ट्राफिक व्यवस्थापन सम्बन्धि स्थानीय कानुन निर्माणमा छलफल

हाम्रो दमक

दमक, ३० चैत । झापाको दमक नगरपालिकाले यातायात तथा ट्राफिक व्यवस्थापन सम्बन्धि स्थानीय कानुन निर्माणका लागि सरोकार वालाहरुसंग आन्तरिक छलफल शुरु गरेको छ ।
दमक यातायात तथा ट्राफिक व्यवस्थापन समितिले सो बिषयमा ट्राफिक प्रहरी, यातायात व्यवसायी, मजदुर संघ संगठनका प्रतिनिधि, स्थानीय सामाजिक, राजनीतिक, व्यक्तित्वहरुसंग चरणबद्ध छलफल चलाइएको समितिका संयोजक समेत रहेका दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाले जानकारी दिए ।

समितिले यहि वैशाख ४ गते बस्ने नगरपालिकाको बोर्ड बैठकमा यातायात तथा ट्राफिक व्यवस्थापन सम्वन्धि कार्यविधि २०७६ निर्माणका लागि प्रस्ताव गरेको हो ।
६ पृष्ठ लामो सो कार्यविधिमा नगरपालिका क्षेत्र भित्र सडकमा बनाइएका हम्स ६ महिना भित्र सम्बन्धित टोलका उपभोक्ता नगरबासीलाई हटाईसक्न र नहटाएमा नगरपालिकाले हटाएर सम्बन्धित टोल विकास वा उपभोक्तासंग त्यस वापतको लागत खर्च समेत असुल गर्ने प्रस्ताव गरिएको छ । त्यसैगरी नगर भित्रका सडकको व्यस्तता, सवारीका चाप आदिलाई मध्यनजर गर्दै सवारी साधनको स्पिड दर तोक्ने, पार्किड क्षेत्र बाहिर सवारी पाकिड गर्ने , सवारी नियम उल्लघंन गर्ने सवारी चालक तथा सवारी धनीसंग न्यूनतम १ हजार देखि ५ हजार रुपैयाँ सम्म जरिवाना असुल गर्ने समेत प्रस्ताव गरिएकोे छ ।

शनि, चैत्र ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

मेचीनगर गोल्डकपमा आज धरान र च्यासल भिड्दै

बिर्तामोड । झापाको काँकरभिट्टामा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपमा आज धरान फुटबल क्लब सुनसरी र च्यासल युथ क्लब काठमाण्डौबीच प्रतिस्पर्धा हुने भएको छ । हिजोदेखि सुरु प्रतियोगिताको खेल काँकरभिट्टा माविको खेल मैदानमा दिउँसो ३...

क्यान्सरपीडित एनोजलाई १० लाख बढि सहयोग हस्तान्तरण

बिर्तामोड । १७ बर्षिय क्यान्सरपीडित एनोज राईको सहयोगार्थ सामाजिक स्वयम्सेवक नेपाल मिसन झापाको सक्रियतामा अभियानबाट उठेको १० लाख बढी रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ । इलाम माइ-नगरपालिका ९ का एनोजलाई बचाउ अभियान अन्र्तगत सामाजिक...

माङहिमलाई सहयोग हस्तान्तरण

कमल ,११ बैशाख । झापाको कमल ७ स्थित मेमेङ टोलमा निर्माणाधिन किरात युमा माङ्हिमको भवन निर्माणका लागि ६८ हजार बढी सहयोग उपलब्ध गराइएको छ । माङ्हिमलाई सहयोग हस्तान्तरण गर्दै अभियानकर्मी केरुङ् युकेमा बदै आएकी कमल ७...

संसफो झापाको नेतृत्व चयन

दमक,११ बैशाख । सत्तारुढ संघीय समावादी फोरम नेपाल ( संसफो )झापा जिल्ला समन्वय समितिको अध्यक्षमा दिपेनवाला राई चुनिएका छन् ।जिल्लाको दमक नगरीमा हिजो सम्पन्न जिल्ला समन्वय समितिको प्रथम अधिबेशनबाट राईको अध्यक्षतामा सर्वसम्मत ४५ सदस्यीय...

सवारी दुर्घटनामा एक जनाको मृत्यु ,४ घाईते

दमक,१० बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाउँपालिकामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार...

नेकपाका झापा इञ्चार्ज बिर्तामोडमा पक्राउ

बिर्तामोड,१० बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला इञ्चार्ज सौगात कटुवाल सोमबार साँझ पक्राउ परेका छन् । प्रहरीले जिल्ला इञ्चार्ज कटुवालसहित अर्जुन चौहानलाई बिर्तामोड १ को बिर्तामोड आँखा अस्पताल नजिकैबाट पक्राउ गरेको हो...

हलेसी कृषि सहकारी सञ्चालनमा

दमक,१० बैशाख। यहाँस्थित हलेसी कृषि सहकारी संस्था नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमका वीच सहकारीको औपचारिक रुपमा शुभारम्भ गरिएको अध्यक्ष प्रविण चाम्लिङले जानकारी दिए । दमक ७ राधाकृष्ण मन्दिर क्षेत्रमा स्थापना...

स्थानीय सरकारलाई अधिकार माग्दै अपाङ्गता भएका ब्यक्तिहरु

बुद्धशान्ति । अपाङ्ग भएका ब्यक्तिहरुको छाता संगठन बेरोजगार संघर्ष समिति झापाले झापाका १५ वटै स्थानीय तहमा आउँदो नीति तथा कार्यक्रममा अपाङ्गताको सवालहरु समावेश गर्न माग गरेका छन् । पहिलो चरणको अन्तिम कार्यक्रम अनुरुप शुक्रवार...

मेचीनगर गोल्डकपको उद्घाटनमा आयोजक र दाउफिन्स भिड्ने

बिर्तामोड । अफ्रिकन टोली दाउफिन्स एफसी क्यामरुनले मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भिड्ने पक्का भएको छ । प्रतियोगिता वैशाख १२ गते काँकरभिट्टा माविको खेल मैदानमा उद्घाटन हुनेछ । आयोजकले...

नेकपा झापाको अध्यक्षमा पाठक र सचिवमा साङपाङ

दमक,९ बैशाख । त्तत्कालीन नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको झापा जिल्ला अध्यक्षमा चिन्तन पाठक चयन भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि...