हलुका सवारी चालक दमकको नयाँ नेतृत्व

हाम्रो दमक

दमक,२५ चैत । यहाँस्थित नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिको अध्यक्षमा प्रेम कुमार श्रेष्ठ चुनिएका छन् । इलामको चुलाचुलीस्थित चपेटीमा संघको आज सम्पन्न छैठौ अधिबेशनबाट हलुका सवारीका अग्रज श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।


सर्वसम्मत निर्वाचित समितिको बरिष्ठ उपाध्यक्ष्मा भिम लिम्बु,उपाध्यक्षमा दिपक खतिवडा, सचिवमा तुलसी प्रसाद दहाल (प्रितम ) ,कोषाध्यक्षमा दिनेश भट्टराई र सहसचिवमा भवानी पाण्डे (हरि ) चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कमल राई , ज्ञानु भण्डारी,देबेन्द्र धिमाल ,डिल्ली प्रसाद अधिकारी ,बिष्णु खड्का (राजु ),प्रकाश धिमाल ,विष्णु प्रसाद भट्टराई ,विन्द्र श्रेष्ठ र तुलसी डाँगी निर्वाचित भएका छन् ।
प्रतिनिधिसभाका सांसद महेन्द्र कुमारी लिम्बूको प्रमुख आतिथ्यतामा भएको अधिबेशनको उद्घाटन कार्यक्रममा हलुका सवारीका क्षेत्रमा समाचार सम्प्रेषण गरेर महत्वपूर्ण योगदान पुरयाँएको भन्दै दमकको सप्तरङ्गी एफएमका प्रवन्ध निर्देशक समेत रहेका रहेका पत्रकार गिरीराज भट्टराईलाई सम्मान गरिएको थियो ।

हलुका सवारीका अध्यक्ष गौतम लामाको अध्यक्षतमा भएको सो अधिबेशनमा मजदुरहरुले भने यातायात मजदुरका समस्यालाई कांग्रेसका नेताहरुबाट सहयोग नपाएको गुनासो राखेका थिए ।

अधिबेशनको वन्दसत्रमा हलुका समितिद्धारा प्रस्तुत सांगठानिक तथा आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरिएको थियो ।
उक्त कार्यक्रममा कांग्रेस सम्बद्ध चिया मजदुर युनियनका अध्यक्ष दिपक तामाङ्ग, कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, महासमिति सदस्यहरु शुरेस सुब्बा,शेरवहादुर भट्टराई,दिलबहादुर वुढाथोकी,महाधिबेशन प्रतिनिधिहरु घनेन्द्र राज योङया,रेगिना भट्टराई प्रसाइ, दमक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रोशन गौतम, दमक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रकाश प्रसाई, कांग्रेस नगर सभापति रोशन विष्ट ,यातायात मजदुर संघका जिल्ला तथा केन्द्रीय प्रतिनिधिहरु ,हलुका सवारी चालक समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन हलुका सवारीका सचिव गणेश गौतमले गरेका थिए ।

सोम, चैत्र २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकको एक मात्र सरकारी अस्पताल आफै बिरामी, भिडियो एक्स रे एक महिना देखी बन्द

दमक | झापा दमकको एक मात्र सरकारी अस्पताल दमक अस्पतालमा विगत ३ सातायता देखि भिडियो एक्स—रे मेसिन विग्रिएपछि सेवाग्राहीहरु मारमा परेका छन । अस्पतालको भिडियो एक्स रे मेशिन बिग्रिएपछि नेपाल सरकारको स्वास्थ्य विमा गराएका विमक...

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

सामान्य वर्षापनि डुब्छ दमकको हिमशिखर टोल

दमक । झापाको दमक ५ स्थित हिमशिखर टोल विकाश संस्था सामान्य बर्षामा पनि डुबान पर्ने गरेको छ । दमकक्षेत्र कै आवासकालागि उपयुक्त मानिएको हरिओम कोलेनी क्षेत्र अन्र्तगतको यो टोल विकाश संस्था सामान्य बर्षामा समेत...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...