घैलाडुब्बा सबस्टेसन सञ्चालनमा

घैलाडुब्बा सबस्टेसनबाट विद्युत वितरण सुरु भएपछि उपभोक्ताले अविछिन्न रुपमा गुणस्तरीय विद्युत् सेवा उपभोग गर्न पाउने प्राधिकरणले जनाएको छ ।

हाम्रो दमक

झापा, १८ फागुन । झापाको सुरुङ्गा, घैलाडुब्बा, कुमारथोक,राजगढ लगायतका स्थानमा विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको घैलाडुब्बा सबस्टेसन संचालनमा आएको छ । सरकार, नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको ३३ र ११ केभी घैलाडुब्बा सबस्टेसन शनिबारबाट संचालनमा आएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन संचालनमा आएपछि लामो दुरी र ओभरलोडिङका कारणले पटकपटक लाइन ट्रिप हुने र लाइन हुँदा पनि कम भोल्टेजका कारण त्यस क्षेत्रमा वत्ति, पंखा, मोटरलगायतका विद्युतीय उपकरण नचल्ने समस्या समाधान हुने बताए । ‘अब त्यस क्षेत्रको भोल्टेज सुधार हुन्छ, प्रणालीको चुहावट घट्छ र विद्युत् आपूर्तिको विश्वनसीयता बढ्छ,’ घिसिङले भने ।

प्राधिकरणले अब अनारमनी सबस्टेसनबाट ३३ केभी वितरण लाइनमार्फत घैलाडुब्बा सबस्टेसनमा विद्युत् ल्याउने छ । घैलाडुब्बा सबस्टेसनबाट ११ केभी एउटा वितरण लाइनमार्फत घैलाडुब्बातर्फ र ११ केभीको अर्को लाइनमार्फत सुरुङ्गातर्फका क्षेत्रमा विद्युत् आपूर्ति गरिने इन्जिनियर शैलेस सापकोटाले जानकारी दिए । अहिले अनारमनीबाट ११ केभी वितरण लाइनमार्फत घैलाडुब्बा र सुरुङ्गातर्फका क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको थियो ।

लामो दूरी र ओभरलोडिङको कारणले त्यस क्षेत्रमा पटकपटक लाइन ट्रिप हुने र लाइन भएको समयमा पनि भोल्टेज निकै कम हुने समस्याले उपभोक्ता समस्यामा थिए । घैलाडुब्बा सबस्टेसनबाट विद्युत वितरण सुरु भएपछि उपभोक्ताले अविछिन्न रुपमा गुणस्तरीय विद्युत् सेवा उपभोग गर्न पाउने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ ।

मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणको योजना छ ।

चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन् । प्राधिकरणले एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण सम्पन्न गरेको छ ।

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ ।

शनि, फाल्गुन १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

पाँचथर हत्या प्रकरण : झुण्डिएको अवस्थामा फेला परेकामाथि प्रहरीको शंका

पाँचथर । पाँचथरको मिक्लाजुङ–३ मा नौ जनाको हत्या भएकै दिन घटनास्थलभन्दा ३ घण्टा परको दुरीमा अर्का एक ब्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । झुण्डिएको अवस्थामा फेला पर्नेमा मानबहादुर माखिम रहेको बताइएको छ...

पाँचथरमा दुई परिवारका नौ जनाको हत्या

फिदिम, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा गत राती दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घट्नास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राती स्थानीय धनराज शेर्मा...

सरकारको निगरानी बढाउन काँग्रेसले बनायो छायाँ सरकार

काठमाडौँ, ६ जेठ ।  सरकारले गरेको काम तथा कारवाहीहरुमा निगरानी बढाउनको लागि नेपाली काँंग्रेसले छायाँ सरकारको गठन गरेको छ ।प्रमुख प्रतिपक्षी दल समेत रहेको कांँगेस सरकारको काम तथा कारवाहीदेखि रुष्ट रहदै आएको छ ।...

दमकमा शित भण्डारको ग्याँस चुहिदा स्थानीयबासीको भागा भाग,

दमक, ५ जेठ | झापाको दमक ४ स्थित चिया दोकान चोक नजिकैको उत्तर पट्टिको बस्तिमा आज मध्य करिब १ बजेको समयमा निकै खैला बैला मच्चियो । तिहा स्थित शान्ति कोल्ड सेन्टरबाट निश्किएको आल्मुनिय ग्याँस आकाशै...

त्रिशुली र वैतडीमा भएका दुर्घटनामा १० जनाको मृत्यु

धादिङ, ५ जेठ । धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दा मृत्यु हुनेको संख्या सात पुगेको छ । शनिबार बेलुका झापाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको बस...

अडियामल ग्रामथानमा जात्री मेला सम्पन्न

दमक,४ जेठ । आदिवासी धिमाल समुदायमा मनाईने जात्री पर्वको अवसरमा धिमाल ग्रामथानहरुमा आयोजना गरिँदै आएको ग्राम देवताको पूजाआजा सहित धिमालहरुको साँस्कृतिक कार्यक्रमलाई दमकमा यस बर्ष पनि निरन्तरता दिइएको छ । आफनो प्रस्तुति दिदै एक कलाकार...

भगवान् बुद्धको २५६३ औं बुद्ध जयन्ती मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज (शनिबार) देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई...

मिस्त्रीबस्तीका विस्थापितलाई बर्षाअघि नै नयाँ घर

दमक,२ जेठ । दुई वर्षअघि बाढीबाट विस्थापित भएका झापा, कमल गाउँपालिका वडा नं १ सराङपाडास्थित मिस्त्रीवस्तीका दश परिवारले बर्षायाम शुरु अघि नै नयाँ घर पाउने भएका छन् ।बाढीपीडितहरुका लागि निर्माणाधिन घरको कामलाई यो बर्षायाम...

ऋण असुल्न दाहाल चारदिनदेखि आमरण अनसनमा

गौरादह,३० वैशाख । सावाँ,व्याज रु ३७ लाख भन्दा बढी रुपैया एक ऋणीले सर्त बमोजिम फिर्ता नगरेको भन्दै झापा, गौरादह नगरपालिका वडा नम्बर १ का किराना व्यवसायी यामबहादुर दाहालले विगत चार दिनदेखि गौरादह बजारमा आमरण...

भाषाशास्त्री सापकोटाको १२३ औं जन्मजयन्ति मनाँइदै

शान्तिनगर । भाषाशास्त्री महानन्द सापकोटाको १२३ औं जन्मजयन्ति बैशाख ३० गते सोमवार विभिन्न कार्यक्रम गरि मनाउँदै छ । इलामको रोङ गाउँपालिका-५ (साबिक इरौंटार-८) देवनछापमा निर्मित महानन्द सापकोटाको सालिक परिषरमा उनको जन्मजयन्ति मनाउन लागिएको हो...