विश्वकप छनोट खेल्ने लाग्नेभो नेपाली यू १९ टोली

हाम्रो दमक

काठमाडौं | मलेसियामा अर्को साताबाट सुरु हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोटको लागि नेपाली यू-१९ क्रिकेट टोली त्यसतर्फ प्रस्थान गर्दैछ ।

काठमाडौंमा आज एक कार्यक्रम गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिब केशव कुमार विष्ट र नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमटाले राष्ट्रिय झण्डा प्रशिक्षक विनोद दास र कप्तान रोहित कुमार पौडेललाई हस्तान्तरण गर्दै विदाई गरे । विदाई टोलीमा १४ खेलाडी र ३ अफिसियलसहित कुल १७ जना रहेका छन् । सबै खेलाडीलाई खादा र माला लगाएर विष्टले विश्वकप छनोटको लागि विदाई शुभकामना दिएका थिए । नेपाली टोली आज दिउँसो १ : २५ मा मलेसियातर्फ लाग्ने छ ।

अप्रिल १२ देखी १८ सम्म मलेसियामा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । जसमा शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ एक दिवसिय विश्वकप खेल्न पाउनेछ । जारी प्रतियोगितामा नेपाललाई प्रमुख दावेदार मानिएको छ। कप्तान रोहित र प्रशिक्षक दासले नेपाल विश्वकप खेल्नेमा आफु विश्वत रहेको बताए ।

नेपालले १२ अप्रिलमा सिंगापुरसँग पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । दोस्रो खेल १३ अप्रिलमा यूएई,१५ अप्रिलमा मलेसिया,१६ अप्रिलमा ओमान र १८ अप्रिलमा कुवेतसँग खेल्ने कार्यतालिका रहेको छ ।

शनि, चैत्र २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

खेलकुद बाट अन्य

मेचीनगर गोल्डकपमा आज धरान र च्यासल भिड्दै

बिर्तामोड । झापाको काँकरभिट्टामा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपमा आज धरान फुटबल क्लब सुनसरी र च्यासल युथ क्लब काठमाण्डौबीच प्रतिस्पर्धा हुने भएको छ । हिजोदेखि सुरु प्रतियोगिताको खेल काँकरभिट्टा माविको खेल मैदानमा दिउँसो ३...

मेचीनगर गोल्डकपको उद्घाटनमा आयोजक र दाउफिन्स भिड्ने

बिर्तामोड । अफ्रिकन टोली दाउफिन्स एफसी क्यामरुनले मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भिड्ने पक्का भएको छ । प्रतियोगिता वैशाख १२ गते काँकरभिट्टा माविको खेल मैदानमा उद्घाटन हुनेछ । आयोजकले...

झापामा रात्रिकालीन फुटबल : कनकाई सेमिफाइनलमा प्रवेश

भद्रपुर, ८ बैशाख । झापामै पहिलो पटक भद्रपुरमा रात्रिकालीन नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ। नयाँ वर्ष २०७६ सालको अवसरमा एलेभेन साइनिङ स्टार क्लव भद्रपुरले आयोजना गरेको शनिबार भएको पहिलो खेलमा आयोजक एलेभेन साइनिङ...

मेचीनगर गोल्डकपको तयारी तीब्र

काकड्भिटटा ,७ बैशाख । जिल्लाको मेचीनगर ६ स्थित काँकरभिट्टामा आयोजना हुने मेची नेत्रालय मेचीनगर गोल्डकको तयारी तीव्र पारिएको छ । चौथो संस्करणका रुपमा यहि बैशाख १२–२१ सम्म आयोजना हुने गोल्डकपको सम्पूर्ण तयारी धमाधम भईरहेका...

हल्दिबारी ३ मा वडास्तरीय खेलकुद समिति

झापा, ४ बैशाख । जिल्लाको हल्दिबारी गाउँपालिका .वडा नम्बर ३ मा खेलकुद समिति गठन गरिएको छ । वडा स्तरीय युबा तथा खेलकुद बिकास समिति गठन तथा परिचालन कार्यविधि ,२०७५ को नियम ३ उप नियम...

शिवसताक्षीमा महिला फुटबल खेलाडीलाई सम्मान

शिबसताक्षी,३ बैशाख । झापाको शिवसताक्षीमा रहेका एक दर्जन बढी महिला फुटबल खेलाडीहरुलाई सम्मान गरिएको छ ।शिबसताक्षी नगरपालिकाको कार्यालय व्याङडाडामा आज एक कार्यक्रमको आयोजना गरि शिबसताक्षी नगर खेलकुद समितिले नगरका १३ जना महिला फुटबल खेलाडीहरुलाई...

वडास्तरिय फुटवलको उपाधि दमक ७ लाई

दमक,२९ चैत । भापाको दमकमा जारी वडा स्तरिय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ७ जितेको छ । दमक ९ स्थित उराँव खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर ७ ले १०लाई ट्राईबेकरमा ३–१...

ग्यालेक्सीका सुमन बने दोस्रो मिस्टर मेची

बिर्तामोड,२४ चैत । ग्यालेक्सी फिटनेस बिर्तामोडका सुमन लिम्बू दोस्रो मिस्टर मेची भएका छन् । बडी ग्यारेज बिर्तामोडले आयोजना गरेको मिस्टर मेचीको दोस्रो संस्करणको उपाधि ग्यालेक्सीका सुमनले हात पारेका हुन् । शनिबार राति अबेर सम्पन्न फिनाले राउण्डमा...

एसवाइसी च्यालेन्जकप भलिवलको उपाधि झापालाई

दमक ,२४ चैत । झापाको कमल गाँउपालिका ५ स्थित मंगलबारे वजारमा सञ्चालित प्रदेशस्तरिय १३ आंै सगुन च्यालेन्जकप भलिबल प्रतियोगिताको उपाधि झापा गाँउपालिकाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा गौरादह नगरपालिकालाई हराउदै झापा गाँउपालिकाले उपाधि...

बेल्जियमका स्टार फरवार्ड हाजार्ड रियल म्याड्रिडमा आउने सहमति नजिक

एजेन्सी | बेल्जियमका स्टार फरवार्ड इडेन हाजार्डको विषयमा स्पेनिस क्लब रियल म्याड्रिड र चेल्सी सहमतिनजिक पुगेका छन् । रियलले लामो समयदेखि हाजार्डलाई पछ्याइरहेको अवस्थामा चेल्सीले पनि उचित रकम सहमति भएमा उनलाई छाड्ने मनसाय बनाएको छ...