श्रीबिष्णु भगवती स्कुलको विविध कार्यक्रम साथ दोश्रो बार्सिक उत्सब सम्पन्न

हाम्रो दमक

बिर्तामोड । झापा बिर्तामोड १० स्थित श्रीबिष्णु भगवती बोडिङ स्कुलले विविध कार्यक्रम गरि आफ्नो दोश्रो बार्सिक उत्सब सम्पन्न गरेको छ। बिधालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले आ(आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।त्यस्तै गत बर्ष उत्कृष्ट हुने १७० जना विद्यार्थी लाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

बिधालयका प्रधानाध्यापक पुन्य प्रसाद उप्रेतीको अध्यक्षता रहेको कार्यक्रममा बिर्तामोड नगरपालिकाका श्रोतब्यक्ती केशर बहादुर खबासको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा निजि बिद्यालयले शिक्षाको क्षेत्रमा मात्र नभइ रोजगार दाताको समेत काम गरेको उल्लेख गर्नु भयो ।

नबोदय शिक्षा सदनका प्रीन्सिपल धर्मराज माझीले निजि बिधालय अब मास्ने भन्दा पनि यसको बिकास गरेमा अझ शिक्षा क्षेत्र ससक्त जनशक्ति उप्त्पादनमा थप बल पुग्ने बताउनु भयो । पठाइको अलवा अन्य अतिरिक्त क्रियाकलाप बाट देश चिनाउने नागरिक जन्माउन मदत पुग्ने उल्लेख गर्नु भयो,अभिभावक अप्सरा ओलि, लगायतले शुभकामना राख्नु भएको थियो।कार्यक्रमको संचालक सुमन शर्माले गरेका थिए

मङ्ल, फाल्गुन २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

एसईईमा पौने पाँच लाख परीक्षार्थी सहभागी

झापा,१० चैत । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई )देशैभरी सुरु भएको छ । आजआइतबार बाट सुरु हुने परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका छन् । गत २०७४ सालमा चार...

मेची बोर्डिङमा अभिभावकहरुका लागि अभिमुखीकरण

दमक,९ चैत । झापाको दमक ५ स्थित मेची सेकेण्ड्री बोर्डिङ स्कूलले विद्यार्थीहरुमा घरैदेखि सकारात्मक शैक्षिक वातावरण जागृत गराउने उद्देश्यले अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । स्कूलले आज आयोजना गरेको सो अभिमुखीकरणमा बाल...

भन्नुहोस् त, तपाईसँग भएको सबैभन्दा मूल्यवान् चिज के हो ?

– तीर्थ तिम्सिना एकैछिन् एकाघ्र भएर सोच्नुहोस् त, तपाईंको एउटा हातको औंलाको मूल्य कति होला ? एक लाख, दुईलाख या पाँच लाख ? के तपाईं आफ्नो औंलाहरु तिन लाख रुपैयाँमा बेच्न चाहनुहुन्छ ? आँखा नि...

जुरेस,युरेसका विद्यार्थीलाई अवलोकन भ्रमण

दमक ,५ चैत । झापाको कमल गाँउपालिकास्थित नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखाले जुनियर तथा युवा रेडक्रस सर्कलका विद्यार्थीहरुलाई आज मंगलवार एकदिने अवलोकन भ्रमण गराएका छन् । बालसुवोधनी विद्यालयमा अवलोकन पछि सामूहिक तस्वीर खिचाउदै गाँउपालिकाको लखनपुर क्षेत्रका...

तेइस परीक्षार्थी परीक्षा दिनबाट वञ्चित

भद्रपुर,४ चैत्र । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय झापाले चैत १० गतेदेखि हुने माध्यमिक तहको परीक्षा (एसइई) मा जिल्लाबाट १५ हजार ६८९ जना परीक्षार्थी सहभागी हुने जनाएको छ जसमा छात्राको सङ्ख्या धेरै रहेको...

वराहक्षेत्रमा वृहत स्वास्थ्य शिविर

दमक ,२९ फागुन । सुनसरीको वराहक्षेत्रमा तीन वटा लायन्स क्लवहरुद्धारा वृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । दमकको लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट ,लायन्स क्लव अफ दमक यूनाईटेड र चक्रघटीको लायन्स क्लव अफ...

समता स्कुलको छैठौ बार्षिकोत्सव

 दमक,२७ फागुन । दमक ९ स्थित समता स्कुलले छैठौ बार्षिकोत्सव मनाएको छ । दमक ९ का वार्ड अध्यक्ष रामबहादुर धिमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समता फाउण्डेसनका दिपक सन्जेलले समता स्कुलको उद्देश्यका बारे प्रष्टाएका थिए...

गड्मदर एकाडेमीमा निशुल्क स्वास्थ्य शिविर

दमक,२३ फागुन । झापाको दमक ८ मा रहेको गडमदर एकाडेमीले छैठौ बार्षिक उत्सवका अवसरमा स्वास्थ्य शिविर गरेको छ । लायन्स क्लब युनाइटेड र माउन्ट एभरेष्टको सहकार्यमा विहिबार विद्यालयमा आँखा, दन्त र शारीरिक परिक्षण गरिएको हो...

नागबेलीको ३ दिने सहकारी आधारभुत लेखा तालिम सम्पन्न

शान्तिनगर । नागबेली सुपारी उत्पादन सहकारी संस्था बुद्धशान्ति ५ ले ३ दिने सहकारी आधारभुत लेखा तालिम सम्पन्न गरेको छ । फागुन १८ गते देखि सञ्चालन भएको तालिम सोमबार सम्पन्न भएको हो । शान्तिनगर क्षेत्र...

रोजियटमा आँखा शिविरसहित शैक्षिक प्रर्दशनी

दमक, २१ फागुन । दमक ८ स्थित रोजियट व्राईट अंग्रेजी वोर्डिङ्ग स्कुलमा मंगलवार एक दिने निशुल्क आँखा शिविरसहित शैक्षिक प्रर्दशनी सम्पन्न भएको छ । आफनो आँखा जाचमा एक विद्यार्थी स्कुलको बार्षिक कार्यक्रम अन्तर्गत भएको आँखा...