कांग्रेस सभापति देउवा दमक आउने भएपछि तयारी तीव्र

झापा क्षेत्र नम्बर ५ को भवन उद्घाटन तथा अग्रज कार्यकर्ता सम्मान कार्यक्रममा सहभागि हुन देउवासहित महामन्त्री डाक्टर शंसाक कोइराला लगायतका केन्द्रीय नेताहरु दमक आउने भएपछि तयारी तीव्र पारिएको क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले जानकारी दिए ।

हाम्रो दमक

दमक,२७ चैत । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा वैशाख ९ गते दमक आउने भएपछि तयारी तीव्र पारिएको छ ।
झापा क्षेत्र नम्बर ५ को भवन उद्घाटन तथा अग्रज कार्यकर्ता सम्मान कार्यक्रममा सहभागि हुन देउवासहित महामन्त्री डाक्टर शंसाक कोइराला लगायतका केन्द्रीय नेताहरु दमक आउने भएपछि तयारी तीव्र पारिएको क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले जानकारी दिए । यसैवीच आज क्षेत्रीय समितिको पार्टी कार्यालयमा बैठक बसेर कार्यक्रम भव्य रुपमा सफल बनाउन एक मूल समितिसहित विभिन्न आठ वटा उपसमितिहरु समेत गठन गरिएको उनले जनाए ।

जिल्ला सभापति उद्धव थापा, संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुसहितको वैठकले क्षेत्रीय सभापति भण्डारीको संयोजकत्वमा महासमिति सदस्यहरु,महाधिबेशन प्रतिनिधिहरु, जिल्ला सदस्यहरु, क्षेत्रीय प्रतिनिधिहरु, भातृ संघसंगठनका प्रमुखहरु रहेको एक मूल समिति गठन गरिएको छ ।
त्यस्तै, कार्यक्रम सफल बनाउन घनेन्द्रराज योङयाको संयोजकत्वमा मञ्च व्यवस्थापन,रेगिना भट्टराई प्रसाईको संयोजकत्वमा आर्थिक,गिरीराज भटटराईको संयोजकत्वमा प्रचार,लता चापागाईको संयोजकत्वमा अतिथि सत्कार,पदम लिम्बुको संयोजकत्वमा खानेपानी तथा कुर्सी, पूर्णानन्द शर्माको संयोजकत्वमा एक सल्लाहकार उपसमिति गठन गरिएको क्षेत्रीय सभापति भण्डारीले जानकारी दिए ।
दमक ५ स्थित दमक नगर पार्टी कार्यालयसंगै क्षेत्रीय समितिको कार्यालय भवन करिव ५ वर्षपछि हालै निर्माण सम्पन्न भएको छ । एकतले चार कोठे पक्की पार्टी कार्यालय भवन करिव ३३ लाख रुपैयाको लागतमा निर्माण भएको क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले वताएका छन् ।

बुध, चैत्र २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

दमकको एक मात्र सरकारी अस्पताल आफै बिरामी, भिडियो एक्स रे एक महिना देखी बन्द

दमक | झापा दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा विगत ३ सातायता देखि भिडियो एक्स—रे मेसिन विग्रिएपछि सेवाग्राहीहरु मारमा परेका छन । अस्पतालको भिडियो एक्स रे मेशिन बिग्रिएपछि नेपाल सरकारको स्वास्थ्य विमा गराएका विमक...

विश्व क्रिकेटमा नेपाली क्रिकेटले बनाएका ईतिहास

बिर्तामोड । नेपाली क्रिकेट अन्तराष्ट्रिय क्षेत्रमा पाईला चालेको लामो ईतिहास नभएपनि यसबिचमा नेपाली क्रिकेटका केहि नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज भएका छन् । त्यत्ति मात्र होईन, नेपाली खेलाडीले बनाएका केहि रेकर्ड ब्रेक...

नेकपाले छान्यो जिल्ला इन्चार्ज र सह इन्चार्ज

काठमाडौं ,५ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको छ ।बालुवा   टारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाएको...

झापाका खेत खेतमा टयाक्टर, देखिनै छोडे हल गोरु ! नेपालको कृषि क्षेत्र यता न उता

दमक | केहि वर्ष अघिसम्म पनि झापाका प्राय सवै किसानका घरमा हल गोरुलाई अनिवार्य मान्निथियो । जिल्लाका प्रत्येक किसानले आफनो जग्गाको अनुपातमा हल गोरु पाल्ने चलन रहेको थियो । थोरै खेती हुने किसानका घर...

बन्दको उल्लंघन गरेको भन्दै सार्वजनिक यातायातमा तोडफोड

बिर्तामोड । नेपाल आदिवासी जनजाति महासंघले बन्दको उल्लंघन गरेको भन्दै सार्वजनिक यातायातमा तोडफोड गरेका छन् । आज बिहान पूर्वबाट पश्चिम जादै गरेको मे १ ख २७९५ नम्बरको सुर्योदय यातायातमा महासंघका कार्यकर्ताले बिर्तामोड्स्थित बुट्टाबारीमा सवारी...

पथरी दुर्घटनामा दुईको मृत्यु,१७ जना घाइते

पथरी,२ साउन । मोरङ्गको पथरीमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृतकको नाम तथा परिचय अझै खुल्न सकेको छैन् ।इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी प्रसाद अधिकारीका...

आज पनि भारी बर्षा हुने ,भोलिदेखि घट्ने

झापा,३० असार । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टा देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आज सोमबार बिहान ६ बजे सूचना जारी गर्दै देशका पूर्व, मध्य...

इंग्ल्यान्ड बन्यो सुपर ओभरमा पहिलो पल्ट विश्व च्यानपियन

एजेन्सी | सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर...

प्रशान्तको स्मृतिमा देशैभरि श्रद्धाञ्जलीसभा

झापा,२९ असार । असार २५ गते भोजपुरमा नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सगरमाथा ब्युरो सदस्य तथा सोलुका सेक्रेटरी निरकुमार राई ‘प्रशान्त’को प्रहरीले हत्या गरेपछि बन्द हडतालसम्मको कार्यक्रम गरेको नेपाल कम्युनिस्ट पार्टीले...

‘वर्षाको मात्रा घट्दै, तर ढुक्क हुने अवस्था छैन’

झापा, २९ असार । आज (आइतबार ) देखि वर्षाको मात्रा केही कम हुँदै जाने मौसमविद्ले अनुमान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन न्यून चापीय रेखा दक्षिणतर्फ सर्दै गएकाले वर्षाको...