी फोरम नेपाल ( संसफो )झापा जिल्ला समन्वय समितिको अध्यक्षमा दिपेनवाला राई चुनिएका छन् ।जिल्लाको दमक नगरीमा हिजो सम्पन्न जिल्ला समन्वय समितिको प्रथम अधिबेशनबाट राईको अध्यक्षतामा सर्वसम्मत ४५ सदस्यीय...

सवारी दुर्घटनामा एक जनाको मृत्यु ,४ घाईते

दमक,१० बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाउँपालिकामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार...

नेकपाका झापा इञ्चार्ज बिर्तामोडमा पक्राउ

बिर्तामोड,१० बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला इञ्चार्ज सौगात कटुवाल सोमबार साँझ पक्राउ परेका छन् । प्रहरीले जिल्ला इञ्चार्ज कटुवालसहित अर्जुन चौहानलाई बिर्तामोड १ को बिर्तामोड आँखा अस्पताल नजिकैबाट पक्राउ गरेको हो...

हलेसी कृषि सहकारी सञ्चालनमा

दमक,१० बैशाख। यहाँस्थित हलेसी कृषि सहकारी संस्था नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमका वीच सहकारीको औपचारिक रुपमा शुभारम्भ गरिएको अध्यक्ष प्रविण चाम्लिङले जानकारी दिए । दमक ७ राधाकृष्ण मन्दिर क्षेत्रमा स्थापना...

स्थानीय सरकारलाई अधिकार माग्दै अपाङ्गता भएका ब्यक्तिहरु

बुद्धशान्ति । अपाङ्ग भएका ब्यक्तिहरुको छाता संगठन बेरोजगार संघर्ष समिति झापाले झापाका १५ वटै स्थानीय तहमा आउँदो नीति तथा कार्यक्रममा अपाङ्गताको सवालहरु समावेश गर्न माग गरेका छन् । पहिलो चरणको अन्तिम कार्यक्रम अनुरुप शुक्रवार...

सिटिजन बैङ्कका कर्मचारी र सेवाग्राहि गरि ४१ जनाद्धारा रक्तदान

विर्तामोड । सिटिजन बैङ्ककोे १२ औ वार्षीक उत्सवको अवसरमा झापाको विर्तामोड साखामा आईतवार रक्तदान कार्यक्रम कार्यक्रम आयोजना गरिएको छ । वैकका प्रदेश नम्वर १ का प्रवन्धक ओमकार आचार्यले विर्तामोड साखामा रक्तदान कार्यक्रम आयोजना गरी...

मेचीनगर गोल्डकपको उद्घाटनमा आयोजक र दाउफिन्स भिड्ने

बिर्तामोड । अफ्रिकन टोली दाउफिन्स एफसी क्यामरुनले मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भिड्ने पक्का भएको छ । प्रतियोगिता वैशाख १२ गते काँकरभिट्टा माविको खेल मैदानमा उद्घाटन हुनेछ । आयोजकले...