किरात माइक्रोफाइनान्सका सञ्चालक विरुद्ध ठगीको उजुरी

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २९, २०७५



  • दमक ,२९ फागुन । माइक्रोफाइनान्स सञ्चालनका लागि संकलन गरिएको लाखौ रकम सञ्चालकहरुले मनखुसी खर्च गरेको पाईएपछि किरात माइक्रोफाइनान्सका शेयर सदस्यहरु विचल्लीमा परेका छन् ।
    इलाममा केन्द्रीय कार्यालय राख्ने गरि पाँच वर्ष अघि शुरु गरिएको प्रस्तावित माइक्रोफाइनान्सको प्रकृया टुंगो नहुदै जम्मा भएको रकम आफूखसी खर्च गरिएको सार्वजनिक भएपछि त्यसमा आवद्ध दुई सय बढी शेयर होल्डरहरु बिचल्लीमा परेका हुन् ।

    फाइनान्समा बुझाएको रकमको भपाई देखाउदै एक शेयर सदस्य

    पीडितहरु मध्येको एक समूहले आज दमकमा पत्रकार सम्मेलन गरि फाइनान्स ठगीका कारण आफूहरु विचल्लीमा परेको गुनासो गरेका हुन् । ५३ जना शेयर होल्डर उनीहरुले सञ्चालकहरु विरुद्ध दमक प्रहरीमा उजुरी समेत दिएका छन् । गत फागुन २ गते वुझाईएको ठगी मुद्धाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीमा मंगलवार दुवै पक्षवीच वसेको छलफलले निचोडम नपुगेपछि पीडितहरुले पत्रकार डाकेर ठगी घटनाको सार्वजनिक गरेका हुन् ।
    उनीहरुले माइक्रोफाइनान्सका प्रस्तावित अध्यक्ष डकेन्द्रसिंह थेगिम,कमल प्रसाद नेम्बाङ्ग,नरसिंह फागो,ठटबहादुर पन्दाक,सरस्वती राई र पूर्ण बहादुर वझीसहितका सञ्चालक समिति विरुद्ध उजुरी गरेका हुन् । फाइनान्सको दर्तासहितका सञ्चालन प्रकृया सम्पन्न गर्न थेगिमसहितका सञ्चालक पदाधिकारीले सर्वसाधारणहरुसंग उठाइएको रकम आफूभित्र लगानी गरेको पीडितको जाहेरीवाट खुल्नआएको छ ।
    पत्रकार सम्मेलनमा पीडितहरुले आफनो जम्मा रकम नियमानुसार सावा,व्याज रुपैया फिर्ता गर्नुपर्ने माग गरेका छन् । उर्लावारीका विन्द्र नाल्वोले आफूहरुले जुन कामका लागि जम्मा गरिएको रकम सञ्चालनमा नआएपछि सञ्चालकहरुले नियमानुसार फिर्ता दिनुपर्ने माग गर्छन् । उनी भन्छन्, –‘फाइनान्सको नाममा जिममेवार मान्छेबाट सर्वसाधारण ठगीएका छन् ।’ सर्वसाधारणहरुले रकम खोजतलास गरेपछि उनीहरु अहिले वहाना देखाउदै आएका छन् । नाल्वोले ठगी विरुद्ध अव पीडितहरुले कानुनी प्रकृया अघि बढाउने तयारीमा लागेको वताए ।
    आफनो समुदायका नाममा माइक्रोफाइनान्स खोल्ने भनेर दमकसहित पूर्वका झापा,मोरङ, सुनसरी,पाँचथर,इलाम,ताप्लेजुङ्ग लगायतका क्षेत्रमा बस्दैआएका किरात समुदायहरुले फाइनान्सका लागि कम्तीमा १ करोड ५८ लाख बढी रुपैैया जम्मा गरेका थिए । फाइनान्समा २ सय १३ जनाले कम्तीमा ५० हजार माथि शेयर रकम जम्मा गरेका खुल्न आएको छ । यसरी जम्मा गरिएको रकम पाँच वर्षसम्म पदाधिकारीहरुले सार्वजनिक गर्ने तर्फ अत्तोपत्तो नगरेपछि बाँध्य भएर गुहार माग्नु परेको ताप्लेजुङ्गका अनिल लिम्बुले वताएका छन् । उनका अनुसार फाइनान्सनै दर्ता नगरि पदाधिकारीहरुले रकम अवैध ढंगले चलखेल गरेको हुनसक्ने भएकाले रकमको वारेमा कुरा उठाएपनि आलटाल गर्दे आएको गुनासो उठेको हो । फाइनान्सका लागि आफूसहित धेरै शेयर सदस्यहरुले रकम जम्मा गरेको पीडित लिम्बुले गुनासो गरेका हुन् । कतिपयलाई नगदी रसिद दिईएको छ भने छ भने कसैलाई चिनेजाने,आफन्तका नाताले लाखौ रकम बुझाएका छन् । माङ्गसेवुङ्ग वस्दैआएकी पीडित मिनाकुमारी थेवेले आफना परिवारभित्रबाट छ लाख रुपैया बुझाएकी वताईन् । आफनो ज्वाई पर्ने फाइनान्सका व्यवस्थापक डिवी लिङदमलाई चार वर्ष अघि साहुको ऋण काटेर ६ लाख बुझाएपनि हालसम्म त्यसको हिसाव अत्तोपत्तो नभएको गुनासो गर्छिन् ।
    किरात समुदायको आर्थिक रुपान्तरणमा सहयोग पुरयाँउने उद्देश्यले शुरु गरिएको फाइनान्स यतिका वर्षविते पनि दर्ता समेत भएको थिएन् । दर्ताको प्रकृयामा रहेको भनेर सर्वसाधारणको रकम सञ्चालक भित्र आफूखुसी लगानी गरेर संस्था जोखिममा पारेको भन्दै असन्तुष्ट शेयर सदस्यहरुको समूहले दुई महिनादेखि सञ्चालकलाई दवाव दिदैआएका थिए । दवावपछि पटकपटक बसेको वैठकमा जम्मा गरिएको रकमको अवस्थाका बारेमा आलटाल गरिआएको पीडितको भनाई छ ।

    यसैवीच फाइनान्सका अध्यक्ष थेगिमले फाइनान्स दर्ता प्रकृयामा रहेको र पैसा चलखेल नभएको दावी गरेका छन् । संकलित पैसा नियमानुसार लगानी गरिएको भन्दै आगामी मसान्त भित्रमा दर्ता हुने अध्यक्ष थेगिमले वताएका छन् । किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष समेत रहेका थेगिमले फिर्ता लिन चाहने शेयर सदस्यहरुको रकम नियमानुसार फिर्ता गर्ने दावी गरिआएका छन् ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology