नयाँ वर्षको दमकमा शुभकामना आदानप्रदान

हाम्रो दमक

दमक,१ बैशाख । नयाँ वर्ष २०७६ सालको अवसर पारेर दमकमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । सड्क  दुर्घटना न्यूनीकरण सम्बन्धी सामाजिक क्षेत्रमा कृयाशील संस्था जीवन चक्र समाज नेपालले दमकको वसपार्क क्षेत्रमा आज एक कार्यक्रम गरि शुभकामना आदानप्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष गणेश प्रसाद गौतमले वताए । समाजले विगतका वर्षझै यसवर्ष पनि नयाँ वर्षको पहिलो दिन शुभकामना आदानप्रदान कार्यक्रम गरिआएको छ ।

दमक वडा नम्बर ९ वडा सदस्य समिन रिजालको प्रमुख आतिथ्यतामा भएको उक्त शुभकामना आदानप्रदानमा सहभागीहरुले नयाँ वर्षको शुभकामना दिदै सडक दुर्घटना न्यूनीकरण गर्न सवैको प्रयास आवश्यक भएको औल्याए ।
कार्यक्रममा नेपाल यातायात मजदुर संघका प्रदेश नम्बर १ का सहसचिव गान्धी प्रसाद भण्डारी ,संघीय फोरम ट्रेड युनियनका अनिल लामा ,हलुका सवारी चालकका निर्तमान अध्यक्ष गौतम कुमार लामा,सप्तरङ्गी एफएमका प्रबन्धक गिरीराज भट्टराईले समाजले चालेका कदमको प्रशंसा गर्दै नयाँ वर्ष २०७६ ले देशमा सुख शान्ति तथा दुर्घटना रहित बनोस भन्ने शुभकामना दिएका थिए । त्यस कार्यक्रममा समाजका सदस्यहरु, ट्राफिक प्रहरी, यातायात मजदुर ,चालकहरुको उपस्थिति रहेको थियो ।

आइत, बैशाख १, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

इष्टुको प्रदेश समिति चयन

दमक,३२ जेठ । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्रदेश नं. १ प्रदेश कार्यसमिति चयन गरेको छ ।  शिक्षकहरुको पेशागत हकहितमा आवाज उठाउदै आएको इस्टुले यादव अधिकारीको अध्यक्षतामा...

विश्लेषक गिरी दमक आउदै

दमक,३२ जेठ । यूथ नेटवर्कको नियमित श्रृङखलामा सहभागि हुन भोलि नेपाली कांग्रेसका नेता तथा बिश्लेषक प्रदिप गिरी दमक आउदै छन् । स्थानीय गोरखा डिपार्टमेन्टल स्टोरमा भोलि आइतबार दिनको २ः३० वजेदेखि तीन घण्टा लामो सातौ...

आदिवासी रंगशाला पूर्ववत निर्णयमा फर्किएको घोषणा

दमक,३२ जेठ । झापाको कमल ५ स्थित आदिवासी रंगशाला स्मृति प्रतिष्ठानले सरकार पक्षसंग भएको सहमति कार्यान्वयन नभएको भन्दै आदिवासी रंगशालाको विकल्प त्तत्काल वन्द भएको जनाएको छ । प्रतिष्ठानले बैठकको निर्णय सार्वजनिक गर्दे विगत केही...

दमकमा प्रथम नगर ब्याडमिन्टन प्रतियोगिता

दमक , ३२ जेठ । प्रथम दमक नगर ब्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि दमक ६को बद्री शाहको टिमले हात पारेको छ । बन्द्री र कमल शाहको टिमले वडानम्वर १को डिल्ली श्रेष्ठ र सरोज राईको टिमलाई...

गुठीसम्बन्धी विधयेक पास हुन दिदैनौ: देउवा

काठमान्डाैं | नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुठीसम्बन्धी विधयेक पास हुन नदिने बताउनुभएको छ । आज हेटौँडामा आयोजित नेपाल सांस्कृतिक सङ्घको जिल्ला सभापति एवं विधागत सङ्घका सभापतिको राष्ट्रिय प्रशिक्षण भेलामा पूर्वप्रधानमन्त्री देउवाले देशमा सांस्कृतिक...

सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने गरे ५ वर्ष जेल १५ लाख जरिवाना

प्रतिनिधि सभाको विकास समितिले फेसबुक ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने प्रावधान यथावत् राखेर सूचना प्रविधि विधेयक अगाडि बढाउने तयारी गरेको छ। समितिले सांसद बिना श्रेष्ठको संयोजकत्वमा गठन गरेको उपसमितिले सामाजिक सञ्जाल र मिडियालाई समेत कस्ने...

गुठीको विरोधमा दमकमा लिम्बुवानको कोणसभा

दमक,३१ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले सरकारले ल्याउन लागेको गुठी विधेयक, लोकसेवा आयोगले प्रकाशित गरेको असंवैधानिक विज्ञापनको विरोधमा कोणसभा गरेको छ ।दमकको गणतन्त्र चौंकमा भएको कोणसभामा बोल्दै वक्ताहरुले...

पाडाजुंगीमा कामना बैकको शाखा विस्तार

दमक,३१ जेठ । कामना सेवा विकास बैंकले झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा ८८ औं शाखा विस्तार गरेको छ । विहीवार एक कार्यक्रमका बीच शाखाको बैंकका सञ्चालक विश्वेश्वर सुवेदी, सीईओ प्रविण बस्नेत र बैंकका...

गर्मीले कुखुरा मर्न थाल्यो

दमक,३१ जेठ । गर्मी बढे्संगै झापाका कुखुराहरु मर्न थालेका छन् । गर्मीका कारण व्यवसायिक पालन गरिएका ब्रोइलर तथा लेयर्स जातका कुखुराहरु मर्न थालेका हुन् । दमक–९ को पञ्चमुखी कृषि फार्मका सञ्चालक देवराज अधिकारीका अनुसार...

असोजमा अन्तराष्ट्रिय झापाली समाजको महाधिबेशन

दमक,३१ जेठ । अन्तराष्ट्रिय झापाली समाजको दोश्रो महाधिबेशन आगामी असोज २४ र २५ गते झापामा हुने भएको छ । प्रत्येक दुई वर्षमा हुने समाजको महाधिबेशन जिल्लामा गर्न लागिएको समाजका कार्यवहाक अध्यक्ष छत्र सुब्बाले वताए...