किरात युमा माङहिमको भवन शिलान्यास

हाम्रो दमक

दमक , २२ चैत । झापाको कमल गाउँपालिकाका ७ स्थित मेमेङ्ग टोलमा आज शुक्रवार किरात युमा माङहिमको भवन शिलान्यास गरिएको छ।
शिलान्यास कमल गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्लेले गरिन् । उनले माङहिमको भवन शिलान्यास गर्दे किरात धर्म प्राचिन धर्म भएकाले यसको संरक्षण र विकासमा राज्यले ध्यान दिनु पर्ने वताईन् । उनले स्थानीय सरकारका तर्फवाट माङहिमको पूर्वाधार निर्माणमा सक्दो सहयोग रहने प्रतिवद्धता जनाईन् ।


माङहिमका अध्यक्ष भिमराज लिम्बुको अध्यक्षतामा भएको सो शिलान्यास कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कमलका अध्यक्ष छत्रहाङ फागो, किरात याक्थुङ चुम्लुङ कमलका अध्यक्ष पुण्यप्रसाद सम्बाहाम्फे, कमल गाउँपालिका वडा नं ७ का सदस्य भोजकुमार ढुङ्गेल लगायतले माङहिमको भवन निर्माणमा सदैव सहयोग राख्ने जोड दिए ।
माङहिमका सदस्य भिम केरुङ (संजोक )ले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा तमू ह्यू छोजधी गुरूङ राष्ट्रिय परिषद् कमल ५,६ र ७ का अध्यक्ष राजभक्त गुरूङ, किरात राई साकेला माङखिमका सल्लाहकार जितबहादुर राई, राष्ट्रि«य आदिवासी महिला महासंघ कमलकी सल्लाहकार चन्द्रकला सुब्बा, विष्णुकठ्ठा महाराजा थानकी मनमाया धिमाल, पाभीभरा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर लकान्द्री, फाल्गुनन्द आमा समूहकी अध्यक्ष दिलकुमारी लावती लगायत स्थानीय समाज सेवी, बुद्धिजीवी, किरात धर्मावलम्बी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

गाँउपालिकाको ४ लाख रुपैयाको वजेट तथा किरात धर्मावलम्बीहरुको सहयोगबाट माङहिमसहित यज्ञकक्ष लगायतको संरचना निर्माण हुने माङहिमका सचिव विष्णु सुब्बाले वताए । माङहिम वनाउन स्थानीय समाजसेवी गणेशबहादुर लिम्बुले २ कठ्ठा र स्थानीय वुधमाया मावोले १० धुर जग्गा दान दिएका थिए । जग्गादाताले उपलव्ध गराएको जग्गामा दुई वर्षभित्र माङहिमको भवन निर्माण पूरा गरिने गठित निर्माण समितिका अध्यक्ष पूर्णकुमार मावोले जानकारी दिए ।

शुक्र, चैत्र २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

प्यारालाइसेस भएका साँवालाई व्हिल प्रदान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरि व्हिल चेयर प्रदान गरिएको छ । स्थानीय समाजसेवी डाइमन्ड थेवे (सुरज)ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् ।...

कर नीतिको विरोधमा दमकमा प्रर्दशन

दमक,५ साउन । सरकारले ल्याएको कर सम्बन्धी नयाँ नियम भेईकल कन्साईनमेन्ट ट्रयाकिङ्ग सिस्टम( vcts ) प्रणाणीमा जान तत्काल समस्या हुने दमकका व्यवसायीहरुले बताएका छन् । उनीहरुले सरकाले एक्कासी अव्यवहारिक नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई...