नागबेलीको ३ दिने सहकारी आधारभुत लेखा तालिम सम्पन्न

हाम्रो दमक

शान्तिनगर । नागबेली सुपारी उत्पादन सहकारी संस्था बुद्धशान्ति ५ ले ३ दिने सहकारी आधारभुत लेखा तालिम सम्पन्न गरेको छ । फागुन १८ गते देखि सञ्चालन भएको तालिम सोमबार सम्पन्न भएको हो । शान्तिनगर क्षेत्र भित्र रहेका विभिन्न सहकारी र संस्थाहरुका २५ जना सहभागि तालिममा जिल्ला सहकारी संघ झापाका लेखा परिषद् समितिका संयोजक तथा बरिष्ठ लेखा परिक्षक भोलाकाजी कठायतले सहजीकरण गर्नुभएको थियो ।

नागबेली सुपारी उत्दापन सहकारी संस्थाका अध्यक्ष गंगाराम राईको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमको प्रमुख अतिथि नेपाल सुपारी खेती विकासका केन्द्रिय अध्यक्ष देवी प्रसाद खतिवडा रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि खतिवडा, हाम्रो शान्ति महिला सुपारी संस्थाका अध्यक्ष चम्पा खतिवडा, चुल्ठे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर अधिकारी, युवराज खतिवडा लगायतले शुभकामना मन्तव्य दिदै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आग्रह गरेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव हेमराज भट्टराई र व्यवस्थापक यदुनाथ पराजुलीले गर्नुभएको थियो ।

मङ्ल, फाल्गुन २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा,११ चैत । मोटरसाइकलको ठक्करबाट झापाको बुद्धशान्तिमा एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३२ वर्षीय जीतकुमार राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी...

सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

काकड्भिटटा,१० चैत । झापाको मेचीनगर १२ खरेडागी स्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परेर आज एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे १ ह ५३१० नं.को टेम्पोले बाटो काट्न...

दूधेमा आगोलागी हुदाँ करिव रु ७ लाखको क्षति

दुधे, १० चैत । झापाको शिवसताक्षी –११ स्थित दूधेका भगीरथ शिवाकोटीको दूईतले काठको घरमा आगोलागी हुदाँ करिव ७ लाख मूल्य वढीको क्षति भएको छ । दिउँसो १:३० बजे घरमा कोहि नभएको अवस्थामा अचानक आगलागी हुदाँ...

माइक्रोबसले ठक्कर दिँदा बालकको मृत्यु

उर्लाबारी,१० चैत । माइक्रोबसको ठक्करबाट मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान एक जना बालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४ नंको माइक्रोबस अनियन्त्रित भई सडक किनारको रुखमा...

एसईईमा पौने पाँच लाख परीक्षार्थी सहभागी

झापा,१० चैत । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई )देशैभरी सुरु भएको छ । आजआइतबार बाट सुरु हुने परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका छन् । गत २०७४ सालमा चार...

भट्टराई कुलवंश प्रतिष्ठान सतासीको नेतृत्व

दूधे ९ चैत्र । यहाँस्थित भट्टराई कुलवंश प्रतिष्ठान सतासी–शिवगञ्ज शाखाको नयाँ कार्य समिति चयन भएको छ । शनिबार शिवसताक्षीको दूधेमा वार्षिक साधारण सभा तथा दोस्रो अधिवशनबाट दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको...

वेघाको अध्यक्षतामा संघीय प्रेस फोरमको प्रदेश समिति

दमक,९ चैत । संघीय प्रेस फोरम नेपाल प्रदेश १ को अध्यक्षमा फिपराज वेघा चयन भएका छन् ।दमक मा आज सम्पन्न संघीय प्रेस फोरमको प्रथम ऐतिहासिक भेलाले वेघाको अध्यक्षतामा १९ सदस्यीय प्रदेश तदर्थ समिति गठन...

मेची बोर्डिङमा अभिभावकहरुका लागि अभिमुखीकरण

दमक,९ चैत । झापाको दमक ५ स्थित मेची सेकेण्ड्री बोर्डिङ स्कूलले विद्यार्थीहरुमा घरैदेखि सकारात्मक शैक्षिक वातावरण जागृत गराउने उद्देश्यले अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । स्कूलले आज आयोजना गरेको सो अभिमुखीकरणमा बाल...

कानेपोखरीमा सवारी दुर्घटनामा : दुईको मृत्यु

मोरङ,९ चैत । पूर्व–पश्चिम लोकमार्ग अन्तगर्त मोरङको कानेपोखरी गाँउपालिका वडा नम्वर ७ स्थित सडक खण्डमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । घट्ना विहान करिव ४ वजेको समयमा भएको हो ।...

भन्नुहोस् त, तपाईसँग भएको सबैभन्दा मूल्यवान् चिज के हो ?

– तीर्थ तिम्सिना एकैछिन् एकाघ्र भएर सोच्नुहोस् त, तपाईंको एउटा हातको औंलाको मूल्य कति होला ? एक लाख, दुईलाख या पाँच लाख ? के तपाईं आफ्नो औंलाहरु तिन लाख रुपैयाँमा बेच्न चाहनुहुन्छ ? आँखा नि...