डोले आवास एक कार्यक्रमका बिच डोले राजवंशीलाई हस्तान्तरण

हाम्रो दमक

बिर्तामोड । किरण राजवंशीले जग्गा उपलब्ध गराएपछि स्थानीय युवाको सक्रियतामा निर्माण गरिएको डोले आवास आइतबार एक कार्यक्रमकाबीच डोले राजवंशीलाई हस्तान्तरण गरिएको छ ।

गत २५ पुषदेखि निर्माण शुरु गरिएको तीन कोठे घर तयार भएपछि आइतबार डोले राजवंशी आमाछोरालाई हस्तान्तरण गरिएको हो ।


बिर्तामोड नगरपालिका ९ डोले चोकमा बस्दै आएका डोले आफ्नो उमेरको ५०औं बसन्त घर विहीन भएर बिताएका थिए । घर हस्तान्तरण भएसँगै डोलेका आमाछोरा अब नयाँ घरमा बस्न पाउने भएका छन् ।

८० वर्षीय बुढी आमाका साथ बस्तै आएका डोले जन्मँदै अपाङ्ग भएकाले राम्रोसँग हिंडडुल गर्न र बोल्न पनि सक्दैनन् । उनकी आमा सुकसरी राजवंशीको पनि मानसिक सन्तुलन ठीक छैन । एक्लै बरबराउँदै बोल्ने सुकसरी पनि नयाँ घरमा बस्न पाउने भएपछि हर्षित भएको देखिन्थिन् । उनले अपाङ्ग छोरा डोलेलाई बनिबुतो गरेर ज्यान बचाउँदै आएको बताइन्छ ।

वषौंदेखि फुसको टाटी बेरा लगाएर बनाएको घरमा बस्दै आएका डोलेले कस्टकर जीवन बिताइरहेका थिए । बिर्तामोड ९ का युवा प्रकाश बुढाथोकीको अध्यक्षतामा डोले आवास निर्माण समिति बनेपछि स्वतः स्फूर्त सहयोग रकम जुटेपछि घर तयार गरिएको हो । डोले आवास नाम दिइएको उक्त घर निर्माणका लागि थुप्रै सहयोगी दाताहरुले आर्थिक, जिन्सीलगायत सहयोग गरेको निर्माण समितिका सचिव प्रदिप संग्रौलाले जानकारी दिएका छन् ।

डोले आवास हस्तान्तरण गर्न घर परिसरमा नै कार्यक्रम आयोजना गरिएको थियो । प्रतिनिधि सभाका सदस्य पवित्रा निरौला खरेलले रिबन काटेर डोलेलाई घर प्रवेश गराएकी थिइन् । घर हस्तान्तरण कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य निरौलाले युवाको सक्रियतामा डोले आवास निर्माण भई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् । युवा अग्रसर भए भने असम्भव भन्ने केही हुँदैन भन्दै सांसद खरेलले सरकारले मात्र सबै काम गर्न नसक्ने भएकाले युवाले स्वतः स्फूर्त समाज परिवर्तन गर्न लाग्नुपर्ने बताइन् ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले डोलेको दयनीय अवस्था देखेर युवाले घर बनाइदिएर महत्वपूर्ण काम गरेको प्रतिक्रिया दिइन् । सो अवसरमा बिर्तामोड वडा नं। ९ का अध्यक्ष पवित्रा पाठक, २ नं वडा सदस्य किशोर पौडेल, नेपाली कांग्रेसका भोला पौडेल, राप्रपाका रञ्जु प्याकुरेल, नेपाल कम्युनिष्ट पार्टीका मोहन सुब्वा, प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतम, घर निर्माण समितिका सदस्य सरोज पौडेललगायतले डोलेको पारिवारिक अवस्था र घर निर्माणबारे आ–आफ्नो धारणा राखेका थिए ।

समितिका सदस्य एवम् आर्थिक विभागका प्रमुख पौडेलले घर निर्माणमा सहयोग गर्ने दाताहरुको विवरण प्रस्तुत गरेका थिए । घर निर्माणका लागि स्वदेश तथा विदेशबाट पनि रकम प्राप्त भएको निर्माण समितिले जनाएको छ । घर हस्तान्तरण कार्यक्रममा प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतमले सिरक डसना प्रदान गरेका थिए ।

सोम, फाल्गुन २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

दमकको वातावरण संरक्षणकालागि नगरबासीबाट सुझाब संकलन

झापाको दमक नगरपालिकाले वातावरणलाई स्वच्छ राख्ने सम्बन्धी सुझाव संकलन गरेको छ । वातावरण तथा बिपत् व्यवस्थापन समिति दमकले आयोजना गरेको कार्यक्रममा बिभिन्न क्षेत्रका नागरिक तथा सरोकारवालाबाट सुझाव संकलन गरिएको हो । नगरका १० वटै वडाका जनप्रतिनिधी,...

कमलमा प्रधानमन्त्री रोजगार कार्यक्रमकालागि एक हजार बढीको आवेदन

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत झापाको कमल गाउँपालीकामा एक हजार २ सय भन्दा बढीको आवेदन परेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहाने व्यक्तिले २०७६ साल बैशाख मसान्त सम्ममा आबेदन दिनुपर्ने थियो जस अन्तर्गत कमल...

झापाबाट सर्वश्रेष्ठ पक्राउ, रिहा गर्न मेची ब्युरोको माग

झापा,७ जेठ । झापाको बिर्तामोडबाट नेपाल कम्युनिष्ट पार्टीका मेची ब्युरो सदस्य एंव इलाम जिल्ला इन्चार्ज सर्वश्रेष्ठलाई सोमबार प्रहरीले गिरफ्तार गरेको छ । सरकारले प्रतिबन्ध लगाए संगै देशैभरीबाट नेकपाका नेता कार्यकर्ताहरुलाइ प्रहरीले व्यापक रुपमा धरपकड...

भागेर बाँचेकी सीताको दमकमा उपचार शुरु

दमक, ७ जेठ । गएराती पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका दुई परिवारका नौ जनाको हत्या हुँदा भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमको दमकमा उपचार शुरु गरिएको छ । उनलाई आज मंगलबार अपरान्ह दमक ल्याई दमकस्थित...

दमक क्याम्पसमा प्रजातन्त्रवादी विजयी

दमक,७ जेठ । यहाँस्थित पब्लिक क्याम्पस प्राध्यापक संघ , दमक क्याम्पस इकाइ समितिमा नेपाली कांग्रेस निकट प्रजातन्त्रबादी प्राध्यापक संघसहित राप्रपाको प्राज्ञिक परिषद विजयी भएको छ । दुवै प्राध्यापक संगठनहरुको प्यानलले संघमा बहुमतले बिजयी भएका हुन्...

झापामा ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

झापा,७ जेठ । जिल्लाको अर्जुनधारा नगरपालिका–१ स्थित तीनघरेमा ट्रयाक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार दिउँसो मे १ त ५००६ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा पैदलयात्री अर्जुनधारा–१ का १९ वर्षीय अर्जुन प्याकुरेलको मृत्यु...

यूएफसीका एक्ला नेपाली खेलाडी युकी 

दमक,७ जेठ । झापा, दमक २ घर भई हाल वेलायतमा बस्दै आएका २० बर्षिय युकी आङ्गदेम्बेले अन्तराष्ट्रिय स्तरको यूएफसी खेलमा विभिन्न पदक जित्दैआाएका छन् । अल्टिमेट फाइटिङ च्याम्पियनसीप ( यूएफसी ) मा एक वर्षदेखि आवद्ध...

शनिवार मिस्टर एण्ड मिस टिनको ग्राण्ड फिनाले

दमक,७ जेठ । दमकमा सञ्चालित मिस्टर एण्ड मिस टिनको तेश्रो संस्करणको ग्राण्ड फिनाले यहि जेठ ११ गते शनिवार हुदै छ । १४ बर्षदेखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरुको क्षमताको उजागर गर्ने उद्देश्यले जारी प्रतियोगिताको...

भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्छु: घिसिङ

काठमाडौँ | संघीय प्रतिनिधिसभाको लेखासमितिकाे मंगलबारको बैठकमा नेपाल विद्युत् प्राधिकरण र सत्तारुढ दल नेकपाकै एक सांसदबीच चर्काचर्की भएको छ। सत्तारुढ नेकपाका सांसद अमनलाल मोदी र प्राधिकरण प्रमुख घिसिङबीच भ्रष्टाचारको विषयमा चर्काचर्की भएको हो। सांसद मोदीले प्राधिकरणमा...

मानव अधिकार सञ्जाल झापामा नयाँ नेतृत्व

बिर्तामोड,६ जेठ । झापामा मानव अधिकार सञ्जालको नयाँ नेतृत्व चयन भएको छ । आज विर्तामोडमा सम्पन्न सञ्जालको दोश्रो अधिबेशनले मानव अधिकारको क्षेत्रमा क्रियाशिल नागरिक अगुवा विष्णु खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत...