“म जन्मिएको दिन” – सुमन लेप्चा (वाङ्गचु)

हाम्रो दमक

सुमन लेप्चा वाङ्गचु – बुद्धशान्ति ७ सुनमाई

म जन्मिएको दिन
आकाश गर्जिएको थियो रे
हुरि बतास चलेको थियो रे
बादल रुएको थियो रे
भन्छ्न म जन्मिएकै दिन
त्यो पारी गाउँमा
पहिरो पनि गएको थियो रे

त्यसैले मलाई
मेरो रिस्तेदारहरुले
क्रोधित भएको बेलामा
कसैले चैते बाँदर भन्छन
कसैले हुरिबतास भन्छन

त्यसमाथी
ढाट्ने दिनमा जन्मिएर
कतिले गिज्याएर
सिरिया राष्ट्रको लागि भगवानले
तलाई बनाएको थियो रे
सृष्टिकर्ता झुक्किएर
स्वर्ग जस्तै नेपाल भुमिमा
पठाएको रे ।

मलाई घरी घरी लाग्छ
भगवानले मलाई सिरियामा नै
सृष्टि गरेको भए हुन्थ्यो ।
किन कि त्यहाँका हृदयविदारक घटनाहरुले
मलाई बोलाएको जस्तो लाग्छ
मलाई त्यहाँ गौतम बुद्वले जस्तै
अहिंसा र शान्तिको लागि
प्रचारक भएर हिड्नु मन लाग्छ

रिस, बदला, स्वार्थीपन र कलोकल्पित कुराहरुले
युद्वलाई जन्माउछ
युद्व मानवको लागि होइन
दानवहरुको लागि हो
यो संसारमा आएपछी
मानव भएर बाचौँ,
मानव जिवनको सार के हो
यस्ता कुराहरु बुझाउनु मन लाग्छ
धर्म केही होइन
मात्र यो मनलाई आत्मसन्तुष्टि प्राप्त गर्न
र यो मन काबुमा राख्न
केवल चेतनशील मानवको लागि बनाएको एक संस्था हो,
यस्ता कुराहरु त्यहाँ बाढ्नु मन लाग्छ ।

केवल यो त
मेरो गहिरो निद्रामा
देखिएको एक सपना जस्तै हो
थाहा छ मैले चाहेर पनि
म यी कार्य गर्न नै सक्दिन
किन कि म त झुक्किएर
अर्कै देशमा जन्मिएको मान्छे हुँ ।

सोम, चैत्र १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

विचार/ब्लग बाट अन्य

नेपाल आइडल ३ को प्रोमो सार्बजनिक, तयारी भिडियो पठाउन आग्रह

बिर्तामोड । नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक भएको छ । सिजन–१ र सिजन–२ सम्पन्न गरेको आयोजकले सिजन–३ को प्रोमो सार्वजनिक गरेको हो । प्रोमो सार्वजनिक गर्दै नेपाल आइडल आयोजकले गित संगीत प्रेमीलाई तयार बस्न आग्रह...

साहित्य चौतारीद्धारा श्रष्टाहरुलाई सम्मान

बिर्तामोड,१ साउन । साहित्य चौतारी झापाले विधाका श्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । चौतारीले मंगलवार झापाको बिर्तामोडमा २० औं वार्षिकोत्सव तथा २०६ औं भानुजयन्तीको अवसर पारेर श्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरेकोे हो। प्रत्येक बर्ष...

किन विवादित बन्यो, आदिवासी रंगशाला ?

  पूर्वी मधेसमा पहाडिया समुदाय विक्रम सम्बत २००० साल आसपासबाट झर्न सुरु गरेका हुन् । यी समुदाय झर्नअघि नै मधेसमा राजवंशी, ताजपुरिया, धिमाल, सन्थाल आदि जातिहरूको बसोवास थियो । झोडा खुल्दैछ भन्ने थाहा पाएपछि विसं...

स्थानीय कार्यपालिकामा बिज्ञ समूहको आवश्यकता किन छ ?

तपाईंको विरुद्धमा कलम चलाएं होला तर मेरो एउटा मात्र आग्रह के भने यो मुलुकको राजनीतिक परिवर्तन यहाँले एक्लै गर्नुभएको अवश्य पनि होईन । पञ्चायतकालिन सत्ताधारीहरु र राजा बिरेन्द्र, ज्ञानेन्द्रलाइ सराप्दै भागेर हिड्दा तपाईंलाई ढिडो...

देशले हारेको युद्ध

लेख्न त मलाई पनि मन थियो देशको बारेमा कविता कि इतिहासमा कहिल्यै पराजित नभएको देश सगरमाथाको देश , बुद्धको देश अहिंसाको देश , मन्दिरै मन्दिरको देश जब म कविता लेख्न बस्छु, आँखै अगाडि निर्मला पन्त उभिन्छिन् च्याप्प मेरो नाडी समाएर भन्छिन्...

पत्रकार भट्टराईको छैंटौ कृति अश्वत्थामा विमोचन

बिर्तामोड ,७ असार । पत्रकार कुमार भट्टराईको छैंटौ कृति अश्वत्थामा शनिवार बिर्तामोडमा विमोचन गरिएको छ । साहित्यकार गणेश रसिक, मिश्र वैजयन्ती र पत्रकार चन्द्र भण्डारीले उपन्यास विमोचन गरेका छन् । विमोचनमा साहित्यकार मिश्र वैजयन्तीले...

आदिवासी रंगशालामा किन रातनैतिक रङ्ग ?

आदिवासी रंगशाला माथिको राजनीति बन्द गरिएन भने यसले भोलिको दिनमा अरु भयङ्कर दुर्घटनाहरु ननिम्तेला भन्न सकिन्न । यो त एउटा सानो सुरुवात मात्रै हो । भर्खरै काठमाडौंको नेवार गुठीहरु समाप्त पार्ने षडयन्त्रको विरुद्ध त्यहाँका...

बुधबारेकी निशुले ल्याईन नयाँ गीत

बुधबारे । झापा बुद्धशान्ति–३ निवासी गायिका निशु ढकालले बजारमा नयाँ गीत लिएर आएकी छिन् । ‘वर्ष दिन भयो परदेश गाको’ बोलको गीत सार्वजनिक गरेकी छिन् । परदेशमा रहेको श्रीमानलाई घर फर्किन आग्रह गर्दै श्रीमतीले...

साहित्य चौतारी झापाले बार्षिकउत्सव र भानु जयन्ती मनाउँदै

बीर्तामोड । साहित्य चौतारी झापाले असार ३१ गते २० औँ वार्षिक उत्सव तथा २०६ औँ भानु जयन्ती कला बर्षको रुपमा मनाउने भएको छ। वि.सं. २०५६ साल असार ३१ गते राष्ट्रकवि माधवप्रसाद घिमिरेले उद्घाटन गर्नु...

झापामा ३ दिनसम्म भानु जयन्ती मनाइने

झापा,२५ जेठ । २०५ औँ आदिकवि भानु जयन्ती झापामा ३ दिनसम्म धुमधामका साथ मनाउने तयारी भएको छ । झापाको मेचीनगरमा भानु साहित्यिक प्रतिष्ठानले आगामी असार २७, २८ र २९ गते विविध कार्यक्रमका साथ भानु...