चैत २१ देखि मंगलवारेमा भलिवल प्रतियोगिता

हाम्रो दमक

लखनपुर ,२६ फागुन । आगामी चैत्र २१ गतेदेखि कमल ५ स्थित मंगलवारे वजारमा तीन दिने प्रदेशस्तरिय अन्तर स्थानीय तहवीच एसवाइसी च्यालेन्ज भलिवल प्रतियोगिता हुने भएको छ । स्थानीय सगुन युवा क्लवले आज मंगलवारेमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता गर्न लागिएको जनाएको हो ।

प्रतियोगिताका बारेमा जानकारी दिदै अध्यक्ष आङदेम्बे

क्लवले १२ औ संस्करणसम्म खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरिआएको थियो । तर यसवर्षको १३ औ संस्करणमा भने एक नम्बर प्रदेशस्तरिय स्थानीय तहहरुवीच भलिवल प्रतियोगिता गर्न लागिएको क्लवका अध्यक्ष देवेन्द्र राज आङदेम्बेले जानकारी दिए । मोफसलमा खेलाडी उत्पादन गर्न टेवा पुरयाँउने उद्देश्यले यस प्रतियोगिताको शुरुवात गरिएको अध्यक्ष आङदेम्बेले वताए । प्रदेशका १४ वटा टिमको सहभागिता रहने सो प्रतियोगिताको फाइनल चैत २३ गते हुने छ ।

प्रतियोगितामा विजेताले नगद ५० हजार, दोश्रोले नगद २५ हजारसहित ट्रफि ,प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरि प्रतियोगिता भरि विभिन्न विधागत आधा दर्जन पुरस्कारहरु समेत प्रदान गरिने अध्यक्ष आङदेम्बेले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न कुल २ लाख ९५ हजार लाग्ने अनुमान क्लवको छ भने विभिन्न उपसमितिहरु गठन गरि काम थालिएको जनाईएको छ । क्लवका अनुसार रोशन दाहालको संयोजकत्वमा खेल व्यवस्थापन उपसमिति, सुदिप थुलुङको संयोजकत्वमा पत्राचार उपसमिति, दिवाकर राईको संयोजकत्वमा मञ्च व्यवस्थापन र अजिव राईको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ । गाँउपालिका र वार्ड कार्यालयसहित विभिन्न खेलप्रेमीहरुको सहयोगबाट प्रतियोगिता सम्पन्न गरिने लक्ष्य राखिएको क्लवका सचिव रोशन दाहालले जनाएका छन् ।
त्यस अवसरमा क्लवका पूर्व अध्यक्ष हुकुमसिंह राई ,प्रतियोगिताका संयोजक ज्ञाननाथ खरेलले भलिवल प्रतियोगिताको तयारीका बारेमा बोलेका थिए ।

आइत, फाल्गुन २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दमकको नमुना मार्गमा मेहेन्दी उत्सव शुरु

दमक,३ साउन । दमक ६ स्थित नमुना मार्गमा एक महिना लामो मेहेन्दी उत्सव सञ्चालनमा रहेको छ । स्थानीय न्यू मुन हेयर सैलुन एण्ड एकाडेमी तथा न्यू मुम्बई मेहेन्दी ट्रेनिङ सेन्टरको आयोजनामा मेहेन्दी उत्सव सञ्चालनमा...

गौरादहका वडा सदस्य ढुंगानाले भत्ता र सेवा सुविधा नलिने

गौरादह, ३ साउन । झापाको गौरादह नगरपालिकाका एक जनप्रतिनिधिले नगरपालिकाले उपलब्ध गराउने कुनै पनि सेवा सुविधा र भत्ता नलिने घोषणा गरेका छन् । नेपाली कांग्रेसवाट गौरादह वार्ड नं १ का वडा सदस्यमा निर्वाचित कोमल...

चोरी भएको एक घण्टा वित्न नपाउदैं मोटरसाइकलसहित चोर पक्राउ

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले चोरी भएको एक घण्टा पनि वित्न नपाउँदै मोटरसाइकलसहित त्यसमा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । विहीबार राति करीव साढे १० जेतिर मेचीनगर ६ काँकरभिट्टाका मोहन रायको रातो...

कर नीतिको विरोधमा दमकका व्यवसायीहरु

दमक,२ साउन । साउन १ गतेदेखि सरकारले लागू गरेको भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ्ग सिस्टम ( भिसीटिएस ) प्रणाली व्यवहारिक नभएको भन्दै दमकका व्यवसायीहरुले विरोध जनाएका छन् । दमक उद्योग वाणिज्य संघले सरकारले ल्याएको कर नीति...

झापामा कुखुराको मासुमा मूल्य वृद्धि

दमक ,२ साउन । पछिल्लो समय कुखुराको दानाको मूल्य बढेको भन्दै व्यवसायीहरुले कुखुराको मासुको मूल्य बढाएका छन् । यसअघि उपभोक्ताले प्रति किलो रु ३ सय रुपैयाँमा खरिद गर्दै आएको कुखुराको मासु अब ३ सय...

बाढीले बगाएका पतिको खोजी गरिदिन आग्रह

मेचीनगर  , साउन २ गते । खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार ) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ । ज्यालादारीमा काम गरेर घर फर्किने...

नेतृत्वको कार्यशैलीलाई लिएर दमकमा जनप्रतिनिधिहरुको असन्तुष्ट

दमक,२ साउन । दमक नगरपालिका नेतृत्वको काम प्रति पछिल्लो समय जनप्रतिनिधि वीचनै असन्तुष्टि बढ्न थालेको पाईएको छ ।  ५ बर्षका लागी निर्वाचित भएको स्थानीय सरकारको आधा कार्यकाल सकिन लाग्दा नागरिकका निराशा संगै जनप्रतिनिधि वीचनै...

विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा

काठमाण्डौ ,२ साउन । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि हुन लागेको छनोटको दोस्रो चरणमा नेपाल समूह “बी” मा परेको छ । बुधबार भएको ड्र अनुसार नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, चाइनिज...

ठुलो परिणाममा अबैध सूर्ति बरामद

काकड्भिट्टा,१ साउन । झापाको मेचीनगरबाट प्रहरीले ठुलो परिणाममा अबैध सूर्ति वराबद गरेको छ । मेचीनगर नगरपालिका ६ नकलबन्दा स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाइ छिपाई ल्याएको अबैध सूर्ति आज वरामद गरिएको जिल्ला प्रहरी...

साहित्य चौतारीद्धारा श्रष्टाहरुलाई सम्मान

बिर्तामोड,१ साउन । साहित्य चौतारी झापाले विधाका श्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । चौतारीले मंगलवार झापाको बिर्तामोडमा २० औं वार्षिकोत्सव तथा २०६ औं भानुजयन्तीको अवसर पारेर श्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गरेकोे हो। प्रत्येक बर्ष...