स्वर्णलक्ष्मी शाकोसको स्थापना दिवसमा विभिन्न कार्यक्रम

हाम्रो दमक

दमक,१० चैत । दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज बिभिन्न कार्यक्रम हरु गरि आफनो १० औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान, स्वास्थ्य परिक्षण साथै सहयोग कार्यक्रमहरु गरि स्थापना दिवस सम्पन्न गरेको हो ।


वचत तथा ऋण सहकारी संघका केन्द्रिय सदस्य घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा १७ महिला र ८० पुरुष गरी ९७ जनाले रक्तदान गरेका थिए । संस्थाका व्यवस्थापक कमल घिमिरेका अनुसार रेडक्रस दमकको रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा भएको रक्तदानमा सहकारीका सञ्चालक,कर्मचारी, शेयर सदस्य तथा सर्वसाधारणहरुले रगतदान गरेका थिए । त्यसैगरी निशुुल्क स्वास्थ्य शिबिरमा ७१४ जनाले स्वास्थ्य परिक्षण गराउनुका साथै औषधीहरु समेत वितरण गरिएको थियो । शिविरमा लाईफलाईन अस्पतालका बिषेशज्ञ चिकित्सकहरुको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए ।


त्यस्तैं, कार्यक्रममा ५८ जनाले दन्त परिक्षण गरेका थिए । दन्त परिक्षणमा आमा डेन्टल हस्पिटलले प्राविधिक सेवा प्रदान गरेको थियो । आखाँ परिक्षणतर्फ १२० जनाले सहभागिता जनाएका थिए । हिमालय चश्मा घरका मोती बरालसहितको टोलीले सेवा दिएका थिए ।
यता, लाइफलाइन अस्पताल दमकबाट रक्तपरिक्षणसहित फिजिसियन, हार्डजोर्नी तथा नशा रोग, स्त्री तथा महिला रोग बिशेषज्ञहरुसहितको टोलीले सेवा दिएका थिए । कार्यक्रममा रक्तपरिक्षणतर्फ ३५८ जना, स्त्री तथा महिला रोगतर्फ ३१ जना, फिजिसियनतर्फ ९१ जना, हार्डजोर्नी तथा नशा रोगतर्फ ५६ जनाले सेवा पाएका छन् ।


त्यसैगरी कार्यक्रममा सहकारीका शेयर सदस्य झापा,बैगुन्धुराका मृगौला पीडित बोधराज खनाललाई १० हजार रुपैयाँ र दमक अपाङ्ग सहयोग समितिको कोष बृद्धिको लागी नगद २० हजार रुपैयाँ पनि सहयोग उपलब्ध गराईएको सहकारीका अध्यक्ष रवि न्यौपानेले जानकारी दिए । संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वर्सेनी त्यस्तो सहयोग प्रदान गरिआएको छ । त्यस्तै सहकारीले दमक रेडक्रसलाई दुई थान ब्लड डोनर बेड समेत उपलब्ध गराएको छ ।

स्थापना दिवस उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अधिकारी, दमक ८ का वडाध्यक्ष पशुपति गौतम, सहकारी कर्मचारी यूनियनका केन्द्रीय सदस्य निलकण्ठ निरौला,जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष तुलाराम न्यौपानेलगायतले बोलेका थिए ।

आइत, चैत्र १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

प्यारालाइसेस भएका साँवालाई व्हिल प्रदान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरि व्हिल चेयर प्रदान गरिएको छ । स्थानीय समाजसेवी डाइमन्ड थेवे (सुरज)ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् ।...

कर नीतिको विरोधमा दमकमा प्रर्दशन

दमक,५ साउन । सरकारले ल्याएको कर सम्बन्धी नयाँ नियम भेईकल कन्साईनमेन्ट ट्रयाकिङ्ग सिस्टम( vcts ) प्रणाणीमा जान तत्काल समस्या हुने दमकका व्यवसायीहरुले बताएका छन् । उनीहरुले सरकाले एक्कासी अव्यवहारिक नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई...