इष्टन स्टार बोर्डिङ्गद्धारा उत्कृष्ठ विद्यार्थीहरु पुरस्कृत

हाम्रो दमक

दमक,२९ चैत । दमक ७ स्थित इष्टन स्टार बोर्डिङ्ग स्कुलले आज बार्षिक परिक्षाफल प्रकाशन गरि उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरेको छ ।


विद्यालयमा आयोजना गरिएको सो कार्यक्रममा बार्षिक परिक्षाफल सार्वजनिक गर्नुका साथै एक सय बढी विभिन्न क्षेत्रमा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई एकैसाथ पुरस्कृत गरिएको सहायक प्रिन्सीपल घनश्याम कोइरालाले जानकारी दिए । त्यस्तै, एसइई परिक्षा लेखेका त्यस विद्यालयका ३३ जना विद्यार्थीहरुलाई  विदाई समेत गरिएको थियो ।

यसैगरि विद्यालयले उत्कृष्ठ अभिभावकका रुपमा कभया खतिवडासहित १२ जनालाई विशेष सम्मान गरिएको थियो । विद्यालयमा आफना बालबच्चाहरुलाई नियमित पठाउने ,गृहकार्य हेर्ने एक जना अभिभावकलाई स्कुलले त्यस्तो सम्मान गर्देआएको छ ।
विद्यालयका सहायक प्रिन्सीपल कोइरालाका अनुसार प्ले ग्रुपदेख कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागितामा विभिन्न समयमा आयोजना गरिएका खुल्ला तथा अन्तरसदानात्मक प्रतियोगितामा उत्कृष्ठ भएका विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको हो ।

जसअन्तगर्त दौड, लङजम्प,हाइजम्प,टेवलटेनिस, बाँस्केटवल, भलिवल, कवडीलगायतका विभिन्न खेलकुदहरु गतिविधिहरु गरिएको थियो ।
त्यस अवसरमा विद्यालयका सञ्चालकहरु, अभिभावकहरु , विद्यार्थीहरुको उल्लेखीय उपस्थिति रहेको थियो । २०५१ सालमा स्थापित उक्त स्कुलले आफनो २५ वर्ष प्रवेश गरेको अवसरमा २०७६ सालमा रजत वर्षका रुपमा विभिन्न कार्यक्रमहरु समेत गरिने स्कुलका प्रिन्सीपल लछुदास राई ( एलडी ) ले जानकारी दिए ।

शुक्र, चैत्र २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

दमकको एक मात्र सरकारी अस्पताल आफै बिरामी, भिडियो एक्स रे एक महिना देखी बन्द

दमक | झापा दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा विगत ३ सातायता देखि भिडियो एक्स—रे मेसिन विग्रिएपछि सेवाग्राहीहरु मारमा परेका छन । अस्पतालको भिडियो एक्स रे मेशिन बिग्रिएपछि नेपाल सरकारको स्वास्थ्य विमा गराएका विमक...

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

प्यारालाइसेस भएका साँवालाई व्हिल प्रदान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरि व्हिल चेयर प्रदान गरिएको छ । स्थानीय समाजसेवी डाइमन्ड थेवे (सुरज)ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् ।...