झापा गोल्डकपको उद्घाटन खेलमा झापा ११ र सहारा भिड्दै

हाम्रो दमक

बिर्तामोड । भोलिदेखि सुरु हुने झापा गौल्डकपको उद्घाटन खेलमा आयोजक झापा ११ र पोखराको सहारा क्लब भिड्ने भएका छन् । १० टोलीले प्रतिस्पर्धा गर्ने गोल्डकपको उद्घाटन खेलमा आयोजक र पोखराको साहारा क्लब प्रतिस्पर्धा गर्ने भएका हुन् । १९ गते आईतबार मोरङ ११ र शसस्त्र पहरीको एपीएफबिच प्रतिस्पर्धा हुनेछ । २० गते सोमबार पहिलो क्वार्टरफाईनलमा उद्घाटन खेलको बिजेताले हङकङ नेप्लिज एकेडेमीको सामना गर्नेछ । २१ गते मंगलबार मोरङ र एपीएफको बिजेताले त्रिभुवन आर्मीसंग क्वार्टरफाइनल खेल खेल्नेछ । २२ गते बुधबार थ्रीस्टार र नेपाल पुलिस तथा बिहिबार मनाङ र रुपन्देही आमने सामने हुनेछन् ।

प्रतियोगीताका सबै खेलहरु बिर्ताबजारस्थित डोमालाल राजबंशी रंगशालामा हुनेछ । गोल्डकपका लागी मैदान निर्माण र अस्थायी प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । यसैबीच, गोल्डकपको चौथो संस्करणमा आयोजक समितिले अनलाइन टिकटको व्यवस्था गरेको छ । इसेवासँग सहकार्य गरेर आयोजकले एक सय, दुई सय र तीन सय दरका टिकटको व्यवस्था गरेको आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले बताउनुभयो ।

गोल्डकपको उपाधि बिजेताले १२ लाख ५० हजार रुपैयाँ र र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । त्यसैगरि यो बर्षको प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरले एक थान मोटरसाईकल पाउने छ भने प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले जनही २१ हजार रुपैया पाउने छन । प्रतियोगिताको सर्बाधिक गोलकर्ताले २५ हजार नगद पाउने छन् भने प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले नगद १५ हजार पाउने अध्यक्ष गिरीले बताउनु भयो ।

यस्तै प्रतियोगिताको अवसरमा झापाका पुराना दुई जना फुटबल खेलाडीलाई जनही २५ हजार सहित सम्मान गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै उदघाटन्कै दिन खेलमैदानका लागि जग्गा दान दिनु हुने स्वर्गिय डोमालाल राजबंशीको परिवारलाई २५ हजार नगद सहित सम्मान गर्ने पनि आयोजकले जनाएको छ ।

एक करोड ५ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताबाट एक करोड ३० लाख आम्दानी हुने अनुमान गरिएको छ । मनसा थाईफुट्सको उत्पादन मगमग तयारी चाउचाउले यसपालीको झापा गोल्डकपको मुख्य प्रायोजन गरेको छ ।

शुक्र, फाल्गुन १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दमकको वातावरण संरक्षणकालागि नगरबासीबाट सुझाब संकलन

झापाको दमक नगरपालिकाले वातावरणलाई स्वच्छ राख्ने सम्बन्धी सुझाव संकलन गरेको छ । वातावरण तथा बिपत् व्यवस्थापन समिति दमकले आयोजना गरेको कार्यक्रममा बिभिन्न क्षेत्रका नागरिक तथा सरोकारवालाबाट सुझाव संकलन गरिएको हो । नगरका १० वटै वडाका जनप्रतिनिधी,...

कमलमा प्रधानमन्त्री रोजगार कार्यक्रमकालागि एक हजार बढीको आवेदन

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत झापाको कमल गाउँपालीकामा एक हजार २ सय भन्दा बढीको आवेदन परेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहाने व्यक्तिले २०७६ साल बैशाख मसान्त सम्ममा आबेदन दिनुपर्ने थियो जस अन्तर्गत कमल...

झापाबाट सर्वश्रेष्ठ पक्राउ, रिहा गर्न मेची ब्युरोको माग

झापा,७ जेठ । झापाको बिर्तामोडबाट नेपाल कम्युनिष्ट पार्टीका मेची ब्युरो सदस्य एंव इलाम जिल्ला इन्चार्ज सर्वश्रेष्ठलाई सोमबार प्रहरीले गिरफ्तार गरेको छ । सरकारले प्रतिबन्ध लगाए संगै देशैभरीबाट नेकपाका नेता कार्यकर्ताहरुलाइ प्रहरीले व्यापक रुपमा धरपकड...

भागेर बाँचेकी सीताको दमकमा उपचार शुरु

दमक, ७ जेठ । गएराती पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका दुई परिवारका नौ जनाको हत्या हुँदा भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमको दमकमा उपचार शुरु गरिएको छ । उनलाई आज मंगलबार अपरान्ह दमक ल्याई दमकस्थित...

दमक क्याम्पसमा प्रजातन्त्रवादी विजयी

दमक,७ जेठ । यहाँस्थित पब्लिक क्याम्पस प्राध्यापक संघ , दमक क्याम्पस इकाइ समितिमा नेपाली कांग्रेस निकट प्रजातन्त्रबादी प्राध्यापक संघसहित राप्रपाको प्राज्ञिक परिषद विजयी भएको छ । दुवै प्राध्यापक संगठनहरुको प्यानलले संघमा बहुमतले बिजयी भएका हुन्...

झापामा ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

झापा,७ जेठ । जिल्लाको अर्जुनधारा नगरपालिका–१ स्थित तीनघरेमा ट्रयाक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार दिउँसो मे १ त ५००६ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा पैदलयात्री अर्जुनधारा–१ का १९ वर्षीय अर्जुन प्याकुरेलको मृत्यु...

यूएफसीका एक्ला नेपाली खेलाडी युकी 

दमक,७ जेठ । झापा, दमक २ घर भई हाल वेलायतमा बस्दै आएका २० बर्षिय युकी आङ्गदेम्बेले अन्तराष्ट्रिय स्तरको यूएफसी खेलमा विभिन्न पदक जित्दैआाएका छन् । अल्टिमेट फाइटिङ च्याम्पियनसीप ( यूएफसी ) मा एक वर्षदेखि आवद्ध...

शनिवार मिस्टर एण्ड मिस टिनको ग्राण्ड फिनाले

दमक,७ जेठ । दमकमा सञ्चालित मिस्टर एण्ड मिस टिनको तेश्रो संस्करणको ग्राण्ड फिनाले यहि जेठ ११ गते शनिवार हुदै छ । १४ बर्षदेखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरुको क्षमताको उजागर गर्ने उद्देश्यले जारी प्रतियोगिताको...

भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्छु: घिसिङ

काठमाडौँ | संघीय प्रतिनिधिसभाको लेखासमितिकाे मंगलबारको बैठकमा नेपाल विद्युत् प्राधिकरण र सत्तारुढ दल नेकपाकै एक सांसदबीच चर्काचर्की भएको छ। सत्तारुढ नेकपाका सांसद अमनलाल मोदी र प्राधिकरण प्रमुख घिसिङबीच भ्रष्टाचारको विषयमा चर्काचर्की भएको हो। सांसद मोदीले प्राधिकरणमा...

मानव अधिकार सञ्जाल झापामा नयाँ नेतृत्व

बिर्तामोड,६ जेठ । झापामा मानव अधिकार सञ्जालको नयाँ नेतृत्व चयन भएको छ । आज विर्तामोडमा सम्पन्न सञ्जालको दोश्रो अधिबेशनले मानव अधिकारको क्षेत्रमा क्रियाशिल नागरिक अगुवा विष्णु खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत...