नयाँ बर्ष २०७६ फुटसल प्रतियोगिता इजरायलको उपाधी केवाईसी रातोलाई, भिडियो सहित

हाम्रो दमक

इजरायल | नयाँ वर्षको अवसरमा इजरायलमा सम्पन्न नयाँ बर्ष २०७६ फुटसल प्रतियोगिताको उपाधीमा केवाईसी रातोले कब्जा जमाएको छ ।

भारतिय टिम दार्जिलिंग युनाइटेडमाथी १-२ को जित निकाल्दै केवाईसी रातोले उपाधी जितेको हो ।

नयाँ बर्ष २०७६ फुटसल प्रतियोगिताको बिजेता केवाईसी रातो

प्रतियोगिताको पहिलो खेलमा केवाईसी निलो र सेमीफाइनलमा भारतको गोवा फुटवल टिमलाई टाईब्रेकरमा हराएर दार्जिलिंग युनाइटेडले फाइनलको यात्रा तय गरेको थियो भने, केवाईसी रातोले एनआरएनए इजरायललाई पहिलो खेल र सेमीफाइनलमा इस्ट स्पोर्टिंगलाई टाईब्रेकरमा हराएर फाइनलमा पुगेको थियो ।

उपविजेता टिम दार्जिलिंग युनाइटेड

जित संगै बिजेता टिमले नगद २६०० सेकल, ट्रफी, प्रमाण पत्र पाएको छ भने उप विजेता टिमले १३०० सेकल ट्रफी तथा प्रमाण पत्र पाएको छ । प्रतियोगितामा उत्कृस्ट खेलाडी सतिस राई: दार्जिलिंग युनाइटेड, उत्कृस्ट गोलकिपर सन्तोष लिम्बु: केवाईसी रातो, सर्वाधिक गोल (५) कुन्जन यस्से: इस्ट स्पोर्टिंगले प्राप्त गरेका थिए ।

प्रतियोगितामा उत्कृस्ट खेलाडी सतिस राई: दार्जिलिंग युनाइटेडबाट ट्रफी लिदै

उता आयोजकले फेसबुक पेजमा खेल पुर्व फाइनल कसले जित्छ भन्ने एक पोल तयार गरेको थियो जसमा धेरै जनाको अनुमान सहि भएतापनि गोला प्रथा द्वारा दिवस घिसिंगले गोर्खा मोवाइल होमको तर्फबाट JBL Flip 4 Speaker उपहार प्राप्त गरेका थिए ।

बिगत २/३ वर्षबाट हरेक नयाँ वर्ष तथा नेपाली विभिन्न पर्वहरुको अवशर पारेर निरन्तर आयोजना गरिदै आएको फुट्सल प्रतियोगितामा यस पटक एनआरएनए इजरायल, इस्ट स्पोर्टिंग, सम्सरा, कायापलट, केवाईसी रातो, केवाईसी निलो र भारततिय दुई टिम दार्जिलिंग युनाइटेड र गोवा फुटवल टिमले सहभागी जनाएका थिए ।

गोला प्रथा द्वारा दिवस घिसिंगले गोर्खा मोवाइल होमको तर्फबाट JBL Flip 4 Speaker उपहार प्राप्त गर्दै

प्रतियोगिता अप्रिल १२ शुक्रबार इजरायलको तेलअविभ स्थित लेविन्सकी फुट्सल ग्राउण्डमा सम्पन्न भएको हो ।

प्रतियोगिता सम्पन्न पछि आयोजक समितिका संयोजक तथा पुर्व राष्ट्रिय खेलाडी सुन्दर नेपालले हाम्रो दमक संग कुरा गर्दै खेलकुद स्वास्थ्यका लागी बरदान, एकता सदभाव नै भाइचाराको प्रतिक मुख्य नारा लिएर खेलकुद प्रेमी युवा समूहद्वरा नयाँ बर्ष २०७६ फुट्सल प्रतियोगिता सफल बनाउन सहयोग गर्न विभिन्न संघ सस्था, सम्पूर्ण साथीभाई तथा खेललाई प्रायोजन गर्नेहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

उनले भने प्रतियोगितालाई सफल बनाउन खेलमा सहभागी हुने सम्पूर्ण टिम तथा खेलाडीहरुलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि यसप्रकारको प्रतियोगितामा यहाँहरुको उतिकै साथ सहयोग मिल्ने कुरा आशावादी रहदै, खेल अवधिमा आयोजकको तर्फबाट कुनै कमि कमजोरी रहेमा आगामीदिनमा सुधार गर्दै लैजाने प्रतिबद्धता सहित नयाँ बर्ष २०७६ फुट्सल प्रतियोगिताको बिजेता केवाईसी रातो र उपविजेता दार्जिलिंग युनाइटेड टिम र सम्पूर्ण खेलाडी साथीहरुलाई बधाई तथा धन्यवाद ब्यक्त गरेका छन्  ।

प्रतियोगिताको भिडियो

आइत, बैशाख १, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

अस्ट्रेलियामा केकीको विश्वास

पछिल्लो समय सामान्य कुरामा पनि सम्बन्ध विच्छेद हुने सामाजिक विकृतिलाई कथामा उतार्दै विश्वास बोलको एक समसामयिक गीतको भिडियो रिलिज गरिएको छ । डा. भोला रिजालको शब्द, नरहरी प्रेमीको संगीत रहेको गीतमा लामोसमय देखी अस्ट्रेलियालाई कर्मभुमि...

झापाली समाज युएईका पुर्व अध्यक्ष भण्डारीको बिदाई

आरपी सहयात्री अप्रिल १८,युएई- झापाली समाज युएईले आफ्ना पुर्वअध्यक्ष रोहितकुमार भण्डारीलाई युएईबाट भव्य तरिकाले बिदाई गरेको छ । नेपाली नववर्स २०७६ को अवसरमा गत १२ अप्रिल शुक्रबार झापाली समाज युएईले आयोजना गरेको शुभकामना आदानप्रदान तथा...

अध्यक्षमा कुमार आङ्देम्बेलाई चुन्दै सकियो कियाचु इजरायलको छैटौँ वार्षिकोत्सव

इजरायल | किराँत याक्थुङ चुम्लुङ इजरायलको छैटौँ वार्षिकोत्सव तथा साधारणसभा तेलअविव इजरायलमा १३ अप्रिल २०१९ (शनिबार) का दिन सम्पन्न भएको छ । साधारणसभाबाट निवर्तमान महासचिव कुमार आङ्देम्बे अबिको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ ।...

काकड्भिटटाका एक युवा मलेसियामा मृत भेटिए

काकड्भिटटा,१९ चैत । झापा, काकड्भिटटाका एक युवा मलेसियामा मृत भेटिएका छन् । मलेशिया स्थित कोतारायामा झापा ,काकटभिट्टा घर भएका याम बहादुर गुरुङ २ अप्रिलका दिन विहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।...

‘हामी जुटाै हाम्रै लागि’ मूल मन्त्र सहित इजरायलमा नयाँ बर्ष सांगितिक साँझ २०७६ को तयारी अन्तिम चरणमा

इजरायल | नेपाली नयाँ बर्ष २०७६ लाई स्वागत गर्दै इजरायलमा आयोजना गर्न लागिएको “नयाँ बर्ष सांगितिक साँझ २०७६” को तयारी अन्तिम चरणमा पुगेको छ । ‘हामी जुटाै हाम्रै लागि” भन्ने मुल मन्त्र लिएर स्थापना गरिएको...

यो नयाँ वर्ष इजरायलमा नेपाली र भारतीय क्लब बिच फुट्सल प्रतियोगिता हुने

इजरायल | नयाँ वर्षको अवशर पारेर इजरायलमा स्थापित नेपाली र भारतीय फुटवल क्लब बिच फुट्सल प्रतियोगिता हुने भएको छ । यहि अप्रिल १२ मा इजरायलको तेलअविभ स्थित लेविन्सकी फुट्सल ग्राउण्डमा हुन् गईरहेको उक्त प्रतियोगितामा नेपाली र...

दुबईमा तीन वटा ट्राभल एजेन्सीहरु मर्ज

यूएई, ९ चैत । यूएईको नेपाली व्यावसायिक क्षेत्रमा कुशलतापूर्वक व्यापार गरिरहेका तीन लोकप्रिय नेपाली ट्राभलहरु मर्ज भएका छन् । दुबईमा नेपालीले सञ्चालन गरेका तीन वटा ट्राभल एजेन्सी एउटै भएर कारोबार गर्न सहमत भएका हुन्...

अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको तयारी गरिदै

अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको तयारी,  प्रथम स्थान प्राप्त गर्नु हुने नेपालीलाई नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधि प्राप्त हुने नेपाली झण्डा दिवसको तयारी गरौ, नेपाली हुनुमा गर्व गरौँ भन्ने मूल मन्त्रका साथ बैशाख १...

कियाचु इजरायलले छैठाैं बार्षिकाेत्सव साथै साधारण सभा गर्दै

इजरायल | किरात याक्थुङ चुम्लुङ इजरायलले आउदो अप्रिल १३, २०१९ का दिन इजरायलको तेलअविवमा संस्थाकाे छैठाैं बार्षिकाेत्सव साथै साधारण सभा कार्यक्रम गर्ने भएकाे छ। कियाचुका अनुशार इजरायलकाे हकमा समयकाे अत्यन्तै अभाव रहेकाेले बार्षिकाेत्सव र साधारण...

प्रवासी सृजनशील महिला समुहको तेश्रो वार्षिकोत्सव सम्पन्न

इजरायल | इजरायलमा स्थापित झापा दमकेली महिलाहरुको समूह प्रवासी सृजनशील महिला समुहले आफ्नो स्थापनाको तेश्रो वर्ष सफल्तापुर्वक सम्पन्न गरेको छ । इजरायलको तेलअविभ स्थित यसोधामाला-३८ मा यहि मार्च १६ मा उक्त कुराको जानकारी गराउदै तेश्रो...