सहिद परिवारलाई वाइसिएलको सम्मान

हाम्रो दमक

दमक,२९ फागुन। वाइसिएल नेपालले सहिद दिवसको अवसरमा देशव्यापी रुपमा सञ्चालन गरेको सहिद  तथा वेपत्ता परिवारजनलाई सम्मान तथा भेटघाट कार्यक्रम प्रदेश नं १ का विभिन्न जिल्लामा सम्पन्न भएको छ ।


वाइसिएल प्रदेश संयोजक कर्म पुलामीका अनुसार सो कार्यक्रम अन्तर्गत बुधबार झापाको दुर्गापुरमा कार्यक्रम सम्पन्न भएको छ । संगठनका केन्द्रिय अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा) को प्रमुख आतिथ्य र जिल्ला अध्यक्ष कुमारको अध्यक्षतामा भएको सो कार्यक्रमका वक्ताहरुले राजनीतिक परिवर्तनका आन्दोलनहरुमध्ये २०५२ साल फागुन १ बाट शुरु भएको माओवादी जनयुद्धको उच्च महत्व रहेको बताए ।
वक्ताहरुले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण परिवर्तनहरुको श्रेय माओवादी जन युद्धलाई जाने बताए । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् प्रदेश सांसद झलकसिंह दर्लामी, वाइसिएलका केन्द्रिय महासचिव डण्डु शेर्पा, प्रदेश संयोजक पूलामी लगायतले झापाका सहिद तथा वेपत्ता परिवारका सदस्यहरुलाई सम्मान गरेका थिए । सोहि प्रकृतिको कार्यक्रम वाइसिएलको सुनसरी र मोरङ जिल्ला कमिटीले संयुक्त रुपमा इटहरी, पाँचथर, इलाम, ताप्लेजुङ लगायतका जिल्लामा समेत सम्पन्न गरिएको वाइसिएलले जनाएको छ ।

बुध, फाल्गुन २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

दमक नगरपालिकाको नवनिर्मीत भवन उद्घाटन गरिदै

दमक,१० चैत । दमक नगरपालिकाको थप नयाँ कार्यालय भवन निर्माण पूरा भएको छ । दुई वर्ष अघि निर्माण शुरु भएको सुविधासम्पन्न तीन तले प्रशासनिक भवन एकसाता पछि सञ्चालनमा आउने भएको छ । नवनिर्मीत भवनको लागत...

सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

काकड्भिटटा,१० चैत । झापाको मेचीनगर १२ खरेडागी स्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परेर आज एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे १ ह ५३१० नं.को टेम्पोले बाटो काट्न...

स्वर्णलक्ष्मी शाकोसको स्थापना दिवसमा विभिन्न कार्यक्रम

दमक,१० चैत । दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज बिभिन्न कार्यक्रम हरु गरि आफनो १० औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान, स्वास्थ्य परिक्षण साथै सहयोग कार्यक्रमहरु गरि स्थापना...

दूधेमा आगोलागी हुदाँ करिव रु ७ लाखको क्षति

दुधे, १० चैत । झापाको शिवसताक्षी –११ स्थित दूधेका भगीरथ शिवाकोटीको दूईतले काठको घरमा आगोलागी हुदाँ करिव ७ लाख मूल्य वढीको क्षति भएको छ । दिउँसो १:३० बजे घरमा कोहि नभएको अवस्थामा अचानक आगलागी हुदाँ...

माइक्रोबसले ठक्कर दिँदा बालकको मृत्यु

उर्लाबारी,१० चैत । माइक्रोबसको ठक्करबाट मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान एक जना बालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४ नंको माइक्रोबस अनियन्त्रित भई सडक किनारको रुखमा...

एक्सेल वैंकको शाखा विस्तार आक्रमक, तिन दिनमा चार शाखाको उद्घाटन्

विर्तामोड । झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले शाखा विस्तारलाई तिव्रता दिएको छ । बैंकले पछिल्लो तीन दिनमा चार शाखाको विस्तार गरेको छ । पछिल्लो समय बैंकको शाखा विस्तार आक्रमक देखिएको छ...

भट्टराई कुलवंश प्रतिष्ठान सतासीको नेतृत्व

दूधे ९ चैत्र । यहाँस्थित भट्टराई कुलवंश प्रतिष्ठान सतासी–शिवगञ्ज शाखाको नयाँ कार्य समिति चयन भएको छ । शनिबार शिवसताक्षीको दूधेमा वार्षिक साधारण सभा तथा दोस्रो अधिवशनबाट दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको...

विप्लव समूहका आठजना पक्राउ

काभ्रे,९ चैत । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्यूरो र काभ्रे प्रहरीको संयुक्त टोलीले गएराति काभ्रेको काफलडाँडाबाट ओलीसहित आठ जनालाई...

दुबईमा तीन वटा ट्राभल एजेन्सीहरु मर्ज

यूएई, ९ चैत । यूएईको नेपाली व्यावसायिक क्षेत्रमा कुशलतापूर्वक व्यापार गरिरहेका तीन लोकप्रिय नेपाली ट्राभलहरु मर्ज भएका छन् । दुबईमा नेपालीले सञ्चालन गरेका तीन वटा ट्राभल एजेन्सी एउटै भएर कारोबार गर्न सहमत भएका हुन्...

वेघाको अध्यक्षतामा संघीय प्रेस फोरमको प्रदेश समिति

दमक,९ चैत । संघीय प्रेस फोरम नेपाल प्रदेश १ को अध्यक्षमा फिपराज वेघा चयन भएका छन् ।दमक मा आज सम्पन्न संघीय प्रेस फोरमको प्रथम ऐतिहासिक भेलाले वेघाको अध्यक्षतामा १९ सदस्यीय प्रदेश तदर्थ समिति गठन...