बाबुछोरी मृगौला पीडित ,परिवारद्धारा याचना


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, चैत्र १२, २०७५


  •  गौरादह ,१२ चैत । झापाको गौरादह ९ वैगुन्धुरा स्थित मृगौला पीडित बोधराज खनालको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर हुदै गएको छ । दुबै मृगौला खराब भई उपचारको लागी नोबेल अस्पताल विराटनगरमा विगत १ महिना देखी उपचार गराई रहेका खनालसंग उपचार गर्न आफनो जायजेथा नहुदाँ उनको स्वास्थ्य अवस्था कमजोर हुदै गएको छ ।


    विगत ४ ५ वर्ष देखी मृगौला सम्बन्धी समस्या देखिएका र आर्थिक अवस्था अत्यन्तै कमजोर भएका खनाललाई दाताहरुले दिएको करिव ७ लाख रुपैँया सबै सकिएको र अहिले हस्पिटलमा रहँदा औषधी खानको लागी र सामान्य भोक मेट्नको लागी समेत पैसा नभएकाले समस्या आएको उनकी श्रीमती कमला भण्डारीले दुखेसो पोखिन् । सासु आमा मृगौला खराब भएर वित्नु भएको तितो यथार्थ स्मरण गर्दे उनले भनिन् , “७ वर्षिय छोरीको पनि त्यस्तै समस्या देखिएको छ, एकातिर श्रीमानको यो हालत अर्को तिर छोरी पनि मृगौला पीडित , दैबले ममाथी यती धेरै दुःख किन दिएको होला ?” पीडित खनालको काठमाण्डौमा एउटा मृगौला प्mयाँकियो, मृगौला दिनको लागी खनालकी श्रीमती कमला आपैmँ तयार भइन् । तर खनालको मृगौला प्mयाकिएको भागमा इन्फेक्शन भएका कारण ४५ महिना घाउ सुक्न समय लाग्ने कुरा डाक्टरबाट जानकारी भए पश्चात डाइलोसिसको लागी नोबेल अस्पताल विराटनगरमा राखियो । अहिले खनालले भने,–‘ इन्फेक्सन भएको ठाउँमा फुटेर पिप आउन थालेको छ । ’ अहिले उनको ड्रेसिङ् भईरहेको छ ।

    घाउ विसेक भए पछी मृगौला प्रत्यारोपण गर्ने योजनामा रहेका खनाल शारीरिक रुपमा जती पीडा भोगी रहेका छन् त्यो भन्दा बढी पीडा उनको श्रीमती भोकै अस्पताल बस्नु परेको छ । पीडितका अनुसार एका तिर एक पैसा नभइ हस्पिटल बस्नु परेको र अर्को तिर छोरीलाई त्यस्तै समस्या । उनीहरुले उपचारका लागि सवैसंग आर्थिक सहायताको लागी सबै संग हार गुहार गरेका छन् । सम्पर्कको लागी श्रीमती कमलाको मोबाइन नम्बर ९८२४९६१३७९ रहेको छ । खाता नं. ०६०२४९००८३६२८८०००००१ मा जम्मा गर्न सकिने पीडित खनालले जनाए।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology