सुखानीमा ओली र प्रचण्डले सम्बोधन गर्ने

हरेक वर्ष कम्युनिष्ट आस्थावानहरुले कम्युनिष्ट आन्दोलनमा मुलुककै महत्वपूर्ण इतिहास बोकेको सुखानी काण्डमा मारिएका सहिदहरुलाई सम्झिने गरेका छन् ।

हाम्रो दमक

बिर्तामोड,१९ फागुन । पार्टी एकता पछि नेकपाका दुई अध्यक्षले एकै मञ्चबाट यो पटक झापाको सुखानी शहिद स्मृती दिवसलाई सम्बोधन गर्ने भएका छन् ।

फागुन २१ गते झापाको खुदुनाबारी र इलामको दानावारी नजिकैको सुखानी जंगलमा रहेको सुखानी पार्कमा आयोजना हुने ४६ औँ सुखानी सहिद स्मृति दिवसलाई प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संबोधन गर्ने तयारी भएको नेकपा झापाले जनाएको छ ।

आइतबार झापाको बिर्तामोडस्थित नेकपा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेकपाले यो वर्षको सुखानी सहिद स्मृति दिवसलाई विषेश रुपमा मनाउने तयारी भएकाले दुबै अध्यक्ष झापा आउने जानकारी दिएको हो । नेकपा झापाका नेता चिन्तन पाठकले किसान आन्दोलनका क्रममा २०२९ फागुन २१ गते सुखानी जंगलमा हत्या गरिएका पाँच शहिद, झापा आन्दोलनका क्रममा बलिदान दिएका चन्द्र डाँगी र राम प्रसाद प्रधान सहित केहि दिन अघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारी र शनिबार राती निधन भएका भरतमोहन अधिकारीको संयुक्त श्रद्धाञ्जली सभा सुखानीमा हुने बताए ।
पाठकले यो वर्षको ४६ औँ सुखानी शहिद स्मृति दिवस श्रद्धाञ्जली विषेश हुने समेत बताए । यस अघिका वर्षहरुमा तत्कालिन नेकपा एमाले र माओवादीले फरक फरक स्थानमा फरक दिन यो दिवस मनाउँदै आएका थिए । हरेक वर्ष कम्युनिष्ट आस्थावानहरुले कम्युनिष्ट आन्दोलनमा मुलुककै महत्वपूर्ण इतिहास बोकेको सुखानी काण्डमा मारिएका सहिदहरुलाई सम्झिने गरेका छन् । ४६ वर्षअघि कम्युनिष्ट आन्दोलनका क्रममा पाँच जनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ ले देशभर परिचित रहेको छ ।

आइत, फाल्गुन १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

दमकमा हुने वृहत वाङ्मय संगोष्ठीको तयारी तीव्र

दमक,१० चैत । झापाको दमकमा यहि चैत १७ देखि १९ सम्म हुने त्रिदिवसीय वृहत वाङ्मय संगोष्ठीको तयारी तीव्र पारिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र दमक नगरपालिका प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हुने वृहत वाङ्मय...

एसईईमा पौने पाँच लाख परीक्षार्थी सहभागी

झापा,१० चैत । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई )देशैभरी सुरु भएको छ । आजआइतबार बाट सुरु हुने परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका छन् । गत २०७४ सालमा चार...

विप्लव समूहका आठजना पक्राउ

काभ्रे,९ चैत । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्यूरो र काभ्रे प्रहरीको संयुक्त टोलीले गएराति काभ्रेको काफलडाँडाबाट ओलीसहित आठ जनालाई...

कम्यूनिष्ट सरकारले जनताको हितमा काम गर्न सकेन : नेता आङ्गदेम्बे

दमक ,९ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भिष्मराज आङ्गदेम्बेले दुई तिहाईको कम्यूनिष्ट सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । शनिवार दमकमा नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले...

भन्नुहोस् त, तपाईसँग भएको सबैभन्दा मूल्यवान् चिज के हो ?

– तीर्थ तिम्सिना एकैछिन् एकाघ्र भएर सोच्नुहोस् त, तपाईंको एउटा हातको औंलाको मूल्य कति होला ? एक लाख, दुईलाख या पाँच लाख ? के तपाईं आफ्नो औंलाहरु तिन लाख रुपैयाँमा बेच्न चाहनुहुन्छ ? आँखा नि...

स्थानीय युवाहरुको सहकार्यमा खुल्ने भयो दमकमा क्रिकेट एकेडेमी, निर्माणकार्य तिब्र

दमक । झापाको दमकमा क्रिकेट एकेडेमी खुल्ने भएको छ। गत सोमबार एक कार्यक्रमका बिच क्रिकेट एकेडेमीको शिलान्यास भएको छ। उक्त एकेडेमीको नाम Patriotic Cricket Training Centre (PCTC) रहने भएकोछ। क्रिकेट एकेडेमीको प्रारम्भिक लागत २२ लाख रुपैंया...

गौरादह खानेपानीमा देखियो संसदीय चुनावको झझल्को

गौरादह,६ चैत । यहाँस्थित गौरादह खानेपानी तथा सरसफाई समितिको आगामी चैत्र १६ गते निर्वाचन को माहौल तातिएको छ । नेतृत्व हडप्न दलीय प्रतिष्पधाले आम उपभोक्ताहरुसम्म माहौल तीव्र पारिएपछि गौरादहमा संसदीय चुनावको झझल्को देखिएको छ...

नेकपा झापाको स्थानीय तहको नेतृत्वमा को को परे ?

झापा, ४ चैत । नेकपा कार्यदलले झापाका १५ वटै स्थानीय तहका लागि नेतृत्व चयन गरि नाम सार्व जनिक गरेको छ ।  झापाका १५ वटा स्थानीय तह मध्ये ९ वटा स्थानीय तह एमालेको पोल्टामा परेका...

स्थानीय तहकै मिलेमतोमा खोलाहरुको चरम दोहन

झापा, १ चैत । जिल्ला अनुगमन समिति झापाले स्थानीय तहकै मिलेमतोमा ठेकेदारबाट खोला दोहन भइरहेको जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा झापामा गठन भएको अधिकार सम्पन्न अनुगमन समितिले बिहीबार पत्रकार...

सहिद परिवारलाई वाइसिएलको सम्मान

दमक,२९ फागुन। वाइसिएल नेपालले सहिद दिवसको अवसरमा देशव्यापी रुपमा सञ्चालन गरेको सहिद  तथा वेपत्ता परिवारजनलाई सम्मान तथा भेटघाट कार्यक्रम प्रदेश नं १ का विभिन्न जिल्लामा सम्पन्न भएको छ । वाइसिएल प्रदेश संयोजक कर्म पुलामीका अनुसार...