सम्झनामा विकासप्रेमी र समन्वयकारी प्रशासक दाहाल

दमक नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत हुदाँ उनले नगरपालिकामा ३ बर्ष बढी समय कार्यसम्पादन गरेका थिए । कर्मचारीले स्थानीय निकाय चलाउन वेथिती वढ्ेको अन्यत्र गुनासो आएपनि उनको कार्यकाल भरि कहिल्यै त्यस्तो सुन्नु परेन । प्रधानमन्त्रीको कार्यालयमा उपसचिवका रूपमा कार्यरत दाहालले दमकमा कार्यरत हुदा ल्याएका दीर्घकालीन योजना, सेवा प्रवाहमा गरिएको सुधार लगायतका कामको दमकवासीले सम्झना गरिरहेका छन्।

हाम्रो दमक

दमक,१६ फागुन। ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका उपसचिव युवराज दाहालको निधनले दमक स्तव्ध भएको छ। यो नगरपालिकासँग दाहालको नाता र यहाँ उनले गरेका कामले नगरवासीले उनलाई सम्झिरहेका छन्।

नगरप्रमुख रोमनाथ ओलीले दाहालमा सबैलाई विश्वासमा लिएर काम गर्ने क्षमता भएको भन्दै कुशल प्रशासक गुमाउनु परेकोमा दुःख व्यक्त गरेका छन्। यस्तै उपप्रमुख गीता अधिकारीले अहिले आफूसँग स्तब्धताबाहेक केही नरहेको उल्लेख गरेकी छन्। दाहालकै कार्यकालमा दमकले हरित नगर, समृद्ध दमकको दूरदृष्टि निर्धारण गरेको थियो भने मुख्य चोकमा हरित नगरको स्मारक समेत बनाइएको छ। नगरपालिकाको पहिलो नगरसभाबाट नै धिमाल जातिलाई नगरको पहिलो नागरिकको रूपमा घोषणा गरिएको थियो। यो प्रक्रियाका लागिसमेत उनले विश्वका विभिन्न मुलुकको अभ्यासका बारेमा अध्ययन गरेका थिए। स्थानीय तहको निर्वाचनपछि उनी जनप्रतिनिधिलाई स्थानीय सरकारको नेतृत्व प्रदान गरेपछि प्रधानमन्त्रीको कार्यालयको जिम्मेवारीमा पुगेका थिए।

दमक नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत हुदाँ उनले नगरपालिकामा ३ बर्ष बढी समय कार्यसम्पादन गरेका थिए । कर्मचारीले स्थानीय निकाय चलाउन वेथिती वढ्ेको अन्यत्र गुनासो आएपनि उनको कार्यकाल भरि कहिल्यै त्यस्तो सुन्नु परेन । प्रधानमन्त्रीको कार्यालयमा उपसचिवका रूपमा कार्यरत दाहालले दमकमा कार्यरत हुदा ल्याएका दीर्घकालीन योजना, सेवा प्रवाहमा गरिएको सुधार लगायतका कामको दमकवासीले सम्झना गरिरहेका छन्। दाहालकै अगुवाईमा दमकमा वृहत औद्योगिक क्षेत्रको अवधारणा ल्याइएको थियो।

जुन अहिले चिनियाँ लगानीमा निर्माणको चरणमा गएको छ। यसका लागि अधिग्रहण गर्नुपर्ने जग्गाको मुआब्जा वितरणको चरणमा छ। यसैगरी दमकमा बुद्ध मूर्तिसहितको पार्क बनाउने योजनासमेत उनले अघि सारेका थिए। दमक ३ मा हाल त्यसका लागि जग्गा व्यवस्थापनको काम भइरहेको छ। दमकलाई पर्यटकीय नगरको रूपमा विकास गराउन भ्यू टावर निर्माणको योजना पनि उनले ल्याएका थिए। त्यसको पहिलो पटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। निर्माणाधिन दमक सभागृह उनकै पहलमा अहिले धमाधम बनिरहेका छन् । यस्ता योजना ल्याउने उच्च अधिकृतलाई गुमाएकामा नगरवासी र देशले नै शोक मनाइरहेको छ।

ताप्लेजुङको सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा उपसचिव दाहालसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यती एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्राधिकरणका निर्देशक धुव्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो। 

दाहालको निडरपन र निष्ठाको प्रशंसा

नगरका विभिन्न चोकमा राष्ट्रिय ख्याती प्राप्त तथा राष्ट्रिय विभूतिको शालिक निर्माणको क्रम दाहालको कार्यकालमा तीव्र पारिएको थियो। साविकको मामा चोकमा राखिएको भानुभक्तको शालिक निर्माण गरेका मूर्तिकार मञ्जुल मितेरीले दाहाललाई साहसिक, कुशल र दूरदर्शी प्रशासकको रूपमा सम्झना गरेका छन्।

यस्तै दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल दाहाललाई निडर र निष्ठावान प्रशासकको रूपमा स्मरण गर्छन्। उनले भने,‘दमकको समग्र विकास निर्माण गर्नका लागि खेलेको भूमिकाको दमकवासीले सधै स्मरण गरिरहनेछन्।

कर्मचारीका अभिभावक

जनप्रतिनिधि विहीनताको अवस्थामा साढे ३ वर्ष दमकको प्रशासकीय नेतृत्व गरेका दाहाललाई कर्मचारीले भने अभिभावकको रूपमा सम्झिएका छन्। नगरका सूचना अधिकृत समिप चुडालले उनी प्रशासक मात्र भन्दा पनि कर्मचारीका लागि अभिभावकको रूपमा रहने बताएको सम्झना सुनाए। यस्तै नगरपालिकाका कर प्रमुख टीकाप्रसाद दाहालले जनप्रतितिनिधि नभएको समयमा पनि दीर्घकालीन विकासको खाका ल्याउने क्षमता दिवंगत दाहालमा रहेको भन्दै कर्मचारीहरू प्रति कहिल्यै पनि प्रशासकको रूपमा नभई सहकर्मीको रूपमा व्ययभार गर्ने गरेको बताए।

समन्वयकारी व्यक्तित्व

जनप्रतिनिधिले पनि दाहाल कुशल र समन्वयकारी प्रशासकको रूपमा सम्झना गरेका छन्। कांग्रेसका क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले दमक नगरपालिका पूर्व प्रशासकीय अधिकृत दाहाल विकासप्रेमी भएको स्मरण गर्छन् । राजनीतिक प्रभाव कहिल्यै देखिन ,सधै दमकको विकासमा उहाँको ध्येय रहेको उनले सुनाए ।

दमक ९ स्थित निर्माणाधीन दमक सभागृहका जग्गादाता मिना श्रेष्ठ दमकको विकासका मुख्य कल्पनाकार दाहाल भएको स्मरण गर्छिन् । सभागृह उनकै अग्रसरतामा बनिने अवस्थामा पुगेको स्मरण गर्दे पूर्व प्रशासकीय अधिकृत दाहालको अकल्पनीय निधनले दमकको विकासप्रेमी प्रशासक गुमाउनुभएको वताईन् ।

यस्तै दमक वाल सञ्जालले पनि शोक विज्ञप्तिनै निकालेर स्व. दाहाल विकासप्रेमी प्रशासक भएको भन्दै स्मरण गरेका छन् ।

नगरप्रमुख रोमनाथ ओलीले दाहालमा सबैलाई विश्वासमा लिएर काम गर्ने क्षमता भएको भन्दै कुशल प्रशासक गुमाउनु परेकोमा दुःख व्यक्त गरेका छन्। यस्तै उपप्रमुख गीता अधिकारीले अहिले आफूसँग स्तब्धताबाहेक केही नरहेको उल्लेख गरेकी छन्। दाहालकै कार्यकालमा दमकले हरित नगर, समृद्ध दमकको दूरदृष्टि निर्धारण गरेको थियो भने मुख्य चोकमा हरित नगरको स्मारक समेत बनाइएको छ। नगरपालिकाको पहिलो नगरसभाबाट नै धिमाल जातिलाई नगरको पहिलो नागरिकको रूपमा घोषणा गरिएको थियो। यो प्रक्रियाका लागिसमेत उनले विश्वका विभिन्न मुलुकको अभ्यासका बारेमा अध्ययन गरेका थिए। स्थानीय तहको निर्वाचनपछि उनी जनप्रतिनिधिलाई स्थानीय सरकारको नेतृत्व प्रदान गरेपछि प्रधानमन्त्रीको कार्यालयको जिम्मेवारीमा पुगेका थिए।

बिहि, फाल्गुन १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमकको वातावरण संरक्षणकालागि नगरबासीबाट सुझाब संकलन

झापाको दमक नगरपालिकाले वातावरणलाई स्वच्छ राख्ने सम्बन्धी सुझाव संकलन गरेको छ । वातावरण तथा बिपत् व्यवस्थापन समिति दमकले आयोजना गरेको कार्यक्रममा बिभिन्न क्षेत्रका नागरिक तथा सरोकारवालाबाट सुझाव संकलन गरिएको हो । नगरका १० वटै वडाका जनप्रतिनिधी,...

दमक क्याम्पसमा प्रजातन्त्रवादी विजयी

दमक,७ जेठ । यहाँस्थित पब्लिक क्याम्पस प्राध्यापक संघ , दमक क्याम्पस इकाइ समितिमा नेपाली कांग्रेस निकट प्रजातन्त्रबादी प्राध्यापक संघसहित राप्रपाको प्राज्ञिक परिषद विजयी भएको छ । दुवै प्राध्यापक संगठनहरुको प्यानलले संघमा बहुमतले बिजयी भएका हुन्...

पाँचथर हत्या प्रकरण : झुण्डिएको अवस्थामा फेला परेकामाथि प्रहरीको शंका

पाँचथर । पाँचथरको मिक्लाजुङ–३ मा नौ जनाको हत्या भएकै दिन घटनास्थलभन्दा ३ घण्टा परको दुरीमा अर्का एक ब्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । झुण्डिएको अवस्थामा फेला पर्नेमा मानबहादुर माखिम रहेको बताइएको छ...

पाँचथरमा दुई परिवारका नौ जनाको हत्या

फिदिम, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा गत राती दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घट्नास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राती स्थानीय धनराज शेर्मा...

दमकमा प्लानेट मिडियाद्धारा शैक्षिक सामाग्री वितरण

झापाको दमक ३ स्थित चुलाचुली आधारभुत विद्यालयका विद्यार्थीहरुलाई सोमबा शैक्षिक सामाग्री वितरण गरिएको छ । प्लानेट मिडियाले सो विद्यालयको कक्षा १ देखि ५ सम्म अध्यायनरत ६५ जना विद्यार्थीहरुलाई व्याग वितरण गरेको प्लानेटका प्रमुख कार्यकारी अधिकृत...

सरकारको निगरानी बढाउन काँग्रेसले बनायो छायाँ सरकार

काठमाडौँ, ६ जेठ ।  सरकारले गरेको काम तथा कारवाहीहरुमा निगरानी बढाउनको लागि नेपाली काँंग्रेसले छायाँ सरकारको गठन गरेको छ ।प्रमुख प्रतिपक्षी दल समेत रहेको कांँगेस सरकारको काम तथा कारवाहीदेखि रुष्ट रहदै आएको छ ।...

दमकको एक होटलमा ७२ बर्षीय बृद्धा बलात्कृत 

दमक | झापाको दमकमा आइबार विहान करिब साढे ९ बजे एक होटलमा झापा मेचीनगर ३ की ७२ बर्षीया बोल्न नसक्ने महिला बलात्कृत भएकी छन । जन्मजात राम्रो बोल्न नसक्ने ति महिलालाई दमक ५ का ४३...

दमकमा शित भण्डारको ग्याँस चुहिदा स्थानीयबासीको भागा भाग,

दमक, ५ जेठ | झापाको दमक ४ स्थित चिया दोकान चोक नजिकैको उत्तर पट्टिको बस्तिमा आज मध्य करिब १ बजेको समयमा निकै खैला बैला मच्चियो । तिहा स्थित शान्ति कोल्ड सेन्टरबाट निश्किएको आल्मुनिय ग्याँस आकाशै...

त्रिशुली र वैतडीमा भएका दुर्घटनामा १० जनाको मृत्यु

धादिङ, ५ जेठ । धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दा मृत्यु हुनेको संख्या सात पुगेको छ । शनिबार बेलुका झापाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको बस...

सिंखडाको ‘खै कसले माया गरेर हो की’ बोलको नयाँ गीत बजारमा

दमक ५ जेठ–झापाली गायक निशान सिंखडाको नयाँ गीत सार्वजानिक भएको छ् । यस अघि डेराबासीबाट निकै चर्चामा आएका गायक सिंखडाको नयाँ गीतको म्युजिक भिडियो जिएम नेपाल मार्फत युट्युवमा सार्वजनिक गरिएको छ । सिंखडाले ‘खै कसले...