रुपको जेलमा कैद गरिदिउकी भन्दै इजरायलबाट गरिमा (भिडियो)

हाम्रो दमक

प्रवासमा रहेर पनि नेपाली कला जगतलाई अतुलनीय माया गर्दै नेपाली कला संस्कृतिको श्रीवृद्धिमा योगदान दिने थुप्रै नेपालीहरु भएको एक देश इजरायल पनि हो । बैदेशिक रोजगारीको सिलसिलामा यहाँ आएका थुप्रै नेपालीहरुले आफ्नो कामको व्यस्तताको वाबजुद पनि अमुल्य समय निकालेर नेपाली गीतसंगीतमा आफुले सकेको योगदान दिदै आएका छन् जस मध्येकी हुन उदायिमान गायिका गरिमा केसी ।

आधुनिक युवा पिढीको रोमान्टिक मायाप्रेम भावार्थलाई समेटेर गायिका केसीले केहि महिना पहिले नेपालको पहिलो अन्तर्राष्ट्रिय गायन रियालिटि शो नेपाल आइडल सिजन १ का पहिलो रनर अप निशान भट्टराईसंग मिलेर “मेरो आँखा मेरो बोली कस्तो लाग्यो तिमीलाई, मैले लाको बुट्टे चोली कस्तो लाग्यो तिमीलाई” बोलको गीत गाएकी छिन् । जसको म्युजिक भिडियो पनि द डिभाइनी म्युजिकको युटुब च्यानल मार्फत रिलिज भएको हो ।

हालसम्म लगभग चार लाख भ्युरले उक्त म्युजिक भिडियो हेरिसकेका छन् । नेपाली युवापिढिको मन मस्तिष्कमा बस्न सफल भएको उक्त गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ भने शब्द दिग्जै देउरालीको रहेको छ । गीतको म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र करिश्मा श्रेष्ठको अभिनय रहेको छ ।

अभिषेक श्रेष्ठ कुनै समय चर्चित नेपाली स्टार अनमोल केसीको डुप्लिकेट भन्दै भाइरल भएका व्यक्ति हुन् । अहिले उनले निशानको गीतमा अभिनय गरेका छन् नायिका करिश्मा श्रेष्ठसँग । भिडियोलाई शिशिर खातीले निर्देशन गरेका छन् भने रामप्रसाद चोधरीको सम्पादन रहेको छ ।

गायिका गरिमा केसीले सन् २०१२ मै सौगात नामक एल्बम पनि बजारमा ल्याएकी थिइन् । जसमा ५ वटा गीतहरु रहेको थियो जसको “दिलै हलचल” नामक गीतको म्युजिक भिडियोले त्यो बेला निकै तहल्का मचाएको थियो । तेस्तै सोहि एल्बमको “हास्नु पर्छ भन्नेले” बोलको गीतको म्युजिक भिडियो पनि हिट भएको थियो । यस्तै सोहि एल्बमको “मायामा कति चोट पाए” बोलको गीतको चर्चित रहेको थियो भन्ने “यसपाली पनि हाँस्ने रहर” र “सुनचाँदी चाहिदैन” बोलको गीत पनि चर्चामा रहेको थियो ।

इजरायलमा हुने बिभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरुमा पनि आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएकी गायिका केसी इजरायलबासी नेपालीहरु बीच पनि लोकप्रिय छिन ।

दर्शकहरुको असिम माया र समर्थनले आजसम्मको कला यात्रा तय गरेकी केसीले आगामी दिनमा पनि यस्तै हौसला र माया पाउदै गए नेपाली सांगीतिक आकाशमा एक सफल गायिका रहने छिन् भन्ने बिश्वास गर्न सकिन्छ ।

भिडियो :

सोम, चैत्र १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरंजन समाचार बाट अन्य

झापाका २ स्थानमा डिजे वेट्फेस्ट सिजन–२ हुने

झापा, २१ जेठ । बिर्तामोड र दमकमा आयोजना गरिएको डिजे वेट्फेस्ट २०१९ सिजन–२ को तयारी तीव्र बनाईएको छ । येक्तेन मुभी प्रालिले आयोजनामा हुने उक्त कार्यक्रममा युक्रेनका डिजे लिनाटा, प्रख्यात नेपाली डिजे विद्यान,अर्पना त्यस्तै...

गायक वीरेन्द्र श्रेष्ठको पिरिमको बाढीमा दिलिप र केकीको गज्जब रोमान्स

बिर्तामोड । वीरेन्द्र श्रेष्ठ र अन्जु पन्तको स्वरमा सजिएको गीत पिरिमको बाढीको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । ईन्जिनियरको क्षेत्रमा करिब २ दशकदेखि आफ्नो विशेष पहिचान बनाईसकेका वरिष्ठ ईन्जिनियर श्रेष्ठले आफ्नो गायन यात्राकै सबैभन्दा...

क्रिष्टिनालाई मिस एसईईको उपाधि

विर्तामोड,२० जेठ । इकोम मिस एसईई प्रदेश १ २०१९ को उपाधि झापा,मेचीनगरकी क्रिष्टिना ताम्रकारले जितेकी छिन् । देश बिकास हुन नसक्नुको कारक दक्षता अथवा आर्थिक अवस्था के हो भन्ने प्रश्नमा आफ्नो सर्टिक भनाई राख्दै...

शनिवार मिस्टर एण्ड मिस टिनको ग्राण्ड फिनाले

दमक,७ जेठ । दमकमा सञ्चालित मिस्टर एण्ड मिस टिनको तेश्रो संस्करणको ग्राण्ड फिनाले यहि जेठ ११ गते शनिवार हुदै छ । १४ बर्षदेखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरुको क्षमताको उजागर गर्ने उद्देश्यले जारी प्रतियोगिताको...

मायालुलाई भेट्न स्वदेश फर्कदै..

लामो समयसम्म अष्ट्रेलिया बस्दै आएका गीतकार तथा सङ्गीतकार आरसि थापा (रामचन्द्र थापा) अष्ट्रेलियाको ब्यस्त जीवनमा पनि सङ्गीत सिर्जनामा त्यतिकै सक्रिय देखिन्छ । करिब दुई बर्ष अघि लोकप्रिय गायक सत्य-स्वरुप संगको सहकार्यमा “प्रारम्भ” नामको गीती एल्बम...

मिस नेपालको झापामा पनि अडिशन

विर्तामोड, ३ चैत । मिस नेपाल २०१९ को झापा अडिसन आगामी मंगलबार झापाको बिर्तामोडमा हुने भएको छ । द हिडेन ट्रेजरले गर्दे आएको प्रतियोगिताको यो २५ औं संस्करण हो । झापाको बिर्तामोड स्थित होटल...

चैत १ गतेदेखि ‘पुरानो बुलेट ’

दमक ,२१ फागुन । नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट ’ आगामी चैत्र १ गतेबाट देशभरका १ सय बढि हलहरुमा एकै साथ रिलिज हुने भएको छ । चलचित्रको निर्माण युनिटले आज दमकमा पत्रकार सम्मेलन गरि जानकारी...

सत्यम शिवम सुन्दरमको छायाङकन शुरु

दमक,१३ फागुन । दमकका युवा शैक्षिक व्यवसायी धनराज सुब्बाको लगानीमा निर्माण हुने नेपाली कथानक चलचित्र सत्यम शिवम सुन्दरम को सोमबारदेखि यहाँ छायाङकन शुरु भएको छ । चलचित्र युनिटले सोमबार दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्र दमकबाट...

‘फस्ट लभ’ सार्वजनिक

पथरी ।भ्यू टावर यूवट्यू च्यानलमा ‘फस्ट लभ’ सार्वजनिक गरिएको छ । शनिवार राति नेपाली लभ स्टोरी सर्ट मुभि ‘फस्ट लभ’ सार्वजनिक गरिएको हो । ८ मिनेट ३६ सेकन्डको कथालाई फिपराज बेघाले लेखन तथा निर्देशन...

तिम्रो मनलाई बुझ्न सकिन भन्दै रनकले आफैलाई बेचे बाटोमा…, भिडियो

पछिल्लो समयका उदाउदा युवा गायक रनक बस्नेतले तिम्रो मनलाई… बोलको गित लिएर बजारमा आएका छन् । शौरव भट्टराईको शब्द संगीतमा तयार भएको गीतमा बस्नेतको आवाज रहेको छ । गान्धीव सुबेदी, कृपा राजभण्डारी र बस्नेत आफैले अभिनय गरेको...