लखनपुर रेडक्रसद्धारा संस्थापकलाई सम्मान

हाम्रो दमक

कमल ,३० फागुन । झापाको कमल गाँउपालिकास्थित नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले रेडक्रस स्थापनाका संस्थापकहरुलाई सम्मान गरेको छ ।


उपशाखाको आज सम्पन्न छैठौ उपशाखा सभाको उद्घाटनमा सामाजिक क्षेत्रका अग्रज पूर्णानन्द शर्मासहित ७ जना संस्थापक समितिका सदस्यहरुलाई सम्मान गरेको हो । रेडक्रस लखनपुर उपशाखाको स्थापनामा महत्वपूर्ण योगदान पुरयाँउने सदस्यहरुलाई सामूहिक रुपमा सम्मान गरिएको सभापति चन्द्र शाहले वताए ।


यसरी सम्मानीत हुनेहरुमा समाजसेवी दाहालसहित, टिकाराज सापकोटा,इन्द्रमान चाम्लिङ, चन्द्र दमाई, भिमप्रसाद सापकोटा,सुमित्रा राई र रामचन्द्र मिश्र रहेका छन् । रेडक्रस झापा शाखाका मन्त्री चन्द्रप्रसाद चुडाँलको प्रमुख आतिथ्यतामा भएको सभाको उद्घाटनमा उपशाखा सचिव पारसमणि राईले संस्थाको प्रतिवेदन र कोषाध्यक्ष प्रमोद कुमार दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन वन्दसत्रले सुझाव सहित पारित गरिएको उपशाखा उपसचिव विष्णु सुब्बाले बताए ।
रेडक्रस उपशाखाकी उपसभापति चन्द्रकला भण्डारीले स्वागत मन्तव्य राखेकी सो कार्यक्रममा रेडक्रस झापा शाखाका कोषाध्यक्ष ओमप्रकाश गौतम, सम्मानीत व्यक्तित्व दाहाल, रेडक्रस उपशाखाका सल्लाहकारद्धय दीलीप राई, हुकुमसिं राईलगायतले वोलेका थिए ।

बिहि, फाल्गुन ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

दमकको वातावरण संरक्षणकालागि नगरबासीबाट सुझाब संकलन

झापाको दमक नगरपालिकाले वातावरणलाई स्वच्छ राख्ने सम्बन्धी सुझाव संकलन गरेको छ । वातावरण तथा बिपत् व्यवस्थापन समिति दमकले आयोजना गरेको कार्यक्रममा बिभिन्न क्षेत्रका नागरिक तथा सरोकारवालाबाट सुझाव संकलन गरिएको हो । नगरका १० वटै वडाका जनप्रतिनिधी,...

कमलमा प्रधानमन्त्री रोजगार कार्यक्रमकालागि एक हजार बढीको आवेदन

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत झापाको कमल गाउँपालीकामा एक हजार २ सय भन्दा बढीको आवेदन परेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहाने व्यक्तिले २०७६ साल बैशाख मसान्त सम्ममा आबेदन दिनुपर्ने थियो जस अन्तर्गत कमल...

झापाबाट सर्वश्रेष्ठ पक्राउ, रिहा गर्न मेची ब्युरोको माग

झापा,७ जेठ । झापाको बिर्तामोडबाट नेपाल कम्युनिष्ट पार्टीका मेची ब्युरो सदस्य एंव इलाम जिल्ला इन्चार्ज सर्वश्रेष्ठलाई सोमबार प्रहरीले गिरफ्तार गरेको छ । सरकारले प्रतिबन्ध लगाए संगै देशैभरीबाट नेकपाका नेता कार्यकर्ताहरुलाइ प्रहरीले व्यापक रुपमा धरपकड...

भागेर बाँचेकी सीताको दमकमा उपचार शुरु

दमक, ७ जेठ । गएराती पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका दुई परिवारका नौ जनाको हत्या हुँदा भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमको दमकमा उपचार शुरु गरिएको छ । उनलाई आज मंगलबार अपरान्ह दमक ल्याई दमकस्थित...

दमक क्याम्पसमा प्रजातन्त्रवादी विजयी

दमक,७ जेठ । यहाँस्थित पब्लिक क्याम्पस प्राध्यापक संघ , दमक क्याम्पस इकाइ समितिमा नेपाली कांग्रेस निकट प्रजातन्त्रबादी प्राध्यापक संघसहित राप्रपाको प्राज्ञिक परिषद विजयी भएको छ । दुवै प्राध्यापक संगठनहरुको प्यानलले संघमा बहुमतले बिजयी भएका हुन्...

झापामा ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

झापा,७ जेठ । जिल्लाको अर्जुनधारा नगरपालिका–१ स्थित तीनघरेमा ट्रयाक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार दिउँसो मे १ त ५००६ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा पैदलयात्री अर्जुनधारा–१ का १९ वर्षीय अर्जुन प्याकुरेलको मृत्यु...

यूएफसीका एक्ला नेपाली खेलाडी युकी 

दमक,७ जेठ । झापा, दमक २ घर भई हाल वेलायतमा बस्दै आएका २० बर्षिय युकी आङ्गदेम्बेले अन्तराष्ट्रिय स्तरको यूएफसी खेलमा विभिन्न पदक जित्दैआाएका छन् । अल्टिमेट फाइटिङ च्याम्पियनसीप ( यूएफसी ) मा एक वर्षदेखि आवद्ध...

शनिवार मिस्टर एण्ड मिस टिनको ग्राण्ड फिनाले

दमक,७ जेठ । दमकमा सञ्चालित मिस्टर एण्ड मिस टिनको तेश्रो संस्करणको ग्राण्ड फिनाले यहि जेठ ११ गते शनिवार हुदै छ । १४ बर्षदेखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरुको क्षमताको उजागर गर्ने उद्देश्यले जारी प्रतियोगिताको...

भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्छु: घिसिङ

काठमाडौँ | संघीय प्रतिनिधिसभाको लेखासमितिकाे मंगलबारको बैठकमा नेपाल विद्युत् प्राधिकरण र सत्तारुढ दल नेकपाकै एक सांसदबीच चर्काचर्की भएको छ। सत्तारुढ नेकपाका सांसद अमनलाल मोदी र प्राधिकरण प्रमुख घिसिङबीच भ्रष्टाचारको विषयमा चर्काचर्की भएको हो। सांसद मोदीले प्राधिकरणमा...

मानव अधिकार सञ्जाल झापामा नयाँ नेतृत्व

बिर्तामोड,६ जेठ । झापामा मानव अधिकार सञ्जालको नयाँ नेतृत्व चयन भएको छ । आज विर्तामोडमा सम्पन्न सञ्जालको दोश्रो अधिबेशनले मानव अधिकारको क्षेत्रमा क्रियाशिल नागरिक अगुवा विष्णु खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत...