पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा समस्या

  • प्रकाशित मिति : शनिबार, चैत्र २, २०७५



  • दमक ,२ चैत । नेपाल आयल निगमको चारआलीस्थित डिपोले झापाका पेट्रोलपम्पहरुलाई माग अनुसार पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा समस्या भएको छ ।


    पेट्रोलियम डिलर्स एशोसिएसन मेचीका उपाध्यक्ष भुपालराज कट्वालका अनुसार डिपोले माग पेट्रोल पम्पहरुमा माग अनुसार पेट्रोल उपलब्ध नहुँदा सर्वसाधारणले सास्ती ब्यहोर्नुपर्ने अवस्था आएको छ ।
    दमकस्थित माता पाथीभरा आयल सेन्टरमा हिजो ( शुक्रबार) ४ हजार लिटर पेट्रोल माग गर्दै आवश्यक सबै प्रकृया पूरा गरेपनि डिपोले पेट्रोल नदिएको कट्वालले बताए । उनले विभिन्न सरकारी, सुरक्षा निकाय तथा सार्वजनिक र नीजि सवारी साधनहरुलाई समेत आवश्यक पर्ने पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको पम्पमा सबै प्रकृया पूरा गर्दा गर्दै पनि पेट्रोलियम पदार्थ उपलब्ध गराउन डिपोका प्रमुख सनम कार्कीले आनाकानी गरेको बताए ।
    विना कारण पम्पलाई तेल नदिएर अभावको वातावरण सिर्जना गरिरहेको भन्दै चारआलीस्थित डिपोका प्रमुख कार्कीले गलत मनसाय राखेर झापामा पेट्रोलयम पदार्थको अभाव सिर्जना गर्न खोजेको कट्वालले आरोप लगाए । निगमको क्षेत्रीय कार्यालयबाट समेत पम्प र डिपोमा कम्तीमा ७० प्रतिशत मौज्दात राख्न निर्देशन दिइएको तर डिपोले पम्पहरुलाई आवश्यक तेल नदिँदा हिजोदेखीनै पाथीभरा आयल सेन्टर बन्द गर्नुपरेको बताइएको छ ।
    यतिबेला कृषि यन्त्रका रुपमा प्रयोग हुने ट्रयाक्टर र पम्पसेटहरुमा समेत पेट्रोलियम पदार्थको खपत बढी नै हुने सिजन भएकाले पेट्रोलियम पदार्थको अभावले कृषि क्षेत्रमा समेत नकारात्मक असर पुग्ने उपाध्यक्ष कट्वालले बताए ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology