दमकको ‘जेम्स’ उत्कृष्ठ शैक्षिक गन्तव्य बन्दै

यो सफलता हाम्रो लागि मात्र नभएर दमकका लागि नै गौरवको बिषय भएको प्रिन्सीपल श्रेष्ठको भनाई छ ।

हाम्रो दमक

दमक,२७ चैत । दमक ८ स्थित झापा मोडल इङ्लिस स्कूल (जेम्स ) अन्तराष्ट्रिय स्तरको शैक्षिक गन्तव्यका रुपमा विकास हुदै गएको छ । २३ वर्ष अघि स्थापित जेम्सले आफनो शैक्षिक गुणस्तर कायम गरिआएपछि अहिले जिल्लाकै एक उत्कृष्ठ शैक्षिक गन्तव्यका रुपमा विकास हुदै गएको हो ।


जेम्सले नेपाल सरकारको अनुमति र सहकार्यमा ब्रिटिस काउन्सिलले प्रदान गर्ने गरेको इन्टरनेसनल स्कुल अवार्ड प्राप्त गरेको हो । देशभरमा सयौं शैक्षिक संस्थाहरुले काउन्सिलमा दिएको आवेदनमा जेम्स १९ वटा भित्र पर्न सफल भएको हो ।

यसैबीच यस कार्यक्रमलाई सफल बनाउन र बिद्यालयमा अन्तराष्ट्रिय अभ्यासलाई ब्यवहारमा उतार्नका लागि जेम्सका तीन सदस्यीय टोली बेलायततर्फ प्रस्थान गर्देछन् । त्यहाँको प्रख्यात स्कूल सेन्टमेरी स्कूलमा बैशाखको तेश्रो साता तिर सञ्चालन हुने दुई हप्ते लामो शिक्षण सिकाई अनुभव सम्बन्धी कार्यक्रममा जेम्सका संस्थापक र शिक्षकहरु सहभागी हुने छन्। ……………………………………………………………………………………………………………………………………..
स्कूलका प्रिन्सिपल सागर श्रेष्ठका अनुसार अवार्ड पाएपछि सन् २०१८ देखि सन् २०२० सम्म यस कार्यक्रममा काउन्सिलका हरेक गतिविधिहरुमा जेम्स सामेल हुनेछ । पाठ्यक्रममा आधारित कनेक्टीङ क्लास रुम परियोजना अन्तर्गतको इन्टरनेसनल स्कुल अवार्डका लागि विद्यालयले विस्तृत परियोजना पूरा गरेर दिएको आवेदन स्वीकृत हुनु पर्नेे प्रावधान रहेको छ । बिद्यालयले गरेका कृयाकलाप तथा बिद्यार्थीहरुले पनि गरिआएका परियोजना,गतिविधिहरुको मूल्याङ्कन गरि उत्कृष्ठ विद्यालयका लागि योग्य हुने गरेको प्रिन्सीपल श्रेष्ठ वताँउछन् ।

 

यसले स्कुलहरुलाई अन्तराष्ट्रिय स्तरको शिक्षणको लागि सहयोग गर्नुको साथै विद्यार्थी तथा शिक्षकहरुलाई विश्यव्यापी समाजमा अन्य देश, अर्थतन्त्र र संस्कृति तथा नविनतम शिक्षण पद्धति अपनाउन सहयोग गर्ने जनाइन्छ ।
यो अवार्ड पाउनको लागि विद्यालयका विद्यार्थीहरुले विभिन्न रचनात्मक काम गरेर देश तथा विदेशका थुप्रै विद्यालयसँग सहकार्य गरिएको थियो । विद्यार्थीहरुलाई रचानत्मक, सिर्जनशिल, ब्यवहारिक, सामाजिक, सांस्कृतिक लगायत समाजका बिभिन्न पाटाहरुसंग जोडेर सिकाइ पद्धतिमा आधारित रहेका कारण यो सफलता मिलेको श्रेष्ठको भनाई छ । यो हाम्रो लागि मात्र नभएर दमकका लागि नै गौरवको बिषय हो, श्रेष्ठ बताँउछन् ।

 

 

प्रिन्सिपल श्रेष्ठका अनुसार यस कार्यक्रममा सहभागि भएका बिद्यार्थीहरुले नेतृत्व विकास र ब्यक्तित्व विकास, सञ्चार र समन्वय, रचनात्मक सोचको विकास, समस्या सामधान गर्न सिकाउने, फरक सोच राख्न सक्ने क्षमता विकास, प्राविधिक ज्ञानमा पोख्त बनाउने छ ।
यसैबीच यस कार्यक्रमलाई सफल बनाउन र बिद्यालयमा अन्तराष्ट्रिय अभ्यासलाई ब्यवहारमा उतार्नका लागि जेम्सका तीन सदस्यीय टोली बेलायततर्फ प्रस्थान गर्देछन् । त्यहाँको प्रख्यात स्कूल सेन्टमेरी स्कूलमा बैशाखको तेश्रो साता तिर सञ्चालन हुने दुई हप्ते लामो शिक्षण सिकाई अनुभव सम्बन्धी कार्यक्रममा जेम्सका संस्थापक र शिक्षकहरु सहभागी हुने छन् । उक्त कार्यक्रममा शिक्षण सिकाई विधि,पाठ्यक्रम र सहकार्यमा नयाँँ सिकाई परियोजनाका बारेमा दुवै विद्यालयवीच अन्तरकृया समेत हुने प्रिन्सीपल श्रेष्ठले वताए ।

बुध, चैत्र २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

सरकार चौतर्फी असफल  : कांग्रेस सभापति देउवा

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कम्यूनिष्ट नेतृत्व वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार शुसासन दिन चौतर्फी असफल हुदै गएको...

कांग्रेस सभापति देउवा आज दमक आउदै

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा आज झापाको दमकमा आउदै छन् ।कांग्रेस क्षेत्र नम्बर ५ झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मान कार्यक्रममा सहभागि हुन सभापति देउवासहितका केन्द्रीय नेताहरु दमक...

भवन उद्घाटनसहित सम्मान कार्यक्रमको तयारी पूरा

दमक,७ बैशाख । नेपाली कांग्रेस क्षेत्र नम्बर ५ (साविक क्षेत्र नम्बर ७ ) झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मानको तयारी पूरा भएको छ । नेपाली  कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको प्रमुख आतिथ्यतामा...

कमलमा १३ शिक्षकलाई विदाई

केर्खा,४ बैशाख। झापाको कमल गाउँपालिकामा रहेका सामुदायिक बिद्यालयबाट सुविधा लिएर जाने शिक्षकहरुलाई गाउँपालिकाले सम्मान सहित विदाई गरेको छ । कार्यक्रममा सुविधा लिएर विदाई हुने शिक्षकहरुलाई एक कार्यक्रम गरि कदरपत्र र दोसल्ला ओढाएर सम्मान सहित विदाई...

धिमाल जातिको जात्री पर्व सुरु

उर्लाबारी,३ बैशाख । प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको वैशाख २ गतेदेखी आफ्नो मौलिक पर्व जात्री सुरु भएको छ । वैशाख २ गतेदेखी असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाँउछन् । नयाँ...

इष्टन स्टार बोर्डिङ्गद्धारा उत्कृष्ठ विद्यार्थीहरु पुरस्कृत

दमक,२९ चैत । दमक ७ स्थित इष्टन स्टार बोर्डिङ्ग स्कुलले आज बार्षिक परिक्षाफल प्रकाशन गरि उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरेको छ । विद्यालयमा आयोजना गरिएको सो कार्यक्रममा बार्षिक परिक्षाफल सार्वजनिक गर्नुका साथै एक सय बढी विभिन्न...

कांग्रेस सभापति देउवा दमक आउने भएपछि तयारी तीव्र

दमक,२७ चैत । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा वैशाख ९ गते दमक आउने भएपछि तयारी तीव्र पारिएको छ । झापा क्षेत्र नम्बर ५ को भवन उद्घाटन तथा अग्रज कार्यकर्ता सम्मान कार्यक्रममा सहभागि...

कांग्रेस दमकले निकाल्यो, नयाँ वर्षको क्यालेण्डर

दमक, २६ चैत । नेपाली कांग्रेस दमक नगर समितिले अघिल्ला वर्षझै यसवर्ष पनि पार्टी गतिविधिहरुलाई समेटेर नयाँ वर्ष २०७६ को क्यालेण्डर प्रकाशन गरेको छ । जनआन्दोलन दिवसका अवसर पारेर मंगलवार पार्टी कार्यालयमा एक कार्यक्रमका बीच...

लोटसको अभिभावक दिवश तथा दिक्ष्यान्त समारोह सम्पन्न

बिर्तामोड । झापा बिर्तामोड स्थित लोटस पृ स्कुल एन्ड चाइल्ड के यर सेन्टर ले अभिभावक दिवश तथा दिक्ष्यान्त समारोह बिबिध सास्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको छ । बिर्तामोड नगरपालिकाका शिक्ष्या प्रमुख युबराज पान्डेको प्रमुख आतिथ्य...

एसवाइसी च्यालेन्जकप भलिवलको उपाधि झापालाई

दमक ,२४ चैत । झापाको कमल गाँउपालिका ५ स्थित मंगलबारे वजारमा सञ्चालित प्रदेशस्तरिय १३ आंै सगुन च्यालेन्जकप भलिबल प्रतियोगिताको उपाधि झापा गाँउपालिकाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा गौरादह नगरपालिकालाई हराउदै झापा गाँउपालिकाले उपाधि...