एक्सेल वैंकको शाखा विस्तार आक्रमक, तिन दिनमा चार शाखाको उद्घाटन्

सिइओ भन्छन् ः “प्रदेश १ कै उकृष्ट बैंक बन्छौ”

हाम्रो दमक

विर्तामोड । झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले शाखा विस्तारलाई तिव्रता दिएको छ । बैंकले पछिल्लो तीन दिनमा चार शाखाको विस्तार गरेको छ । पछिल्लो समय बैंकको शाखा विस्तार आक्रमक देखिएको छ । बैंकले चारै ओटाको शाखा विस्तार झापामा गरेको हो । झापाको बनियानी, सोमबारे, खुदुनावारी र गरामनी गरी चार शाखाको उद्घाटन गरीएको हो ।

झापाको कचनकवल गॉउपालिका बडा नंं ६ स्थित बनियानी बजारमा गत सोमबार (चैत ४) बनियानी शाखाको उद्घाटन गरिएको हो । बनियानी शाखाको उद्घाटन कचनकवल गॉउपालिकाका प्रमुख अन्जार आलम र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गर्नुभयो । बनियानी शाखाका प्रबन्ध राजन ढकाल रहनु भएको छ ।

बनियानी शाखा

त्यसैगरी सोमवारे शाखाको पनि सोमबार (चैत ४) नै उद्घाटन गरिएको हो । बनियानी शाखाको उद्घाटन पश्चात भद्रपुर भद्रपुर नगरपालिका वडा नंं २ स्थित सोमवारे चोकमा रहेको सोमबारे शाखाको उद्घाटन गरीएको हो । शाखाको उद्घाटन प्रदेश नंं १ का प्रदेश सभासद बसन्त कुमार बानिया, भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ र वैंकका अध्यक्ष ढकालले संयुक्त रुपमा गर्नु भएको हो । सोमबारे शाखाको प्रबन्ध राज शंखर झा रहनु भएको छ ।

सोमबारे शाखा

चैत्र मसान्त भित्र ३० बाट ३६ ओटा शाखा पुर्याउने लक्ष्य राखेको यस बैकले मंगलबार (चैत ५) पनि आफ्नो नया शाखाको विस्तार गरेको छ । बैंकले थप नया शाखाको रुपमा मंगलबार अर्जुनधारा नगरपालिका ३ मा रहेको खुदुनावारी शाखाको उद्घाटन गरेको हो । शाखाको उद्घाटन नगर प्रमुख हरि कुमार राना र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका सदस्य श्री गणेश प्रसाद खनालले संयुक्त रुपमा गर्नु भएको हो । खुदुनावारी खाशाको प्रबन्धक सरोज खतिवडा रहनु भएको छ ।

खुदुनावारी शाखा

प्रदेश नं. १ कै जेठो विकास बैंकको रुपमा स्थापित यस बैकले बुधबार (चैत ६) पनि आफ्नो नया शाखाको विस्तार गरेको छ । बैकले बुधबार गरामनी शाखाको औपचारीक उद्घाटन गरेको हो । विर्तामोड नगरपालिका ७ स्थित गरामनी शाखाको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुव कुमार शिवाकोटी र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका सदस्य श्री पुरुषोत्तम लम्सालले संयुक्त रुपमा गर्नुभयोे । गरामनी शाखाको प्रबन्धक समिर पोख्रेल रहनु भएको छ ।

गरामनी शाखा

चारै ओटा उद्घाटन समारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोख्रेल, नायव प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरी, पंकज घिमिरे, शिव कुमार गिरी, महेशमान प्रधान लगायत स्थानिय समाजसेवी, बुद्धिजिवी, ब्यापारी तथा स्थानिय जनप्रतिनिधिहरुको उल्लेख्य उपस्थीती रहेको थियो । उद्घाटन समारोहको संञ्चालन कम्पनी सचिव श्याम बहादुर बोहोराले गर्नु भएको थियो ।

३६५ दिन नै बैकिङ सेवा उपलब्ध गराई रहेको यस बैंकले हाल झापा, इलाम र मोर¨का विभिन्न ३० स्थानबाट आवाश, सवारीसाधन, व्यक्तिगत, व्यापारिक लगायत कर्जा सुविधा प्रदान गर्नुका साथै ब्द्यद्यक्, ऋ(ब्क्द्यब्, क्ष्एक्, ऋयललभअत क्ष्एक्, इलष्लिभ ऋभिबचष्लन तथा स्मार्ट मोवाईल वैंकिगं ( क्mबचत ःयदष्भि द्यबलपष्लन), भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधा सहितको ख्ष्कब म्भदष्त ऋबचम, रेमिटान्स सेवा लगायतका सम्पुर्ण बैंकि¨ सेवा प्रदान गरिरहेको छ । निकट भविष्यमै पाचथरको फिदिम, सुनसरीको इनरुवा, इटहरी, भुटाहा र भमरीमा पनि आफ्नो शाखा पुर्याउने लक्ष्य सहित अहिले शाखा सजावटको काम तिव्रता साथ भईरहेको बैंकमा सिइओ दिनेश कुमार पोख्रेलले जानकारी दिनुभयो । साथै उहाँले प्रदेशकै उत्कृष्ट र लोकप्रीय बैंक बन्ने लक्ष्यका साथ आफ्ना गतिविधिहरु अगाडी बढाएको बताउनु भयो ।

बैकले आ.व. २०७४।०७५ मा खुद मुनाफा रु १५ करोड ५६ लाख ३५ हजार गरेको छ । चुक्ता पू‘जी ६९ करोड २६ लाख ७४ हजार रहेको बैंकको कर्जा ५ अर्व ६५ करोड र निक्षेप ६ अर्व २५ करोड रहेको छ । बैकको तेह्रौ साधारण सभा सोमबार (चैत ११) सम्पन्न हुदै छ । वैंकले आ.व.२०७४÷०७५ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पू‘जीको १७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने र उक्त चुक्ता पु‘जीको ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ ।

आइत, चैत्र १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

इष्टुको प्रदेश समिति चयन

दमक,३२ जेठ । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्रदेश नं. १ प्रदेश कार्यसमिति चयन गरेको छ ।  शिक्षकहरुको पेशागत हकहितमा आवाज उठाउदै आएको इस्टुले यादव अधिकारीको अध्यक्षतामा...

विश्लेषक गिरी दमक आउदै

दमक,३२ जेठ । यूथ नेटवर्कको नियमित श्रृङखलामा सहभागि हुन भोलि नेपाली कांग्रेसका नेता तथा बिश्लेषक प्रदिप गिरी दमक आउदै छन् । स्थानीय गोरखा डिपार्टमेन्टल स्टोरमा भोलि आइतबार दिनको २ः३० वजेदेखि तीन घण्टा लामो सातौ...

दमकमा प्रथम नगर ब्याडमिन्टन प्रतियोगिता

दमक , ३२ जेठ । प्रथम दमक नगर ब्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि दमक ६को बद्री शाहको टिमले हात पारेको छ । बन्द्री र कमल शाहको टिमले वडानम्वर १को डिल्ली श्रेष्ठ र सरोज राईको टिमलाई...

गुठीसम्बन्धी विधयेक पास हुन दिदैनौ: देउवा

काठमान्डाैं | नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुठीसम्बन्धी विधयेक पास हुन नदिने बताउनुभएको छ । आज हेटौँडामा आयोजित नेपाल सांस्कृतिक सङ्घको जिल्ला सभापति एवं विधागत सङ्घका सभापतिको राष्ट्रिय प्रशिक्षण भेलामा पूर्वप्रधानमन्त्री देउवाले देशमा सांस्कृतिक...

सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने गरे ५ वर्ष जेल १५ लाख जरिवाना

प्रतिनिधि सभाको विकास समितिले फेसबुक ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने प्रावधान यथावत् राखेर सूचना प्रविधि विधेयक अगाडि बढाउने तयारी गरेको छ। समितिले सांसद बिना श्रेष्ठको संयोजकत्वमा गठन गरेको उपसमितिले सामाजिक सञ्जाल र मिडियालाई समेत कस्ने...

गुठीको विरोधमा दमकमा लिम्बुवानको कोणसभा

दमक,३१ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले सरकारले ल्याउन लागेको गुठी विधेयक, लोकसेवा आयोगले प्रकाशित गरेको असंवैधानिक विज्ञापनको विरोधमा कोणसभा गरेको छ ।दमकको गणतन्त्र चौंकमा भएको कोणसभामा बोल्दै वक्ताहरुले...

पाडाजुंगीमा कामना बैकको शाखा विस्तार

दमक,३१ जेठ । कामना सेवा विकास बैंकले झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा ८८ औं शाखा विस्तार गरेको छ । विहीवार एक कार्यक्रमका बीच शाखाको बैंकका सञ्चालक विश्वेश्वर सुवेदी, सीईओ प्रविण बस्नेत र बैंकका...

असोजमा अन्तराष्ट्रिय झापाली समाजको महाधिबेशन

दमक,३१ जेठ । अन्तराष्ट्रिय झापाली समाजको दोश्रो महाधिबेशन आगामी असोज २४ र २५ गते झापामा हुने भएको छ । प्रत्येक दुई वर्षमा हुने समाजको महाधिबेशन जिल्लामा गर्न लागिएको समाजका कार्यवहाक अध्यक्ष छत्र सुब्बाले वताए...

रक्तदाता दिवसमा प्रभातफेरि सहित रक्तदान

दमक,३१ जेठ । १६ औं विश्व रक्तदाता दिवसका अवसर पारेर झापाको दमकमा शुक्रवार विहान प्रभातफेरि सहित रक्तदान कार्यक्रम गरिएको छ । नेपाल स्वमसेवी रक्तदाता समाज जिल्ला समिति झापाको आयोजना तथा घरवहाल उपभोक्ता हकहित संघ,...

जेसीज तालिम केन्द्रमा ३० लाख बढीका काम

दमक,३० जेठ । दमक जेसीजको एक वर्ष अघि निर्माणाधिन सामुदायिक तालिम केन्द्र भवनमा हालसम्म ३० लाख बढीको काम भएको छ । दमक ८ मा विभिन्न दाताहरुले उपलव्ध गराएको ४ कठ्ठा जमीनमा निर्माणाधिन सुविधासम्पन्न तालिम...