कामना सेवा बिकास बैकको बिर्तामोडमा ७० औँ शाखा विस्तार

हाम्रो दमक

बिर्तामोड । कामना सेवा बिकास बैकले झापाको बिर्तामोडमा ७० औँ शाखा स्थापना गरी कारोबार शुरु गरेको छ । बुटबलको सेवा र पोखराको कामना बिकास बैंक मर्ज भएर कामना सेवा बैंक निर्माण भएको बैंकले मङ्गलबार बिर्तामोडमा शाखाको उद्घाटन गर्दे जानकारी दिइएको थियो ।

मुक्ति चौक दक्षिणमा रहेको शाखा उद्घाटन गर्दै बैंकका सञ्चालक भिमप्रसाद तुलाचनले प्रदेश नम्बर १, २ र काठमाण्डौ उपत्याका लक्षित शाखा बिस्तार कार्यक्रमलाई तिब्रता दिएको बताए । बैंकको प्रमुख कार्यालय काठमाण्डौको ज्ञानेश्वरमा रहेको उनले बताए । बैंकले आर्थिक सोधनान्तर स्थितीमा पनि सामान्यिकरण गर्दै कारोबार सञ्चालन गर्ने बताइएको छ । झापाको बुधवारे र पाडाजुगीमा चाडै दुइवटा शाखा खोल्न लागिएको तुलाचनले बताए ।

बैंकका कार्यकारी निर्देशक प्रविण बस्नेतले बैंक र भावी योजनाका विषयमा जानकारी गराउँदै स्वस्थ्य प्रतिस्पर्धात्मकको हिसाबबाट अघि बढ्ने बताए । सरल र सहज सेवाका लागि बैङ्क प्रतिवद्ध रहेको कार्यकारी निर्देशक बस्नेतको भनाई छ । जनताका घरदैलोमा पुगेर सर्बसुलभ सेवा प्रदान गरिने प्रतिबद्धता उनको छ । उनका अनुसार बचत र मुद्धतिमा ब्याजदर ७ प्रतिशत रहेको छ । ‘हाम्रो बैंकले स्वर्णिम बचत योजनामा १ लाख रुपैयाँको मेडिकल खर्च र ७ लाखको दुर्घटना बिमाको सेवाको व्यवस्था गरेको छ ’ बस्नेतले भने ‘अन्य बैंकले दिन नसकेको ११.९९ प्रतिशतमा होम लोन दिदै आएको छ ।’

बैंकका प्रदेश १ का प्रमुख सुजन राइले प्रदेश एकमा कामना सेवा विकास बैंक उपस्थिति कमजोर देखिएको भन्दै शाखा विस्तार गरि सेवा दिन आतुर रहेको बताए । उनका अनुसार उत्कृष्ट सेवा दिन भिषा कार्ड लन्च गरेको साथै भारत र भुटानमा एटिम कार्डबाट सेवा लिन सकिने बताए । कार्यक्रमका बिशेष अतिथि विर्तामोड उद्योग बाणिज्य संघका उपाध्यक्ष राजु न्यौपानेले बैंकको व्याजदरमा व्यावसायी सन्तुष्ट हुन नसकेको भन्दै यस बैंकले सन्तुलन कायम गर्न आग्रह गरे । कार्यक्रममा शाखा प्रमुख सुवर्णा श्रेष्ठ, रमेश घिमिरे लगायतले मंगलबारदेखि खाता खोल्न शुरु गरिएको बताए ।

मङ्ल, फाल्गुन २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा,११ चैत । मोटरसाइकलको ठक्करबाट झापाको बुद्धशान्तिमा एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३२ वर्षीय जीतकुमार राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी...

दमक नगरपालिकाको नवनिर्मीत भवन उद्घाटन गरिदै

दमक,१० चैत । दमक नगरपालिकाको थप नयाँ कार्यालय भवन निर्माण पूरा भएको छ । दुई वर्ष अघि निर्माण शुरु भएको सुविधासम्पन्न तीन तले प्रशासनिक भवन एकसाता पछि सञ्चालनमा आउने भएको छ । नवनिर्मीत भवनको लागत...

सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

काकड्भिटटा,१० चैत । झापाको मेचीनगर १२ खरेडागी स्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परेर आज एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे १ ह ५३१० नं.को टेम्पोले बाटो काट्न...

स्वर्णलक्ष्मी शाकोसको स्थापना दिवसमा विभिन्न कार्यक्रम

दमक,१० चैत । दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज बिभिन्न कार्यक्रम हरु गरि आफनो १० औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान, स्वास्थ्य परिक्षण साथै सहयोग कार्यक्रमहरु गरि स्थापना...

दूधेमा आगोलागी हुदाँ करिव रु ७ लाखको क्षति

दुधे, १० चैत । झापाको शिवसताक्षी –११ स्थित दूधेका भगीरथ शिवाकोटीको दूईतले काठको घरमा आगोलागी हुदाँ करिव ७ लाख मूल्य वढीको क्षति भएको छ । दिउँसो १:३० बजे घरमा कोहि नभएको अवस्थामा अचानक आगलागी हुदाँ...

माइक्रोबसले ठक्कर दिँदा बालकको मृत्यु

उर्लाबारी,१० चैत । माइक्रोबसको ठक्करबाट मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान एक जना बालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४ नंको माइक्रोबस अनियन्त्रित भई सडक किनारको रुखमा...

एक्सेल वैंकको शाखा विस्तार आक्रमक, तिन दिनमा चार शाखाको उद्घाटन्

विर्तामोड । झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले शाखा विस्तारलाई तिव्रता दिएको छ । बैंकले पछिल्लो तीन दिनमा चार शाखाको विस्तार गरेको छ । पछिल्लो समय बैंकको शाखा विस्तार आक्रमक देखिएको छ...

भट्टराई कुलवंश प्रतिष्ठान सतासीको नेतृत्व

दूधे ९ चैत्र । यहाँस्थित भट्टराई कुलवंश प्रतिष्ठान सतासी–शिवगञ्ज शाखाको नयाँ कार्य समिति चयन भएको छ । शनिबार शिवसताक्षीको दूधेमा वार्षिक साधारण सभा तथा दोस्रो अधिवशनबाट दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको...

विप्लव समूहका आठजना पक्राउ

काभ्रे,९ चैत । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्यूरो र काभ्रे प्रहरीको संयुक्त टोलीले गएराति काभ्रेको काफलडाँडाबाट ओलीसहित आठ जनालाई...

दुबईमा तीन वटा ट्राभल एजेन्सीहरु मर्ज

यूएई, ९ चैत । यूएईको नेपाली व्यावसायिक क्षेत्रमा कुशलतापूर्वक व्यापार गरिरहेका तीन लोकप्रिय नेपाली ट्राभलहरु मर्ज भएका छन् । दुबईमा नेपालीले सञ्चालन गरेका तीन वटा ट्राभल एजेन्सी एउटै भएर कारोबार गर्न सहमत भएका हुन्...