गौरीगंजमा आध्यात्मिक सत्संग समारोह,उल्लेखीय उपस्थिति

हाम्रो दमक

गौरीगंज २७, फागुन । नेपाल सन्तमत सत्संग गौरीगंजको आयोजनामा भईरहेको ऐतिहासिक आध्यात्मिक सत्संग समारोहको आज पहिलो दिन सम्पन्न भएको छ ।
गौरीगंज गाउँपालिका वार्ड नं ६ खजुरगाछीमा फागुन २७ र २८ गते भव्य सत्संग समारोहमा प्रमुख अतिथि तथा प्रधान आचार्य चतुरानन्द जी महाराजको अमृतमय प्रवचनपछि पहिलो दिनको दोस्रो सत्र समापन भएको हो ।  दिउसो २ बजेबाट शुरू भएको समारोहमा परम पुज्यपाद स्वामी योगानन्द जी महाराज, परम पुज्य स्वामी बेदानन्द जी महाराजलगायत साधुमहात्माहरूले प्रवचन सुनाएका थिए ।

समारोहको प्रमुख आकर्षणहरुमा पण्डाल स्थल , आश्रम भवन र नेपाल सन्तमत सत्संग गौरीगंजको पण्डाल र प्रवचन वेहुली झै सिंगारिएको छ । करिब ६ विघा क्षेत्रफलमा निर्माण भएको पण्डाल निकै आकर्षक देख्न सकिन्छ । झापाको गौरीगंज गाउँ पालिका वार्ड नं ६ खजुरगाछीमा हुन गइरहेको भव्य सत्संग दोस्रो ऐतिहासिक कार्यक्रम भएको आयोजक समितिका सचिव बुधकरण राजवंशीले बताए । यसअघि यस्तैखालको भव्य सत्संग कार्यक्रम २०५२ सालमा भएको थियो ।
२३ वर्ष पछि हुन लागेको यो दोस्रो ऐतिहासिक सत्संगमा प्रधान आचार्य चतुरानन्द जी महाराजबाट आध्यात्मिक दार्शनिकहरुको समेत ज्ञान विज्ञान युक्त प्रवचन सुन्न सकिने जनाईएको उक्त कार्यक्रममा देशविदेशबाट सन्तमहात्मा र तथा भक्तजनको सहभागिता रहेको समितिका अध्यक्ष श्यामसुन्दर राजवंशीले बताए ।
कर्णप्रिय वाद्यवाधक तथा गायकबाट प्रस्तुत हुने भजन कीर्तनले समेत भक्तजनलाई आध्यात्मिक मनोरञ्जन प्रदान गरिने जनाईएको छ ।
सामाजिक सद्भाव, आत्मिक शान्ति र आध्यात्मिक चेतना अभिवृद्धिका लागि नेपाल सन्तमत सत्संग गौरीगंजको आयोजनामा हुन लागेको कार्यक्रममा धर्म र भगवानबारे रहेका विभिन्न मतको सार तत्वलाई दर्शाउँदै मानव धर्मले ईश्वरको साक्षात दर्शन गर्न सकिने यो दोस्रो ऐतिहासिक भव्य सत्संग कार्यक्रम रहेको आयोजक समितिका वरिष्ठ उपाध्यक्ष सर्वतलाल राजवंशीले बताए ।
भोली फागुन २८ गतेसम्म चल्ने समारोहमा अतिथि सत्कारका लागी समितिले विभिन्न उपसमिति गठन गरेर कार्य सम्पादन गरिरहेको जानकारी गराईएको छ । अतिथिहरुको लागी सत्संग परिसरको करिव ६ विघा जमिनमा पाण्डाल स्थल, भोजनालय स्थल, बजार स्थललाई व्यवस्थापनका लागि अलग अलग उपसिमिति निर्माण गरिएको छ । अतिथिहरुलाई भोजनको लागी सुविधा सम्पन्न भण्डारको व्यवस्था समेत गरिएको आयोजकले जानकारी गराएको छ । आयोजक समितिका सचिव बुधकरण राजवंशीले भनें ‘भण्डारामा अतिथि तथा आमन्त्रित सम्पूर्णले भोजन प्रसाद ग्रहण गर्न सक्नेछन् भने सत्संग समारोह भरी अतिथिहरुको सत्कारमा हामीले विभिन्न उपसमितिहरु गठन गरेर भण्डारा (भोजनालय) व्यवस्थित गरेका छौँ’
समारोहमा आमन्त्रित भक्तजनको सुविधालाई ध्यानमा राख्दै ,सल्लाहकार समिति, स्वास्थ्य समित, स्वयंसेवक समिति, सुरक्षा समितिलगायत शौचालयहरु निर्माण गरिएका छन् । शौचालयमा कुनै प्रकारको समस्या आउन नदिनको लागी र पानी तथा सरसफाईको पूर्ण व्यवस्थापनको लागी प्राविधिक सहितको विशेष टोली नै गठन गरिएको राजवंशीले बताए । सन्तमहात्मा र भक्तजनहरुको लागी अत्यावश्यक स्थानमा अस्थायी शौचालयहरु निर्माण भएका छन् ।
सत्संगको केन्द्र भाग अथार्त मुख्य पन्डाल निकै नै फाराकिलो र आकर्षक रहने वताईएको छ । प्रधान आचार्य मेहर्षि चतुरानन्द जी महाराजका दिव्य प्रवचनहरु लगायत सम्पर्ण कार्यक्रमहरु यसै पण्डालबाट सञ्चालन गरिने छ । पञ्डाल व्यवस्थापनको लागी पण्डाल व्यवस्थापन उपसमितिले २ महिना अगाडी देखी कार्य सञ्चालन गरिरहेको छ ।
आमन्त्रित अतिथीको स्वास्थ्य सुविधालाई विशेष ध्यान दिँदै आयोजकले विशेष स्वास्थ्य उपसमितले सेवा प्रदान गर्ने जानकारी गराईएको छ ।
समारोहमा नेपाल तथा छिमेकी भारतका विभिन्न क्षेत्रबाट गरी १ सय बढी सन्तमहात्मा र २ लाखको हाराहारीमा भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको आयोजक समितिका अध्यक्ष श्यामसुन्दर राजवंशीले वताए । नेपाल सन्तमत सत्संग गौरीगंजलाई यहाँका स्थानिय समाजसेवी तथा धार्मिक व्यक्तित्व सोनालाल दास राजवंशीले ६ विघा जग्गाा दान दिएका थिए । विसं २०१९ सालमा निर्माण भएको सत्संग मन्दिरमा प्रत्येक दिन विहान र बेलुका प्रवचन, भजन, कृतन र पुजापाठ हुँदै आएको छ ।

सोम, फाल्गुन २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा,११ चैत । मोटरसाइकलको ठक्करबाट झापाको बुद्धशान्तिमा एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३२ वर्षीय जीतकुमार राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी...

दमक नगरपालिकाको नवनिर्मीत भवन उद्घाटन गरिदै

दमक,१० चैत । दमक नगरपालिकाको थप नयाँ कार्यालय भवन निर्माण पूरा भएको छ । दुई वर्ष अघि निर्माण शुरु भएको सुविधासम्पन्न तीन तले प्रशासनिक भवन एकसाता पछि सञ्चालनमा आउने भएको छ । नवनिर्मीत भवनको लागत...

सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

काकड्भिटटा,१० चैत । झापाको मेचीनगर १२ खरेडागी स्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परेर आज एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे १ ह ५३१० नं.को टेम्पोले बाटो काट्न...

स्वर्णलक्ष्मी शाकोसको स्थापना दिवसमा विभिन्न कार्यक्रम

दमक,१० चैत । दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज बिभिन्न कार्यक्रम हरु गरि आफनो १० औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान, स्वास्थ्य परिक्षण साथै सहयोग कार्यक्रमहरु गरि स्थापना...

दूधेमा आगोलागी हुदाँ करिव रु ७ लाखको क्षति

दुधे, १० चैत । झापाको शिवसताक्षी –११ स्थित दूधेका भगीरथ शिवाकोटीको दूईतले काठको घरमा आगोलागी हुदाँ करिव ७ लाख मूल्य वढीको क्षति भएको छ । दिउँसो १:३० बजे घरमा कोहि नभएको अवस्थामा अचानक आगलागी हुदाँ...

माइक्रोबसले ठक्कर दिँदा बालकको मृत्यु

उर्लाबारी,१० चैत । माइक्रोबसको ठक्करबाट मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान एक जना बालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४ नंको माइक्रोबस अनियन्त्रित भई सडक किनारको रुखमा...

एक्सेल वैंकको शाखा विस्तार आक्रमक, तिन दिनमा चार शाखाको उद्घाटन्

विर्तामोड । झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले शाखा विस्तारलाई तिव्रता दिएको छ । बैंकले पछिल्लो तीन दिनमा चार शाखाको विस्तार गरेको छ । पछिल्लो समय बैंकको शाखा विस्तार आक्रमक देखिएको छ...

भट्टराई कुलवंश प्रतिष्ठान सतासीको नेतृत्व

दूधे ९ चैत्र । यहाँस्थित भट्टराई कुलवंश प्रतिष्ठान सतासी–शिवगञ्ज शाखाको नयाँ कार्य समिति चयन भएको छ । शनिबार शिवसताक्षीको दूधेमा वार्षिक साधारण सभा तथा दोस्रो अधिवशनबाट दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको...

विप्लव समूहका आठजना पक्राउ

काभ्रे,९ चैत । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्यूरो र काभ्रे प्रहरीको संयुक्त टोलीले गएराति काभ्रेको काफलडाँडाबाट ओलीसहित आठ जनालाई...

दुबईमा तीन वटा ट्राभल एजेन्सीहरु मर्ज

यूएई, ९ चैत । यूएईको नेपाली व्यावसायिक क्षेत्रमा कुशलतापूर्वक व्यापार गरिरहेका तीन लोकप्रिय नेपाली ट्राभलहरु मर्ज भएका छन् । दुबईमा नेपालीले सञ्चालन गरेका तीन वटा ट्राभल एजेन्सी एउटै भएर कारोबार गर्न सहमत भएका हुन्...