प्रजातन्त्र दिवसमा कमलमा साहित्यिक कार्यक्रम

हाम्रो दमक

कमल,७ फागुन । ६९ औ प्रजातन्त्र दिवशका अवसरमा झापाको कमल गाउँपालिकाले साहित्यिक कार्यक्रम गरेको छ ।  कमल–३ स्थित प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रमा बृहत बाल्मिकी साहित्यिक कार्यक्रम गरिएको हो । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुल

पति प्रा.डा.जगमान गुरुङ्को प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा कमल गाउँपालिकाकै पुराना बासिन्दा प्रतिष्ठानका प्रज्ञासभा सदस्य डा. देवी नेपाललाई गाउँपालिकाको तर्फबाट सम्मान समेत गरिएको थियो । कार्यक्रममा बिभिन्न साहित्यकारहरुले आफ्ना रचना वाचन गरेका थिए भने विद्यार्थीहरुले बिभिन्न सांस्कृतिक नृत्य तथा सैन्य कौशल समेत प्रस्तुत गरे ।
गाउँपालिकामा रहेको आश्रम तथा सिमसारको समेत प्रवद्र्धन गर्ने उदेश्यले साहित्यिक कार्यक्रम गरि प्रजातन्त्र दिवश मनाईएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
केन्द्रिय तथ्याङ्क बिभागको विवरणमा समेत उल्लेख भएको आश्रम तथ सिमसारको प्रवद्र्धन गरि यसलाई पूर्वकै नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने प्राचिन वाल्मिकी आश्रम तथा सिमसार संरक्षण समितिका अध्यक्ष चक्रबहादुर गुरुङ्ले बताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले सवै भाषा, संस्कार, संस्कृति तथा पर्यटकीय क्षेत्रहरुको संरक्षणमा गाउँपालिकाले प्राथमिकता दिँदै आएको बताए । वाल्मिकीको जीवनसँग जोडिएको स्थललाई प्रवद्र्धन गर्ने, प्रजातन्त्र दिवश मनाउने र सांस्कृतिक तथा साहित्यिक गतिविधीहरुलाई एकसाथ समेट्ने उदेश्यले प्राकृतिक तथा सांस्कृतिक क्षेत्रमा कार्यक्रम गरिएको कार्यक्रमका संयोजक हेमनाथ अधिकारीले बताए ।

मङ्ल, फाल्गुन ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा,११ चैत । मोटरसाइकलको ठक्करबाट झापाको बुद्धशान्तिमा एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३२ वर्षीय जीतकुमार राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी...

दमक नगरपालिकाको नवनिर्मीत भवन उद्घाटन गरिदै

दमक,१० चैत । दमक नगरपालिकाको थप नयाँ कार्यालय भवन निर्माण पूरा भएको छ । दुई वर्ष अघि निर्माण शुरु भएको सुविधासम्पन्न तीन तले प्रशासनिक भवन एकसाता पछि सञ्चालनमा आउने भएको छ । नवनिर्मीत भवनको लागत...

सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

काकड्भिटटा,१० चैत । झापाको मेचीनगर १२ खरेडागी स्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परेर आज एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे १ ह ५३१० नं.को टेम्पोले बाटो काट्न...

स्वर्णलक्ष्मी शाकोसको स्थापना दिवसमा विभिन्न कार्यक्रम

दमक,१० चैत । दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज बिभिन्न कार्यक्रम हरु गरि आफनो १० औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान, स्वास्थ्य परिक्षण साथै सहयोग कार्यक्रमहरु गरि स्थापना...

दूधेमा आगोलागी हुदाँ करिव रु ७ लाखको क्षति

दुधे, १० चैत । झापाको शिवसताक्षी –११ स्थित दूधेका भगीरथ शिवाकोटीको दूईतले काठको घरमा आगोलागी हुदाँ करिव ७ लाख मूल्य वढीको क्षति भएको छ । दिउँसो १:३० बजे घरमा कोहि नभएको अवस्थामा अचानक आगलागी हुदाँ...

माइक्रोबसले ठक्कर दिँदा बालकको मृत्यु

उर्लाबारी,१० चैत । माइक्रोबसको ठक्करबाट मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान एक जना बालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४ नंको माइक्रोबस अनियन्त्रित भई सडक किनारको रुखमा...

एक्सेल वैंकको शाखा विस्तार आक्रमक, तिन दिनमा चार शाखाको उद्घाटन्

विर्तामोड । झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले शाखा विस्तारलाई तिव्रता दिएको छ । बैंकले पछिल्लो तीन दिनमा चार शाखाको विस्तार गरेको छ । पछिल्लो समय बैंकको शाखा विस्तार आक्रमक देखिएको छ...

भट्टराई कुलवंश प्रतिष्ठान सतासीको नेतृत्व

दूधे ९ चैत्र । यहाँस्थित भट्टराई कुलवंश प्रतिष्ठान सतासी–शिवगञ्ज शाखाको नयाँ कार्य समिति चयन भएको छ । शनिबार शिवसताक्षीको दूधेमा वार्षिक साधारण सभा तथा दोस्रो अधिवशनबाट दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको...

विप्लव समूहका आठजना पक्राउ

काभ्रे,९ चैत । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्यूरो र काभ्रे प्रहरीको संयुक्त टोलीले गएराति काभ्रेको काफलडाँडाबाट ओलीसहित आठ जनालाई...

दुबईमा तीन वटा ट्राभल एजेन्सीहरु मर्ज

यूएई, ९ चैत । यूएईको नेपाली व्यावसायिक क्षेत्रमा कुशलतापूर्वक व्यापार गरिरहेका तीन लोकप्रिय नेपाली ट्राभलहरु मर्ज भएका छन् । दुबईमा नेपालीले सञ्चालन गरेका तीन वटा ट्राभल एजेन्सी एउटै भएर कारोबार गर्न सहमत भएका हुन्...