चैत १ गतेदेखि ‘पुरानो बुलेट ’

हाम्रो दमक

दमक ,२१ फागुन । नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट ’ आगामी चैत्र १ गतेबाट देशभरका १ सय बढि हलहरुमा एकै साथ रिलिज हुने भएको छ ।


चलचित्रको निर्माण युनिटले आज दमकमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।   पूर्वेली कथामा आधारित पुरानो बुलेटमा पैसा कमाउन बिदेश जान नपर्ने स्वदेशमा नै केही काम गरे राम््रो संग पैसा कमाउन सकिन्छ भन्ने सन्देश चलचित्र मार्फत चित्रण गर्न खोजिएको निर्देशक भिषण राईले बताए ।

पूर्बको झापा ,मोरङ, सुनसरी र काठमाण्डौको बिभिन्न मनोरम स्थानमा छायाङकन गरिएको यस चलचित्रमा अनुपबिक्रम शाही , बर्षा शिवाकोटी , माला लिम्बु लगायतको अभिनय रहेको बताइएको छ । वल्र्ड प्रिमियर सो हङकङ र पथरीमा समेत गरि सकेको चलचित्र एक करोड बढिको लगानीमा निर्माण गरिएको कार्यकारी निर्माता सन्तोष राईले बताए ।

मङ्ल, फाल्गुन २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरंजन समाचार बाट अन्य

दमकको वातावरण संरक्षणकालागि नगरबासीबाट सुझाब संकलन

झापाको दमक नगरपालिकाले वातावरणलाई स्वच्छ राख्ने सम्बन्धी सुझाव संकलन गरेको छ । वातावरण तथा बिपत् व्यवस्थापन समिति दमकले आयोजना गरेको कार्यक्रममा बिभिन्न क्षेत्रका नागरिक तथा सरोकारवालाबाट सुझाव संकलन गरिएको हो । नगरका १० वटै वडाका जनप्रतिनिधी,...

कमलमा प्रधानमन्त्री रोजगार कार्यक्रमकालागि एक हजार बढीको आवेदन

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत झापाको कमल गाउँपालीकामा एक हजार २ सय भन्दा बढीको आवेदन परेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहाने व्यक्तिले २०७६ साल बैशाख मसान्त सम्ममा आबेदन दिनुपर्ने थियो जस अन्तर्गत कमल...

झापाबाट सर्वश्रेष्ठ पक्राउ, रिहा गर्न मेची ब्युरोको माग

झापा,७ जेठ । झापाको बिर्तामोडबाट नेपाल कम्युनिष्ट पार्टीका मेची ब्युरो सदस्य एंव इलाम जिल्ला इन्चार्ज सर्वश्रेष्ठलाई सोमबार प्रहरीले गिरफ्तार गरेको छ । सरकारले प्रतिबन्ध लगाए संगै देशैभरीबाट नेकपाका नेता कार्यकर्ताहरुलाइ प्रहरीले व्यापक रुपमा धरपकड...

भागेर बाँचेकी सीताको दमकमा उपचार शुरु

दमक, ७ जेठ । गएराती पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका दुई परिवारका नौ जनाको हत्या हुँदा भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमको दमकमा उपचार शुरु गरिएको छ । उनलाई आज मंगलबार अपरान्ह दमक ल्याई दमकस्थित...

दमक क्याम्पसमा प्रजातन्त्रवादी विजयी

दमक,७ जेठ । यहाँस्थित पब्लिक क्याम्पस प्राध्यापक संघ , दमक क्याम्पस इकाइ समितिमा नेपाली कांग्रेस निकट प्रजातन्त्रबादी प्राध्यापक संघसहित राप्रपाको प्राज्ञिक परिषद विजयी भएको छ । दुवै प्राध्यापक संगठनहरुको प्यानलले संघमा बहुमतले बिजयी भएका हुन्...

झापामा ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

झापा,७ जेठ । जिल्लाको अर्जुनधारा नगरपालिका–१ स्थित तीनघरेमा ट्रयाक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार दिउँसो मे १ त ५००६ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा पैदलयात्री अर्जुनधारा–१ का १९ वर्षीय अर्जुन प्याकुरेलको मृत्यु...

यूएफसीका एक्ला नेपाली खेलाडी युकी 

दमक,७ जेठ । झापा, दमक २ घर भई हाल वेलायतमा बस्दै आएका २० बर्षिय युकी आङ्गदेम्बेले अन्तराष्ट्रिय स्तरको यूएफसी खेलमा विभिन्न पदक जित्दैआाएका छन् । अल्टिमेट फाइटिङ च्याम्पियनसीप ( यूएफसी ) मा एक वर्षदेखि आवद्ध...

शनिवार मिस्टर एण्ड मिस टिनको ग्राण्ड फिनाले

दमक,७ जेठ । दमकमा सञ्चालित मिस्टर एण्ड मिस टिनको तेश्रो संस्करणको ग्राण्ड फिनाले यहि जेठ ११ गते शनिवार हुदै छ । १४ बर्षदेखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरुको क्षमताको उजागर गर्ने उद्देश्यले जारी प्रतियोगिताको...

भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्छु: घिसिङ

काठमाडौँ | संघीय प्रतिनिधिसभाको लेखासमितिकाे मंगलबारको बैठकमा नेपाल विद्युत् प्राधिकरण र सत्तारुढ दल नेकपाकै एक सांसदबीच चर्काचर्की भएको छ। सत्तारुढ नेकपाका सांसद अमनलाल मोदी र प्राधिकरण प्रमुख घिसिङबीच भ्रष्टाचारको विषयमा चर्काचर्की भएको हो। सांसद मोदीले प्राधिकरणमा...

मानव अधिकार सञ्जाल झापामा नयाँ नेतृत्व

बिर्तामोड,६ जेठ । झापामा मानव अधिकार सञ्जालको नयाँ नेतृत्व चयन भएको छ । आज विर्तामोडमा सम्पन्न सञ्जालको दोश्रो अधिबेशनले मानव अधिकारको क्षेत्रमा क्रियाशिल नागरिक अगुवा विष्णु खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत...