एसवाइसी च्यालेन्जकप भलिवलको उपाधि झापालाई

झापा ,मोरङ, सुनसरी र इलामका बिभिन्न १५ टिमको सहभागिता रहेको सो प्रतियोगितामा जित संगै विजेताले नगद ५० हजार, उपबिजेताले २५हजार सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

हाम्रो दमक

दमक ,२४ चैत । झापाको कमल गाँउपालिका ५ स्थित मंगलबारे वजारमा सञ्चालित प्रदेशस्तरिय १३ आंै सगुन च्यालेन्जकप भलिबल प्रतियोगिताको उपाधि झापा गाँउपालिकाले जितेको छ ।
आज सम्पन्न फाइनल खेलमा गौरादह नगरपालिकालाई हराउदै झापा गाँउपालिकाले उपाधि हासिल गरेको हो । झापाले २५–२२,२२ –२५,२८ –२६ र २५–१७ को सेटमा पराजित गर्दै झापाले प्रदेशस्तरिय स्थानीय तह भलिवल प्रतियोगिताको उपाधि जितेको हो ।


जित संगै विजेताले नगद ५० हजार, उपबिजेताले २५हजार सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । आजै भएको सेमिफाइनलमा खेलमा भने झापाले पथरी शनिश्चरे र गौरादहले कन्काई नगरपालिकालाई पराजित गरेर फाइनलमा प्रवेश गर्न सफल भएको थियो ।
प्रतियोगिताको म्यान अफ दि सिरिजबाट झापाका खेलाडी रोहित शिवाकोटी (माईला) पुरस्कृत भए । प्रतियोगिताको समापनमा भलिवल खेलकुदका क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाँए वापत राष्ट्रिय रेफ्रि दमकका शैलेन्द्र श्रेष्ठसहित समाजसेवी गणेश बस्नेतलाई सम्मान समेत गरिएको थियो ।
विजेता तथा उपविजेता टिमलाई कार्यक्रमकी प्रमुख अतिथि संघीय संसदकी सदस्य महेन्द्रकुमारी लिम्बु,कमल गाँउपालिकाका उपाध्यक्ष वेणु शिवाकोटी लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
मोफसलमा भलिबलका खेलाडीहरु उत्पादन गर्न सघाँउ पुरयाँउने उद्देश्यले क्लवले यसवर्ष प्रदेश १ का स्थानीय तहबीच भलिवल प्रतियोगिताको आयोजना गरिएको आयोजक सगुन युवा क्लवका अध्यक्ष देवेन्द्रराज आङ्गदेम्बेले जानकारी दिए । एक नम्बर प्रदेशका झापा ,मोरङ, सुनसरी र इलामका बिभिन्न १५ टिमको सहभागिता रहेको सो प्रतियोगिता गत चैत २१ गतेदेखि २४ सम्म सञ्चालन भएको थियो ।

आइत, चैत्र २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

मेचीनगर गोल्डकपमा आज धरान र च्यासल भिड्दै

बिर्तामोड । झापाको काँकरभिट्टामा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपमा आज धरान फुटबल क्लब सुनसरी र च्यासल युथ क्लब काठमाण्डौबीच प्रतिस्पर्धा हुने भएको छ । हिजोदेखि सुरु प्रतियोगिताको खेल काँकरभिट्टा माविको खेल मैदानमा दिउँसो ३...

मेचीनगर गोल्डकपको उद्घाटनमा आयोजक र दाउफिन्स भिड्ने

बिर्तामोड । अफ्रिकन टोली दाउफिन्स एफसी क्यामरुनले मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भिड्ने पक्का भएको छ । प्रतियोगिता वैशाख १२ गते काँकरभिट्टा माविको खेल मैदानमा उद्घाटन हुनेछ । आयोजकले...

सरकार चौतर्फी असफल  : कांग्रेस सभापति देउवा

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कम्यूनिष्ट नेतृत्व वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार शुसासन दिन चौतर्फी असफल हुदै गएको...

कांग्रेस सभापति देउवा आज दमक आउदै

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा आज झापाको दमकमा आउदै छन् ।कांग्रेस क्षेत्र नम्बर ५ झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मान कार्यक्रममा सहभागि हुन सभापति देउवासहितका केन्द्रीय नेताहरु दमक...

झापामा रात्रिकालीन फुटबल : कनकाई सेमिफाइनलमा प्रवेश

भद्रपुर, ८ बैशाख । झापामै पहिलो पटक भद्रपुरमा रात्रिकालीन नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ। नयाँ वर्ष २०७६ सालको अवसरमा एलेभेन साइनिङ स्टार क्लव भद्रपुरले आयोजना गरेको शनिबार भएको पहिलो खेलमा आयोजक एलेभेन साइनिङ...

भवन उद्घाटनसहित सम्मान कार्यक्रमको तयारी पूरा

दमक,७ बैशाख । नेपाली कांग्रेस क्षेत्र नम्बर ५ (साविक क्षेत्र नम्बर ७ ) झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मानको तयारी पूरा भएको छ । नेपाली  कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको प्रमुख आतिथ्यतामा...

मेचीनगर गोल्डकपको तयारी तीब्र

काकड्भिटटा ,७ बैशाख । जिल्लाको मेचीनगर ६ स्थित काँकरभिट्टामा आयोजना हुने मेची नेत्रालय मेचीनगर गोल्डकको तयारी तीव्र पारिएको छ । चौथो संस्करणका रुपमा यहि बैशाख १२–२१ सम्म आयोजना हुने गोल्डकपको सम्पूर्ण तयारी धमाधम भईरहेका...

हल्दिबारी ३ मा वडास्तरीय खेलकुद समिति

झापा, ४ बैशाख । जिल्लाको हल्दिबारी गाउँपालिका .वडा नम्बर ३ मा खेलकुद समिति गठन गरिएको छ । वडा स्तरीय युबा तथा खेलकुद बिकास समिति गठन तथा परिचालन कार्यविधि ,२०७५ को नियम ३ उप नियम...

शिवसताक्षीमा महिला फुटबल खेलाडीलाई सम्मान

शिबसताक्षी,३ बैशाख । झापाको शिवसताक्षीमा रहेका एक दर्जन बढी महिला फुटबल खेलाडीहरुलाई सम्मान गरिएको छ ।शिबसताक्षी नगरपालिकाको कार्यालय व्याङडाडामा आज एक कार्यक्रमको आयोजना गरि शिबसताक्षी नगर खेलकुद समितिले नगरका १३ जना महिला फुटबल खेलाडीहरुलाई...

धिमाल जातिको जात्री पर्व सुरु

उर्लाबारी,३ बैशाख । प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको वैशाख २ गतेदेखी आफ्नो मौलिक पर्व जात्री सुरु भएको छ । वैशाख २ गतेदेखी असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाँउछन् । नयाँ...