हाम्रो लागि प्रश्नहरु !

प्रतिक राई

प्रतिक राई

लेखक-प्रतिक राई

विभिन्न सञ्चारमाध्यम अनि सामाजिक सञ्जालहरुमा लेखिएको र देखिएको परदेसी भूमिमा नेपाली दाजुभाइ दिदीबहिनीको पीडाले सबै नेपालमा अनि संसारमा छरिएर बसेका नेपालीहरुलाई मार्मिक बनाएको छ । उच्च शिक्षा आर्जन अनि आँखाभरी सपना बोकी अति विकसित राष्ट्र अस्ट्रेलिया, बेलायत, क्यानाडा जस्तो अन्य ठुलो देशहरुमा जाने घुइँचो आज यथार्थ बनेको छ । सात समुद्रपारि एउटा आप्रवासी हुँदाको चुनौती, घर परिवारको सम्झना, आर्थिक संकट, भाषा संस्कृतिको भिन्नता, सरकारको फेरिरहने नीति, विश्वविद्यालयको मापदण्ड, कामको चाप र घरको ऋणले विदेसी भूमिमा नेपालीको जीवन कल्पना गरे जस्तो वा चलचित्रमा देखिने जस्तो कहिले नहुँदो रहेछ ।

यद्यपि यी यथार्थहरुलाई सीमित विद्यार्थीले मात्र व्यावहारिक ढंगले बुजेर आएको देखिन्छ । धेरैले बुझोस् पनि कसरी, साथीको सामाजिक सञ्जालमा दैनिक राखेको समुन्द्र तट, पार्क अनि अनेकौँ भोग विलासका रङिन् तस्बिरहरु देख्दा कस्को पो मन मान्ला ?प्रसङ्ग विदेशमा विद्या आर्जन ठिक वा बेठिक भन्ने कुरा रहेन । यो भनेको आफ्नो निजी अनुभव अनि विश्वासले व्याख्या गर्ने कुरा रह्यो । तर, विदेसी भूमिमा नेपालीको पीडा एउटा धुर्बसत्य बनेको हुँदा आज हामी साराले एकछिन मनन गरी आफूलाई प्रश्नहरु सोध्न बाध्य तुल्याएको छ ।

सर्वप्रथम, विद्यार्थी आफैँले म किन परदेश जाँदैछु, कुन विषय लिँदैछु, महाविद्यालय विश्वविद्यालयबारे मलाई के कति जानकारी छ । परामर्शदाताको मात्र भर पर्ने कि अन्य श्रोत साधन को पनि उपयोग गने भनि प्रश्नहरू सोधे हुन्छ। दोस्रोमा अभिभावक जसको कर्तव्य रहन्छ आफ्नो नानीहरुसँग अर्थपूर्ण समन्वय गर्ने अनि महत्वपूर्ण निर्णयहरु लिने । आफ्नो छोराछोरीलोई विदेश पठाउने समय कुन उचित होला नहोला भनेर थाहा पाउने कुरा विद्यार्थीभन्दा पनि अभिभावको रहन्छ । यसैगरी परामर्शदाता जसले हजारौ विद्यार्थीको सपना पुरा गर्न एउटा गहन भुमिकाखेलेको हुन्छ, उहाँहरुले व्यवहारिक परामर्श दिने हरदम प्रयास गेरकोमा दुइमत हुन सक्दैन। यद्यपी एउटा बिद्यार्थी जसले धेरै विश्वास , आशा बोकेर आएको हुन्छ, तिनीहरुलाई सहि विकल्प अनि त्यस्को सम्भावित परिणाम अझ बुझाइदिदा सुन मा सुगन्ध झै हुने थियो । यसरी नै, हामीले नेपालमा असीम जनधनको क्षति गरी पाएको गणतन्त्रबाट आएको नयाँ संविधानले मूल्यांकन गर्ने अधिकार दिएकोे रहेछ । मूल्यांकन गर्ने हाम्रो समाजले गलत मूल्यांकन गरी धेरै बौद्धिक व्यक्तिहरुलाइ विदेश जान बाध्य बनायो । यद्यपि, यही मूल्यांकनको त्रासले विदेशमा जीवन रणभूमिको मैदान जस्तो हुदाँ पनि घर फर्किने साहस धेरै कमले मात्र जुटाए ।

अन्तमा, हामीजस्तो विदेसी भूमिको रस चाखी सकेको, विद्या आर्जन सकेर अनेक अनुभवहरु बटुलिसकेको हरुलाई केहि प्रश्नहरू होला। सञ्चारमाध्यम राष्ट्र निर्माणको घटक हो यस्लाई आफ्नै निजि विज्ञापनलाई मात्र प्रयोगमा ल्याउने ? कि सत्य तथ्य अनि जीत हार को अनुभव भनि नयाँ पिडीलाई सहि मार्ग देखाउन सहयोग पुराउने ?हामीसंग यी सबै प्रश्न र उत्तर हरु होलान।

तसर्थ यस लेखलाइ आलोचना नबुझी एउटा अनुस्मारक सम्झनु हुन लेखकबाट अनुरोध छ ।

झापा सुरुङ्गाका राई हाल अष्ट्रेलियामा छन्

सोम, फाल्गुन १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

विचार/ब्लग बाट अन्य

माओबादको बैचारिक त्रुटी र आलोचनात्मक दृष्ट्रिकोण

२६ December १९८३ मा हुनान प्रान्तमा जन्मिएका माओ सन् १९११ को क्रान्ति पश्चात छ महिना सैनिकमा कार्यरत भए । जहाँ उनले सैनिक दर्शनबारे यथेस्ट ज्ञान प्राप्त गरे । पछि १९१८ मा एक बिश्वबिद्यालयबाट स्नातक...

मेरो नजरमा राष्ट्रिय विभूति महानन्द– भारती न्यौपाने

“चाहिँदैन स्वर्ग किं वा वैकुण्ठको बास नेपालको सेवा गरौँ रहुन्जेल सास” – महानन्द सापकोटा नेपालको पूर्वी जिल्ला इलामको इरौंटार गाविसअन्तर्गत पर्ने देवन छापको सापकोटा परिवारमा जन्मिएका महानन्द सापकोटा (विसं १९५३–२०३५) पूर्वका मात्र नभएर राष्ट्रकै विभूति हुन्...

अबको ८२ दिन पछि म यो सरकारको तारिफ नै तारिफ गर्न चाहान्छु: रवि लामिछाने

सरकारका काम कारवाहीमा प्रश्न जिज्ञासा, शंका, प्रतिक्रिया अभिव्यक्त गर्नु एकदमै स्वभाविक र सामान्य कुरा हो । त्यो भन्दा पनि ठूलो कुरा यो आम मानिसको अधिकार हो, संचार माध्यमको धर्म हो । सरकारले के बिराउँछ...

“म जन्मिएको दिन” – सुमन लेप्चा (वाङ्गचु)

म जन्मिएको दिन आकाश गर्जिएको थियो रे हुरि बतास चलेको थियो रे बादल रुएको थियो रे भन्छ्न म जन्मिएकै दिन त्यो पारी गाउँमा पहिरो पनि गएको थियो रे त्यसैले मलाई मेरो रिस्तेदारहरुले क्रोधित भएको बेलामा कसैले चैते बाँदर भन्छन कसैले हुरिबतास भन्छन त्यसमाथी ढाट्ने दिनमा जन्मिएर कतिले गिज्याएर सिरिया...

दोष दिने, होच्याउने, हकार्ने, अरुसँग तुलना गर्दा वालवालिकामा नकारात्मक असर पर्छ

बुद्धशान्ति । ज्योति अंग्रेजी मावि बुद्धशान्ति ३ ले परिवर्तित सामाजिक परिवेश, प्राविधिक गतिविधि, सामाजिक सञ्जाल तथा सञ्चार माध्यमको बढ्दो प्रयोगले वालवालिका, अभिभावक र विद्यालय बीचमा सन्तुलन ल्याएर समय अनुकुल गुणस्तरीय शिक्षालाई कसरी निरन्तरण दिन...

मेरी आमाको त नामै छैन !

–प्रतिमा सिलावाल गएको साता चितवनमा २ दिन पत्रकार महिलाको राष्ट्रिय सम्मेलन भयो । करिब २ सय जना बढी पत्रकार महिला रहेका सम्मेलनमा पत्रकार बबिता बस्नेतले पत्रकार महिलाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले पत्रकार महिलाको...

द्वन्द्वकालका बलात्कृतहरुको प्रश्न – ‘खै न्याय ?’ १२ वर्षकै कलिलो उमेरमा बलात्कार भएकीको पिडा !

– कालिका खड्का ‘मेरो दुवै आँखामा पट्टी बाँँधिएको थियो । बन्दूकको नालले हान्दै लतार्दै लतार्दै जङ्गलतिर लगे । मलाई होश आउँदा शरीरमा कुनै कपडा थिएन । शरीरभरि दाँतले टोकेका घाउ थिए । योनीबाट रगत बगिरहेको...

मेरो प्रेम दिवस

“आगोको राप जीवन,आगैको ताप जीवन जन्म र मृत्यू बीचको आयूको नाप जीवन” नवराज लम्सालको यो शब्द मलाई निकै पृय लाग्छ । लोकप्रिय गायकद्वय सत्यस्वरुपराज आचार्यको आवाजमा सजिएको यो गित मलाई निकै प्रिय लाग्छ मैले यो...

कोटा र आरक्षणमा नै रमाउने बानी परिसक्यो

महिलाका लागि सुरक्षीत समाजको परिकल्पना गर्ने हो भने शबैभन्दा पहिला महिलालाई हेर्ने दृष्टिकोण ,गर्ने व्यवहार र उनिहरुको अधिकारको पक्षमा परिवर्तन आउन निकै जरुरि छ । वर्तमान महिलाको अवस्था धरै राम्रो छ र आजको दिनमा...

तीन महिने सिलाईकटाई र ब्यूटिसियन तालिम सम्पन्न

बिर्तामोड । पंचकन्या महिला बहुउद्येश्यीय सहकारी संस्था बिर्तामोड ३ को आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा तीन/तीन महिने सिलाईकटाई र ब्यूटिसियन तालिम सम्पन्न भएको छ । सिलाईकटाई तालिममा १० जना र ब्यूटिसियन तालिममा १२ जनाको सहभागिता...