संयुक्त सरकारको अवधारणाबाट नेकपा चलेन : श्रेष्ठ

हाम्रो दमक

दमक, १४ फागुन । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी संयुक्त सरकारको अवधारणाबाट चल्न नसकेको आरोप लगाएका छन् ।


सोमबार ससफो नेपाल दमक नगर समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सङ्घीय सांसदसमेत रहेका सहअध्यक्ष श्रेष्ठले भने (ूनेकपा आफूखुशी र मनोमानी निर्णयबाट अघि बढे सरकारमा बस्ने वा नबस्ने बारे सोच्छौं ।
नेकपाले राजनीतिक नियुक्तिहरुमा एकल निर्णय गर्ने रबैया संयुक्त सरकारको मर्म विपरित रहेको भन्दै श्रेष्ठले राजदूत नियुक्ति, संवैधानिक आयोगहरुमा नियुक्ति लगायत कार्यहरु ससफो नेपाललाई पाखा लगाउन खोज्नु भएको दावी गरे ।
संविधान संशोधनको बाटोबाट पहिचानसहितको १० जोड १ प्रदेशसहितको सङ्घीयता स्थापित गर्न आफूहरु सरकारमा सामेल भएकाले संविधान संशोधनमा नेकपा इमान्दार हुनुपर्ने श्रेष्ठको भनाई थियो ।
पहिचान र सङ्घीयताको मुद्दामा पार्टी स्पष्ट रहेको भन्दै सहअध्यक्ष श्रेष्ठले भने (ूएकल जातीय प्रभूत्व रहेको मुलुकमा सङ्घीयता आवश्यक नहोला । तर, नेपाल जस्तो बहूल जातीय देशमा पहिचान सहितको सङ्घीयता नै समावेशी राष्ट्र निर्माण गर्ने आधार हो ।ू
आर्को एक प्रसङ्गमा नेता श्रेष्ठले १ नम्बर प्रदेशमा आफूहरुले दावी गरेको लिम्बुवान प्रदेश, किरात प्रदेश र आंशिक रूपमा मधेस र शेर्पालुङ प्रदेशको भूभाग समेत रहेकाले तत्काललाई ूलिम्बुवान(किरात संयुक्त स्वायत्तू प्रदेश नामाकरण गरेर जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै पार्टीका राजनीतिक समिति सदस्य खगेन्द्र माखिमले निरन्तर पार्टी निर्माण र निरन्तर राजनीतिक संघर्षबाट ससफोले पहिचानसहितको १० जोड १ प्रदेश कायम गराएरै छाड्ने बताए । राजनीतिक समिति सदस्य प्रवीण चाम्लिङले कृयाशील सदस्यहरुको कामले मात्रै पार्टीको भाग्य र भविष्य निर्धारण गर्ने भन्दै सबै नेता कार्यकर्ताले पार्टीलाई केन्द्रमा राखेर देश र जनताको समस्यासँग जुधिरहनुपर्ने जिकिर गरे ।
केन्द्रीय सदस्य एवम् १ नम्बर प्रदेश सांसद रामचन्द्र तुम्बाले संसद्मा आफूले विशेष समय माग गरेर १ नम्बर प्रदेशलाई लिम्बुवान(किरात प्रदेश नामाकरण गराउन जोड दिने बताए । उनले प्रदेश राजधानी धनकुटा बनाउनुपर्ने जिकिर गरे ।
कार्यक्रममा प्रदेश सांसद राधा थापा, केन्द्रीय सदस्यहरु नवराज गुरुङ, हरिदेवी राई, भक्त खेवाङ, जिल्ला अध्यक्ष धिरेन सुब्बा लावतीलगायतले अधिवेशन सफलताको लागि शुभकामना दिएका थिए ।
                                 दमक नगर अध्यक्षमा दाहाल
यसैबीच ससफो नेपाल दोस्रो नगर अधिवेशनले खेम दाहालको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको छ ।समितिका सदस्यहरु गंगा राई शेर्मा, उमा मगर लिम्बू, पन्चमाया लिम्बू, शान्ता पालुङ्वा, भीम विक, रितु चाम्लिङ, सुमन माङ्युङ, सुनिता लावती, सुनिल राई, राजिब शंकर चयन भएका छन् ।


त्यस्तै सदस्यहरुमा मनबहादुर आङ्देम्बे, पम्फा राई, बबिता न्यौपाने, रन्जना सम्बाहाम्फे, कालिकादेवी सार्की, लीला आङ्देम्बे, कल्पना लिम्बू, कल्पना राई, खेमबहादुर राई र भेषराज लिङ्दम चयन भएका हुन् ।
नगर समितिको पहिलो बैठकबाट एक उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष चयन गर्ने निर्वाचन समितिका सदस्य धिरेन सुब्बा लावतीले जानकारी दिए ।
बन्द शत्रमा निवर्तमान नगर अध्यक्ष वासुदेव राईले सांगठनिक प्रतिवेदन र सचिव हरि राईले आर्थिक प्रतिवेदन पेस गरेका थिए । दुवै प्रतिवेदन थप सुझावसहित पारित भएको निवर्तामान उपाध्यक्ष गंगा दुलालले जानकारी दिए ।

मङ्ल, फाल्गुन १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

दमकको वातावरण संरक्षणकालागि नगरबासीबाट सुझाब संकलन

झापाको दमक नगरपालिकाले वातावरणलाई स्वच्छ राख्ने सम्बन्धी सुझाव संकलन गरेको छ । वातावरण तथा बिपत् व्यवस्थापन समिति दमकले आयोजना गरेको कार्यक्रममा बिभिन्न क्षेत्रका नागरिक तथा सरोकारवालाबाट सुझाव संकलन गरिएको हो । नगरका १० वटै वडाका जनप्रतिनिधी,...

कमलमा प्रधानमन्त्री रोजगार कार्यक्रमकालागि एक हजार बढीको आवेदन

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत झापाको कमल गाउँपालीकामा एक हजार २ सय भन्दा बढीको आवेदन परेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहाने व्यक्तिले २०७६ साल बैशाख मसान्त सम्ममा आबेदन दिनुपर्ने थियो जस अन्तर्गत कमल...

झापाबाट सर्वश्रेष्ठ पक्राउ, रिहा गर्न मेची ब्युरोको माग

झापा,७ जेठ । झापाको बिर्तामोडबाट नेपाल कम्युनिष्ट पार्टीका मेची ब्युरो सदस्य एंव इलाम जिल्ला इन्चार्ज सर्वश्रेष्ठलाई सोमबार प्रहरीले गिरफ्तार गरेको छ । सरकारले प्रतिबन्ध लगाए संगै देशैभरीबाट नेकपाका नेता कार्यकर्ताहरुलाइ प्रहरीले व्यापक रुपमा धरपकड...

भागेर बाँचेकी सीताको दमकमा उपचार शुरु

दमक, ७ जेठ । गएराती पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका दुई परिवारका नौ जनाको हत्या हुँदा भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमको दमकमा उपचार शुरु गरिएको छ । उनलाई आज मंगलबार अपरान्ह दमक ल्याई दमकस्थित...

दमक क्याम्पसमा प्रजातन्त्रवादी विजयी

दमक,७ जेठ । यहाँस्थित पब्लिक क्याम्पस प्राध्यापक संघ , दमक क्याम्पस इकाइ समितिमा नेपाली कांग्रेस निकट प्रजातन्त्रबादी प्राध्यापक संघसहित राप्रपाको प्राज्ञिक परिषद विजयी भएको छ । दुवै प्राध्यापक संगठनहरुको प्यानलले संघमा बहुमतले बिजयी भएका हुन्...

झापामा ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

झापा,७ जेठ । जिल्लाको अर्जुनधारा नगरपालिका–१ स्थित तीनघरेमा ट्रयाक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार दिउँसो मे १ त ५००६ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा पैदलयात्री अर्जुनधारा–१ का १९ वर्षीय अर्जुन प्याकुरेलको मृत्यु...

यूएफसीका एक्ला नेपाली खेलाडी युकी 

दमक,७ जेठ । झापा, दमक २ घर भई हाल वेलायतमा बस्दै आएका २० बर्षिय युकी आङ्गदेम्बेले अन्तराष्ट्रिय स्तरको यूएफसी खेलमा विभिन्न पदक जित्दैआाएका छन् । अल्टिमेट फाइटिङ च्याम्पियनसीप ( यूएफसी ) मा एक वर्षदेखि आवद्ध...

शनिवार मिस्टर एण्ड मिस टिनको ग्राण्ड फिनाले

दमक,७ जेठ । दमकमा सञ्चालित मिस्टर एण्ड मिस टिनको तेश्रो संस्करणको ग्राण्ड फिनाले यहि जेठ ११ गते शनिवार हुदै छ । १४ बर्षदेखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरुको क्षमताको उजागर गर्ने उद्देश्यले जारी प्रतियोगिताको...

भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्छु: घिसिङ

काठमाडौँ | संघीय प्रतिनिधिसभाको लेखासमितिकाे मंगलबारको बैठकमा नेपाल विद्युत् प्राधिकरण र सत्तारुढ दल नेकपाकै एक सांसदबीच चर्काचर्की भएको छ। सत्तारुढ नेकपाका सांसद अमनलाल मोदी र प्राधिकरण प्रमुख घिसिङबीच भ्रष्टाचारको विषयमा चर्काचर्की भएको हो। सांसद मोदीले प्राधिकरणमा...

मानव अधिकार सञ्जाल झापामा नयाँ नेतृत्व

बिर्तामोड,६ जेठ । झापामा मानव अधिकार सञ्जालको नयाँ नेतृत्व चयन भएको छ । आज विर्तामोडमा सम्पन्न सञ्जालको दोश्रो अधिबेशनले मानव अधिकारको क्षेत्रमा क्रियाशिल नागरिक अगुवा विष्णु खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत...