स्थानीय तहकै मिलेमतोमा खोलाहरुको चरम दोहन

झापाका अधिकांश नदीनालामा ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन, सङ्कलन र बिक्री कार्यमा कानूनले तोकेको मापदण्डको ठाडो उल्लङ्घन भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

हाम्रो दमक

झापा, १ चैत । जिल्ला अनुगमन समिति झापाले स्थानीय तहकै मिलेमतोमा ठेकेदारबाट खोला दोहन भइरहेको जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा झापामा गठन भएको अधिकार सम्पन्न अनुगमन समितिले बिहीबार पत्रकार सम्मेलन गरी खोलामा अनियन्त्रित रुपमा उत्खनन गर्ने कार्यलाई रोक्न कडा कदम चाल्ने चेतावनी दिएको हो ।


सो अवसरमा समितिका संयोजक पोर्तेलले गत पुस २४ देखि फागुन २७ गतेसम्म जिल्लाका विभिन्न नदी र क्रसर उद्योगमा स्थलगत अनुगमन गरी तयार पारिएको प्रतिवेदन पनि सार्वजनिक गरे। झापाका अधिकांश नदीनालामा ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन, सङ्कलन र बिक्री कार्यमा कानूनले तोकेको मापदण्डको ठाडो उल्लङ्घन भइरहेको प्रतिवेदनमा उल्लेख छ । कानूनी प्रावधानको उल्लङ्घन गर्नेमा नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधि र ठेकेदार संलग्न रहेको संयोजक पोर्तेलले जानकारी दिए।

“कमल, कचनकबल, झापा, गौरादह र विर्तामोडले अहिलेसम्म प्रारम्भीक वातारणीय परीक्षण आइइ नै गरेका छैनन्”, संयोजक पोर्तेलले भने , “झापाका अरु गाउँपालिका र नगरपालिकाले प्रारम्भीक वातावरणीय परीक्षण आइइ स्वीकृत गराए पनि तोकिएको मापदण्डलाई ठाडै मिचेर ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन गरिरहेको पाइएको छ ।”

उहाँका अनुसार आइइ स्वीकृत नगरी खोलाबाट कुनै पनि उत्खनन गर्न पाइँदैन । प्रारम्भीक वातारणीय परीक्षण (आइइ) स्वीकृत गर्ने अधिकार जिल्ला समन्वय समितिले पाएको छ । आइइमा कति मात्रा, कसरी उत्खनन गर्ने भन्ने प्रष्ट उल्लेख हुन्छ । अनुगमन समितिले मेची, निन्दा, हडिया, विरिङ, कनकाइ, रतुवा र मावा नदीको अनुगमन गरेको थियो भने मेचीनगरको राजधानी क्रसर इण्डस्ट्रिज, विर्तामोडको कञ्चनजङ्घा क्रसर उद्योग, अर्जुनधाराको भगवती रोडा उद्योग, जय घटाल रोडा उद्योग र मङ्गलश्री क्रसर उद्योगको स्थलगत अनुगमन गरेको थियो ।
अधिकांश नदी र क्रसरमा मापदण्ड मिचेर खोलाजन्य वस्तुको दोहन भइरहेको अनुगमन प्रतिवेदनमा औँल्याइएको छ । अनुगमन समितिको सदस्यमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक र जिल्ला वन डिभिजनका प्रमुख रहेका छन् । जिल्ला समन्वय अधिकारी समितिको सदस्य सचिव रहने व्यवस्था छ ।
क्रसर उद्योगहरु स्कुल, हस्पिटल र बस्तीबाट दुई किलोमिटर टाढा हुनुपर्ने र खोलाजन्य सामग्रीको उत्खनन पुलबाट ५०० मिटर टाढा हुनुपर्ने नियमसमेत मिचिएका कारण खोलाको दोहनप्रति अनुगमन समिति गम्भीर बनेको समितिका संयोजक पोर्तेलले बताए । अनुगमन समितिका सदस्य एवं प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पहिलो चरणमा यथार्थ अवस्था अवगत गराउँदै प्रतिवेदन सार्वजनिक  गरिएको र सम्बन्धित नगर तथा गाउँपालिकालाई मापदण्ड नमिच्न सम्झाइबुझाइ गरिएको बताए ।

“नगर तथा गाउँपालिकाका जनप्रतिनिधिले खोला दोहन रोक्न पक्कै कदम चाल्नुहुने हामीले अपेक्षा राखेका छौँ”, प्रजिअ दाहालले भने , “यदि कसैले अटेर गर्छ भने कानूनबमोजिम कारवाही हुन्छ, किनकी कानूनभन्दा माथि कोही पनि हुँदैनन ।” नेपाल सरकारले खोला तथा खानीको उत्खनन, सङ्कलन र बिक्री गर्ने अधिकार प्रदेश सरकारलाई दिएको हो । प्रदेश सरकारले सो अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरेपछि गाउँ र नगरपालिकाले आफ्नो क्षेत्रका खोलामा ठेक्का लगाएर उत्खनन गरिरहेका छन् ।

शुक्र, चैत्र १, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

स्वर्णलक्ष्मी शाकोसको स्थापना दिवसमा विभिन्न कार्यक्रम

दमक,१० चैत । दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज बिभिन्न कार्यक्रम हरु गरि आफनो १० औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान, स्वास्थ्य परिक्षण साथै सहयोग कार्यक्रमहरु गरि स्थापना...

दमकमा हुने वृहत वाङ्मय संगोष्ठीको तयारी तीव्र

दमक,१० चैत । झापाको दमकमा यहि चैत १७ देखि १९ सम्म हुने त्रिदिवसीय वृहत वाङ्मय संगोष्ठीको तयारी तीव्र पारिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र दमक नगरपालिका प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हुने वृहत वाङ्मय...

एसईईमा पौने पाँच लाख परीक्षार्थी सहभागी

झापा,१० चैत । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई )देशैभरी सुरु भएको छ । आजआइतबार बाट सुरु हुने परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका छन् । गत २०७४ सालमा चार...

एक्सेल वैंकको शाखा विस्तार आक्रमक, तिन दिनमा चार शाखाको उद्घाटन्

विर्तामोड । झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले शाखा विस्तारलाई तिव्रता दिएको छ । बैंकले पछिल्लो तीन दिनमा चार शाखाको विस्तार गरेको छ । पछिल्लो समय बैंकको शाखा विस्तार आक्रमक देखिएको छ...

भन्नुहोस् त, तपाईसँग भएको सबैभन्दा मूल्यवान् चिज के हो ?

– तीर्थ तिम्सिना एकैछिन् एकाघ्र भएर सोच्नुहोस् त, तपाईंको एउटा हातको औंलाको मूल्य कति होला ? एक लाख, दुईलाख या पाँच लाख ? के तपाईं आफ्नो औंलाहरु तिन लाख रुपैयाँमा बेच्न चाहनुहुन्छ ? आँखा नि...

स्थानीय युवाहरुको सहकार्यमा खुल्ने भयो दमकमा क्रिकेट एकेडेमी, निर्माणकार्य तिब्र

दमक । झापाको दमकमा क्रिकेट एकेडेमी खुल्ने भएको छ। गत सोमबार एक कार्यक्रमका बिच क्रिकेट एकेडेमीको शिलान्यास भएको छ। उक्त एकेडेमीको नाम Patriotic Cricket Training Centre (PCTC) रहने भएकोछ। क्रिकेट एकेडेमीको प्रारम्भिक लागत २२ लाख रुपैंया...

गौरादह खानेपानीमा देखियो संसदीय चुनावको झझल्को

गौरादह,६ चैत । यहाँस्थित गौरादह खानेपानी तथा सरसफाई समितिको आगामी चैत्र १६ गते निर्वाचन को माहौल तातिएको छ । नेतृत्व हडप्न दलीय प्रतिष्पधाले आम उपभोक्ताहरुसम्म माहौल तीव्र पारिएपछि गौरादहमा संसदीय चुनावको झझल्को देखिएको छ...

नेकपा झापाको स्थानीय तहको नेतृत्वमा को को परे ?

झापा, ४ चैत । नेकपा कार्यदलले झापाका १५ वटै स्थानीय तहका लागि नेतृत्व चयन गरि नाम सार्व जनिक गरेको छ ।  झापाका १५ वटा स्थानीय तह मध्ये ९ वटा स्थानीय तह एमालेको पोल्टामा परेका...

पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा समस्या

दमक ,२ चैत । नेपाल आयल निगमको चारआलीस्थित डिपोले झापाका पेट्रोलपम्पहरुलाई माग अनुसार पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा समस्या भएको छ । पेट्रोलियम डिलर्स एशोसिएसन मेचीका उपाध्यक्ष भुपालराज कट्वालका अनुसार डिपोले माग पेट्रोल पम्पहरुमा माग अनुसार...

सामसुङ्ग कम्पन्नीको ‘एस टेन’ वजारमा

दमक ,३० फागुन । दमक ८ स्थित झापा टे«ड कन्सर्नले सामसुङ्ग कम्पन्नीको ‘एस टेन’ नयाँ मोवाईल भित्रयाँएको छ । विश्व वजारमा हालै मात्र सार्वजनिक भएको उक्त ‘एस टेन’ नयाँ मोवाईलको आज एक कार्यक्रमका बीच कन्सर्नले...