पाथीभरामा दाताहरुलाई सम्मान

हाम्रो दमक

गौरीगञ्ज,२९ फागुन  ।झापाको गौरीगञ्ज गाउँपालिका वडा नं २ ( साविक कोरोबारी) को विरपुरमा स्थानीय दाताहरुले प्रदान गरेको ६ कठठ जग्गामा ठुली पाथीभरा माताको प्रतिकका रुपमा दाताहरुले मन्दिर निर्माण गरेका छन् ।

स्थानीय पूर्वशिक्षक समेत रहेका नारायण बहादुर कार्कीको अध्यक्षतामा रहेको निर्माण समिति तथा मन्दिर व्यवस्थापन समितिले २०७२ साल माघमा शुरु गरेको मन्दिरको निर्माणमा सहयोग गर्ने जग्गादातासहित आर्थिक सहयोग दाताहरुलाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
त्यहाँ निर्माणाधिन हुलाकी मार्गसंगै जोडिएको ६ कठठ जग्गा सो शक्तिपीठका नाममा निशुल्क दान गरी संस्थागत गर्ने कुमारी सापकोटा, मन्दिर निर्माणमा ९० हजार रुपैयाँ सहयोग गर्ने दमक १ का पदमप्रसाद सापकोटा, ५० हजार रुपैयाँ सहयोग गर्ने गौरादह ९ का धनबहादुर विष्ट र खेम प्रसाद पौडेलसहित करीब २ सय जना दाताहरुलाई सम्मान प्रदान गरिएको हो ।
मन्दिर व्यवस्थापन समितिले गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्य र उपाध्यक्ष दिपेन्द्र थापाको विशेष आतिथ्यमा आयोजना गरेको कार्यक्रममा प्रमुख दाताहरुलाई दोसल्ला र सम्मान पत्रबाट सम्मान गरिएको छ । सोही कार्यक्रममा सो मन्दिर जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको प्रमाण पत्र समेत गाउँपालिका अध्यक्ष श्रेष्ठले मन्दिर समितिका अध्यक्ष नारायण बहादुर कार्कीलाई हस्तान्तरण गरे ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सचिव पदम प्रसाद गुरागाइँ र सदस्य गणेश दाहालले दाताहरुको विवरण सार्वजनिक गर्दै मन्दिर निर्माणमा करीब १५ लाख रुपैयाँ खर्च भएको र विभिन्न दाताहरुबाट हाल सम्म ८ लाख रुपैयाँ हाराहारीमा सहयोग रकम प्रदान गरेका जानकारी दिए । अपुग रकम तत्कालका लागि मन्दिर निर्माणका परिकल्पनाकार तथा सो मन्दिरका गुरु प्रल्हाद सापकोटाबाट खर्च गरिएको जानकारी दिइयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष थापाले सो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष श्रेष्ठले आगामी बर्ष सो मन्दिर संगै त्यहाँको पूर्वाधार विकासमा गाउँपालिकाले कम्तीमा ५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।
समितिका अध्यक्ष कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा गौरीगञ्ज २ का वडाध्यक्ष अघ्नु राजवंशी, बाल कल्याण माविका पूर्व प्रधानाध्यापक तथा सामाजिक व्यक्तित्व भोला प्रसाद खतिवडा, प्रधानाध्यापक भीम प्रसाद कोइराला , सामाजिक व्यक्तित्व विश्वप्रसाद अधिकारी, राप्रपा गौरीगञ्जका अध्यक्ष सहदेव खड्का लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा मन्दिर समितिका सदस्य रघुनाथ
निरौलाले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन गोविन्द धितालले गरेका थिए ।

बुध, फाल्गुन २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा,११ चैत । मोटरसाइकलको ठक्करबाट झापाको बुद्धशान्तिमा एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३२ वर्षीय जीतकुमार राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी...

दमक नगरपालिकाको नवनिर्मीत भवन उद्घाटन गरिदै

दमक,१० चैत । दमक नगरपालिकाको थप नयाँ कार्यालय भवन निर्माण पूरा भएको छ । दुई वर्ष अघि निर्माण शुरु भएको सुविधासम्पन्न तीन तले प्रशासनिक भवन एकसाता पछि सञ्चालनमा आउने भएको छ । नवनिर्मीत भवनको लागत...

सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

काकड्भिटटा,१० चैत । झापाको मेचीनगर १२ खरेडागी स्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परेर आज एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे १ ह ५३१० नं.को टेम्पोले बाटो काट्न...

स्वर्णलक्ष्मी शाकोसको स्थापना दिवसमा विभिन्न कार्यक्रम

दमक,१० चैत । दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज बिभिन्न कार्यक्रम हरु गरि आफनो १० औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान, स्वास्थ्य परिक्षण साथै सहयोग कार्यक्रमहरु गरि स्थापना...

दूधेमा आगोलागी हुदाँ करिव रु ७ लाखको क्षति

दुधे, १० चैत । झापाको शिवसताक्षी –११ स्थित दूधेका भगीरथ शिवाकोटीको दूईतले काठको घरमा आगोलागी हुदाँ करिव ७ लाख मूल्य वढीको क्षति भएको छ । दिउँसो १:३० बजे घरमा कोहि नभएको अवस्थामा अचानक आगलागी हुदाँ...

माइक्रोबसले ठक्कर दिँदा बालकको मृत्यु

उर्लाबारी,१० चैत । माइक्रोबसको ठक्करबाट मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान एक जना बालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४ नंको माइक्रोबस अनियन्त्रित भई सडक किनारको रुखमा...

एक्सेल वैंकको शाखा विस्तार आक्रमक, तिन दिनमा चार शाखाको उद्घाटन्

विर्तामोड । झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले शाखा विस्तारलाई तिव्रता दिएको छ । बैंकले पछिल्लो तीन दिनमा चार शाखाको विस्तार गरेको छ । पछिल्लो समय बैंकको शाखा विस्तार आक्रमक देखिएको छ...

भट्टराई कुलवंश प्रतिष्ठान सतासीको नेतृत्व

दूधे ९ चैत्र । यहाँस्थित भट्टराई कुलवंश प्रतिष्ठान सतासी–शिवगञ्ज शाखाको नयाँ कार्य समिति चयन भएको छ । शनिबार शिवसताक्षीको दूधेमा वार्षिक साधारण सभा तथा दोस्रो अधिवशनबाट दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको...

विप्लव समूहका आठजना पक्राउ

काभ्रे,९ चैत । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्यूरो र काभ्रे प्रहरीको संयुक्त टोलीले गएराति काभ्रेको काफलडाँडाबाट ओलीसहित आठ जनालाई...

दुबईमा तीन वटा ट्राभल एजेन्सीहरु मर्ज

यूएई, ९ चैत । यूएईको नेपाली व्यावसायिक क्षेत्रमा कुशलतापूर्वक व्यापार गरिरहेका तीन लोकप्रिय नेपाली ट्राभलहरु मर्ज भएका छन् । दुबईमा नेपालीले सञ्चालन गरेका तीन वटा ट्राभल एजेन्सी एउटै भएर कारोबार गर्न सहमत भएका हुन्...