अबको ८२ दिन पछि म यो सरकारको तारिफ नै तारिफ गर्न चाहान्छु: रवि लामिछाने

हाम्रो दमक

सरकारका काम कारवाहीमा प्रश्न जिज्ञासा, शंका, प्रतिक्रिया अभिव्यक्त गर्नु एकदमै स्वभाविक र सामान्य कुरा हो । त्यो भन्दा पनि ठूलो कुरा यो आम मानिसको अधिकार हो, संचार माध्यमको धर्म हो । सरकारले के बिराउँछ र टोकिहालाँै भनेर बकुल्लाले माछा ढुके जस्तो ढुकेर बस्नु चाँही स्थाई आलोचकको जागिर नै खाए जस्तो हो अन्यथा औलाँ उठाउने, आवाज उठाउने काम नगरे २–३ को सरकार मातिन्छ ।

गत मन्त्रीपरिषदले एउटा गजब्बको निर्णय गरेको छ । बारा, पर्साका आँधिबेहरी पीडित जनतालाई सरकारले बर्षात् अघि नै सुरक्षित घर बनाएर हस्तान्तर गर्ने । यो कार्य सम्पन्न गर्ने जिम्मा नेपाली सेनालाई दिइएको छ । सारा जिम्मा सेनालाई दिइने परिपाटीको आज चर्चा नगरौँ । तर बर्षा अगाडि हुरीबाट घरबार विहीन भएकाको घर बन्छ भने ३ हात उफ्रेर सरकारलाई धन्यवाद भन्नै पर्छ ।

मैले यसो भनिरहँदा, सक्छौ बनाउन ? भनेर सरकारको, विशेष गरेर सेनाको क्षमतामा प्रश्न गरेको हुँदै होइन । तर १० वर्षदेखि विभिन्न प्राकृतिक प्रकोपबाट घरबार गुमाएकाहरुको हालत हेर्दा सरकार भन्न त भन्छ तर गर्न सक्दैन भनेर शंका गर्ने ठाँउ टुडिखेल जत्रो छ ।
विगतको नजिर हेर्दा दोबाटोमा उभिएर यो कुरा सुनायो भने कुनै जोक सुनाएभन्दा ठूलो स्वरले जनता हाँस्छन् तर हामी यो भन्न तयार छौ कि यो सरकार विगतका कुनै सरकार भन्दा फरक हो ।

यसले चाँही केही गर्छ है भनेर भन्न र मान्न एउटा वाचा त सरकारले गर्नै पर्छ । यो समयमा सडकको खाल्डो पुर्छ, यो समय भित्र बाटो नबनाउने ठेकेदार कम्पनीलाई कारवाही गर्छु भन्ने मन्त्रीहरु अलिकति पनि अप्ठ्यारो नमानी महिनै पिच्छे तलब बुझ्दैछन् । सरकार आँफूलाई पत्याउन र विश्वास गर्न रोइकराई गर्दैछ ।

यदि आफ्नो बोली र क्षमतामा सरकारले विश्वास दिलाउनै चाहेको हो भने एउटा काम गरोस् । बोलेका कुरा समयमा पूरा नभए के गर्ने भन्ने कुरा पनि घोषणा गर्दा नै अनाउन्स हुनुप¥यो । जनतालाई गरेको वाचा पुरा नभए वा कुनै मन्त्रीले आँफूले बोलेको कुरा पूरा नभए यो यो कारवाही हुन्छ भनेर एकपटक मन्त्रीपरीषदले निर्णय गरोस् ।

नत्र भने बर्षौदेखि आश्वासन खाएर त जनता टनाटन भैसके, थप आश्वासन हाल्ने ठाँउ बाँकी छैन । सरकारलाई अविश्वास गरेको होइन, तर बोलेपछि गरेर देखाउन पर्ने बाध्यता कसलाई छ यहाँ । विगत देखि आजसम्म क–कसले के के बोले र ति कति पूरा भए भनेर हिसाब निकाल्ने मात्र हो भने यो देशका अधिकांश नेताहरुले मुख देखाएर हिड्न पनि लाज मान्नु पर्छ होला ।

काम गर्दिन भन्ने कोही हुँदैन् तर काम भएन भने लाज कसैलाई लाग्दैन, हो यो प्रवृत्ति चाँही ज्यादै लाज मर्दो भयो । त्यसैले अब बस्ने मन्त्री परिषदले मन्त्री, प्रधानमन्त्रीले बोलेको कुरा भनेको समयमा पूरा भएन भने यस्तो सजायको व्यवस्था गरिएको छ भनेर निर्णय गरोस् ।

त्यसपछि कछुवा गतिको काम खरायो गतिमा हुन २४ घण्टा पनि लाग्दैन । नत्र गफै दिन त किन मन्त्री हुनु प¥यो र ? चोक–चोकमा चियापसल छन्, चियापसलमा थोकको भाउमा गफाडीहरु साइज साइजम, आइटम–आइटमका पाइन्छन् । १० बर्ष अघि सप्तकोशीमा बाढी आएर भुमीहिन भएकाहरु २ दिन अघि हाम्रो कार्यालयमा आएका थिए ।

उनीहनहरुको नाममा उठेको ३६ करोड राहात रकम अझै दैवी प्रकोप उद्धार समितिको खातामा छ, उनीहरु मध्ये कयौ विस्थापितहरु अहिले पनि बसपार्क वरपर नगरपालिकाका लडैतहरुको कुटाइ खादै व्यापार गरी पेट पाल्दैछन् । यो दश बर्षमा १० जना प्रधानमन्त्री फेरिए, १० सै जना प्रधानमन्त्रीको जीवन फेरियो तर यिनको फेरिएन ।

कोशीले घर बगायो, उनीहरु सुकुम्बासी भए, आफ्नो नाममा लालपूर्जा थिएन, भोको पेट र नाङगो आङ देखाएर प्रमाण पुगेन, यसरी कयौले राहत पाएनन् । २०७१ को बाढीले सुर्खेतका ९ सय भन्दा बढी घर बगायो ।

घर बनाउन सरकारले ५० हजार दियो । ५० हजारले के बन्थ्यो घर, अझै सुर्खेतका ९ सय ७१ घरधुरीलाई व्यवस्थापान गर्नु पर्ने तथ्याङकले बताउँछ । सिराहा आगलागीमा ८ सय ५० परिवारका घर टहरा जलेर नष्ट भए । यी सबैले पाउन त पाए तर के पाए भन्दा, आश्वासन ।

विशेष गरी तराई मधेशका बाढी पिडीत, डुवान पीडित, शितलहर पीडित, आगलागी पीडितले विगतमा पाएको आश्वासनको प्याकेजलाई हेर्ने हो भने जति निराश भएपनि कम हुन्छ ।

तर फेरी पनि मानौ कि यो सरकार पहिलेको सरकार जस्तो होइन । यद्यपी यो सरकारमा र यो सरकार बनाउने पार्टीका नेताहरु तिनै हुन जो हिजो यी सारा आश्वासनका साक्षी किनारा बसेका थिए । भैगो कति अविश्वास फैलाउने, कति निराशा फैलाउने । आउनुस् यसपाली आशा गरौँ ।

तर वर्षा अघि हुरी, भुमरी पीडितका आवास बनेनन् भने के गर्ने ? असार १५ लाई बर्षा मानौ र आज चैत्र २३ गते । ८३ दिन बाँकी छ । २०७६ साल असार १४ गते शनिबार यो कार्यक्रम प्रशारण हुँदा म यो सरकारको तारिफ नै तारिफ गर्न चाहान्छु ।

आज बाट काउनडाउन सुरु भयो, आजको दिन गइहाल्यो, त्यो दिन भइहाल्यो । अब ८२ दिन बाँकी, गुड लक सरकार विस यु अल दि वेस्ट ।

न्युजट्वान्टीफोरबाट

आइत, चैत्र २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

विचार/ब्लग बाट अन्य

किन विवादित बन्यो, आदिवासी रंगशाला ?

  पूर्वी मधेसमा पहाडिया समुदाय विक्रम सम्बत २००० साल आसपासबाट झर्न सुरु गरेका हुन् । यी समुदाय झर्नअघि नै मधेसमा राजवंशी, ताजपुरिया, धिमाल, सन्थाल आदि जातिहरूको बसोवास थियो । झोडा खुल्दैछ भन्ने थाहा पाएपछि विसं...

स्थानीय कार्यपालिकामा बिज्ञ समूहको आवश्यकता किन छ ?

तपाईंको विरुद्धमा कलम चलाएं होला तर मेरो एउटा मात्र आग्रह के भने यो मुलुकको राजनीतिक परिवर्तन यहाँले एक्लै गर्नुभएको अवश्य पनि होईन । पञ्चायतकालिन सत्ताधारीहरु र राजा बिरेन्द्र, ज्ञानेन्द्रलाइ सराप्दै भागेर हिड्दा तपाईंलाई ढिडो...

आदिवासी रंगशालामा किन रातनैतिक रङ्ग ?

आदिवासी रंगशाला माथिको राजनीति बन्द गरिएन भने यसले भोलिको दिनमा अरु भयङ्कर दुर्घटनाहरु ननिम्तेला भन्न सकिन्न । यो त एउटा सानो सुरुवात मात्रै हो । भर्खरै काठमाडौंको नेवार गुठीहरु समाप्त पार्ने षडयन्त्रको विरुद्ध त्यहाँका...

विदेशीहरु भन्छन्, “कुकुर संग्रहालय खोल्नुस्, आम्दानी बढाउनुस्”

   भारतको केरेला राज्य सरकारद्धारा सञ्चालित कुकुर पुनस्र्थापना केन्द्रमा घरवार विहिन भएका कुकुरहरु संग्रह गरि राखिएको छ । “सुरक्षित पर्यटकिय गन्तव्य मानिने र रोजगारीको निकै धेरै अवसर सृजना गर्न सकिने भएकोले विकाशन्मुख राष्ट्रले स्ट्रे...

माओबादको बैचारिक त्रुटी र आलोचनात्मक दृष्ट्रिकोण

२६ December १९८३ मा हुनान प्रान्तमा जन्मिएका माओ सन् १९११ को क्रान्ति पश्चात छ महिना सैनिकमा कार्यरत भए । जहाँ उनले सैनिक दर्शनबारे यथेस्ट ज्ञान प्राप्त गरे । पछि १९१८ मा एक बिश्वबिद्यालयबाट स्नातक...

मेरो नजरमा राष्ट्रिय विभूति महानन्द– भारती न्यौपाने

“चाहिँदैन स्वर्ग किं वा वैकुण्ठको बास नेपालको सेवा गरौँ रहुन्जेल सास” – महानन्द सापकोटा नेपालको पूर्वी जिल्ला इलामको इरौंटार गाविसअन्तर्गत पर्ने देवन छापको सापकोटा परिवारमा जन्मिएका महानन्द सापकोटा (विसं १९५३–२०३५) पूर्वका मात्र नभएर राष्ट्रकै विभूति हुन्...

“म जन्मिएको दिन” – सुमन लेप्चा (वाङ्गचु)

म जन्मिएको दिन आकाश गर्जिएको थियो रे हुरि बतास चलेको थियो रे बादल रुएको थियो रे भन्छ्न म जन्मिएकै दिन त्यो पारी गाउँमा पहिरो पनि गएको थियो रे त्यसैले मलाई मेरो रिस्तेदारहरुले क्रोधित भएको बेलामा कसैले चैते बाँदर भन्छन कसैले हुरिबतास भन्छन त्यसमाथी ढाट्ने दिनमा जन्मिएर कतिले गिज्याएर सिरिया...

हाम्रो लागि प्रश्नहरु !

प्रतिक राई विभिन्न सञ्चारमाध्यम अनि सामाजिक सञ्जालहरुमा लेखिएको र देखिएको परदेसी भूमिमा नेपाली दाजुभाइ दिदीबहिनीको पीडाले सबै नेपालमा अनि संसारमा छरिएर बसेका नेपालीहरुलाई मार्मिक बनाएको छ । उच्च शिक्षा आर्जन अनि आँखाभरी सपना बोकी अति...

कोटा र आरक्षणमा नै रमाउने बानी परिसक्यो

महिलाका लागि सुरक्षीत समाजको परिकल्पना गर्ने हो भने शबैभन्दा पहिला महिलालाई हेर्ने दृष्टिकोण ,गर्ने व्यवहार र उनिहरुको अधिकारको पक्षमा परिवर्तन आउन निकै जरुरि छ । वर्तमान महिलाको अवस्था धरै राम्रो छ र आजको दिनमा...

भारतसगको ५० को मैत्री तथा शान्ति सन्धि यथावत, मोदी सरकार दङ्ग ओली सरकारका दाँतमा ढुंगा !

डिराज कोइराला भारतीय कृपाबाट बहुदल र गणतन्त्र भित्र्याएर सत्ता कब्जा गर्ने उद्देश्य लिएका यो देशका तात्कालिन अराष्ट्रियतत्व अर्थात टेररिष्टहरूले भारतलाई खुशी राख्नकालागि परराष्ट्र मन्त्रालयको जैसी कोठामा र नारायणहिटी राजदरवारको लाल बाकसमा सुरक्षित रहेको तथाकथित २...