दमकमा चैत १७- १९ सम्म वृहत साहित्यीक कार्यक्रम

हाम्रो दमक

दमक ,६ चैत । दमकमा यहि चैत १७ देखि १९ गतेसम्म वृहत सांस्कृतिक एवं साहित्यीक कार्यक्रम हुने भएको छ । दमक प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा तीन दिने वृहत सांस्कृतिक एवं साहित्यीक कार्यक्रम हुने भएको आयोजक दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीले जानकारी दिए ।


प्रधानमन्त्री केपी शर्माको प्रमुख आतिथ्यतामा हुन लागेको उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सघाँउ पुरयाँउन विभिन्न नौ वटा उपसमितिहरु समेत गठन गरि काम तीव्र पारिएको अध्यक्ष अधिकारीले जनाए ।
जसअनुसार प्रज्ञा प्रतिष्ठानका अध्यक्षको संयोजकत्वमा स्वागत सत्कार,धु्रवप्रसाद न्यौपानेको संयोजकत्वमा सात सदस्यीय प्रचारप्रसार,प्रकाश बुढाथोकीको संयोजकत्वमा पाँच सदस्यीय कविता व्यवस्थापन, कमला खनालको संयोजकत्वमा सांस्कृतिक उपसमिति, नरपति पाण्डेको संयोजकत्वमा खाना तथा आवास व्यवस्थापन, जीवन गुरुगंको संयोजत्वमा स्वमसेवक परिचालन, नगरपालिकाको संयोजकत्वमा स्टेज तथा साउण्डसेट ,घनश्याम पथिकको संयोजकत्वमा गजल व्यवस्थापन र मेघराज तिम्सीनाको संयोजकत्वमा पाँच सदस्यीय एक सचिवालय उपसमिति गठन गरिएको छ । यसैगरि नगर प्रमुख रोमनाथ ओलीको संयोजकत्वमा उपप्रमुख गीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सीना,प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारी र वरिष्ठ लोकगायक एलपी जोशी रहेको एक पाँच सदस्यीय कार्यक्रम अनुगमन समिति समेत गठन गरिएको जनाईएको छ ।
सोहि अवसरमा नगरपालिकाको नवनिर्मीत भवनको समेत प्रम ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

बुध, चैत्र ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...

प्यारालाइसेस भएका साँवालाई व्हिल प्रदान

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरि व्हिल चेयर प्रदान गरिएको छ । स्थानीय समाजसेवी डाइमन्ड थेवे (सुरज)ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् ।...

कर नीतिको विरोधमा दमकमा प्रर्दशन

दमक,५ साउन । सरकारले ल्याएको कर सम्बन्धी नयाँ नियम भेईकल कन्साईनमेन्ट ट्रयाकिङ्ग सिस्टम( vcts ) प्रणाणीमा जान तत्काल समस्या हुने दमकका व्यवसायीहरुले बताएका छन् । उनीहरुले सरकाले एक्कासी अव्यवहारिक नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई...