झापा गोल्डकपको उपाधिको लागि आज आर्मी र झापा ११ भिड्दै

हाम्रो दमक

बिर्तामोड । झापामा जारी चौथो झापा गोल्डकपको उपाधिका लागि आज विभागीय त्रिभुवन आर्मी र आयोजक झापा ११ भिड्दैछन् । झापा गोल्डकपको उपाधि भिडन्तमा तेस्रो पटक भेट हुन लागेको झापाले थ्री स्टार र आर्मीले क्यामरुनको दाउफिन्सलाई सेमीफाइनलमा हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन।

आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो । झापा ११ भने चौथो पटक फाइनलमा पुगेपनि हालसम्म उपाधी रक्षा गर्न सकेको छैन । यसअघि हिजो बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित ‘प्री म्याच कन्फ्रेन्स’ मा दुवै टिमका प्रशिक्षकहरुले उपाधिको लागि तयार रहेको बताएका छन् । साथै उपाधि उचाल्न आफुहरु आतुर रहेको दुवै टिमका प्रशिक्षक र क्याप्टेनले दाबी पनि गरेका छन् ।

झापा–११ का प्रशिक्षक प्रवेश कटुवालले यस पटक जसरी पनि उपाधि जित्ने दाउँमा रहेको बताए । ‘यो पटक हाम्रो टिम स्ट्रोङ छ’ उनले भने, ‘यस पटक अघिल्ला बर्षहरुको खेलको पनि समिक्षा गरेका छौँ, हामी यो पटक उपाधि जित्न लागि परेका छौँ ।’ त्यस्तै झापाका कप्तान कर्ण लिम्बुले यो पटक उपाधि उचाल्न आफुहरु मन र जोसले फाइनल खेल्ने बताए ।

यता आर्मीका प्रशिक्षक चुनबहादुर थापाले आफ्नो सेटका केही खेलाडी नभएकाले खेलमा केही असर गरेपनि टिम उपाधि जित्न तयार रहेको दाबी गरे । आर्मीका क्याप्टेन भरत खवासले झापा ११ राम्रो टिम रहेकाले उपाधिको लागी कडा प्रतिस्पर्धा गर्नुपर्ने भएको बताए । ‘झापा राम्रो टिम छ, उसको घरेलु मैदानमा फाइनल खेल्न हामीलाई त्यती सहज छैन’ उनले भने, ‘जित्ने चान्स् फिप्टिफिप्टी छ, पाएको अवसर सदुपयोग ग¥यौँ भने हामी जित्छौँ ।’


दर्शकको भरपुर समर्थन पाउदै आएको झापा तीन विदेशी खेलाडीसहित आफ्ना नियमित स्ट्राईकर कर्ण लिम्बु, डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्तामसहित मैदान उत्रने छ भने आर्मी पनि आफ्ना नियमित फरवार्ड नवयुग श्रेष्ठ, भरत खवास र गोल रक्षक विकेश कुथुसहितका केही राष्ट्रिय खेलाडीसहित मैदान उत्रदैछ । १० टिमले सहभागीता जनाएका प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख ५ हजारसहित ट्रफी पाउनेछन् ।

त्यसैगरि आज खेलहुनु अघि चर्चित गायक प्रमोद खरेलले आफ्ना लोकप्रिय गीतबाट दर्शकलाई मनोरञ्जन दिने भएका छन भने नेपाली चलचित्र साँइलीको टिम चर्चित नायक दयाहाङ राई, गौरव पहारी र नायिका मेनुका प्रधानको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ ।

त्यस्तै खेल समापनको अवसरमा आयोजक समितिले पूर्व राष्ट्रिय फुटबलरलाई विशेष सम्मान गर्ने भएको छ ।आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीका अनुसार यसवर्ष अन्तराष्ट्रिय पूर्व फुटबल खेलाडी भद्रपुरका गम्भीर राई र महिला फुटबल टिमकी पूर्व राष्ट्रिय गोलरक्षक धुलाबारीकी अस्मिता खवासलाई सम्मान गर्न लागिएको हो ।

गतवर्ष पूर्व राष्ट्रिय खेलाडी सैनिकका रामदर्शन गुरुङ र सुरुङ्गाका सन्त रायमाझीलाई नगद २५ हजारसहित सम्मान गरेको थियो । पहिलो गोल्डकपमा अर्जुनधाराका दिपेन्द्र ढकाललाई सम्मान गरिएको थियो । आयोजकले यसैवर्ष क्यान्सरपीडित झापा जिल्ला फुटबल संघका पूर्व सचिव तिलक गुरुङलाई नगद २५ हजार उपचारार्थ सहयोग प्रदान गरेको थियो भने जग्गादाता डोमालाल राजबंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहित सम्मान गरेको छ ।

सोम, फाल्गुन २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा,११ चैत । मोटरसाइकलको ठक्करबाट झापाको बुद्धशान्तिमा एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३२ वर्षीय जीतकुमार राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी...

दमक नगरपालिकाको नवनिर्मीत भवन उद्घाटन गरिदै

दमक,१० चैत । दमक नगरपालिकाको थप नयाँ कार्यालय भवन निर्माण पूरा भएको छ । दुई वर्ष अघि निर्माण शुरु भएको सुविधासम्पन्न तीन तले प्रशासनिक भवन एकसाता पछि सञ्चालनमा आउने भएको छ । नवनिर्मीत भवनको लागत...

सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

काकड्भिटटा,१० चैत । झापाको मेचीनगर १२ खरेडागी स्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परेर आज एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे १ ह ५३१० नं.को टेम्पोले बाटो काट्न...

स्वर्णलक्ष्मी शाकोसको स्थापना दिवसमा विभिन्न कार्यक्रम

दमक,१० चैत । दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज बिभिन्न कार्यक्रम हरु गरि आफनो १० औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान, स्वास्थ्य परिक्षण साथै सहयोग कार्यक्रमहरु गरि स्थापना...

दूधेमा आगोलागी हुदाँ करिव रु ७ लाखको क्षति

दुधे, १० चैत । झापाको शिवसताक्षी –११ स्थित दूधेका भगीरथ शिवाकोटीको दूईतले काठको घरमा आगोलागी हुदाँ करिव ७ लाख मूल्य वढीको क्षति भएको छ । दिउँसो १:३० बजे घरमा कोहि नभएको अवस्थामा अचानक आगलागी हुदाँ...

माइक्रोबसले ठक्कर दिँदा बालकको मृत्यु

उर्लाबारी,१० चैत । माइक्रोबसको ठक्करबाट मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान एक जना बालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४ नंको माइक्रोबस अनियन्त्रित भई सडक किनारको रुखमा...

एक्सेल वैंकको शाखा विस्तार आक्रमक, तिन दिनमा चार शाखाको उद्घाटन्

विर्तामोड । झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले शाखा विस्तारलाई तिव्रता दिएको छ । बैंकले पछिल्लो तीन दिनमा चार शाखाको विस्तार गरेको छ । पछिल्लो समय बैंकको शाखा विस्तार आक्रमक देखिएको छ...

भट्टराई कुलवंश प्रतिष्ठान सतासीको नेतृत्व

दूधे ९ चैत्र । यहाँस्थित भट्टराई कुलवंश प्रतिष्ठान सतासी–शिवगञ्ज शाखाको नयाँ कार्य समिति चयन भएको छ । शनिबार शिवसताक्षीको दूधेमा वार्षिक साधारण सभा तथा दोस्रो अधिवशनबाट दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको...

विप्लव समूहका आठजना पक्राउ

काभ्रे,९ चैत । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्यूरो र काभ्रे प्रहरीको संयुक्त टोलीले गएराति काभ्रेको काफलडाँडाबाट ओलीसहित आठ जनालाई...

दुबईमा तीन वटा ट्राभल एजेन्सीहरु मर्ज

यूएई, ९ चैत । यूएईको नेपाली व्यावसायिक क्षेत्रमा कुशलतापूर्वक व्यापार गरिरहेका तीन लोकप्रिय नेपाली ट्राभलहरु मर्ज भएका छन् । दुबईमा नेपालीले सञ्चालन गरेका तीन वटा ट्राभल एजेन्सी एउटै भएर कारोबार गर्न सहमत भएका हुन्...