शुभयात्रा एप्सबारे युएईमा अन्तरक्रिया

हाम्रो दमक

आरपी सहयात्री

युएई- वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी तयार पारिएको शुभयात्रा एप्सबारे युएईका विविध शहरहरुमा अन्तरक्रिया सम्पन्न भएका छन् । गत ८ फेब्रुअरी, शुक्रबार बर दुबईबाट शुरु भएको अन्तरक्रिया कार्यक्रम ९ फेब्रुअरीमा दुबईकै इन्टरनेसनल सिटी र १० तारिख फुजेरामा सम्पन्न भएको छ ।

वैदेशिक रोजगारीसँग सम्बन्धित अत्यन्तै उपयोगी सन्देश, समाचार, विवरण र सम्पर्क नम्बरलगायत विविध सामग्री रहेको शुभयात्रा एप्सबारे अन्तरक्रियामा सहभागीले रुचिकर ढंगले प्रस्नोत्तर गरेका थिए ।

एसिया फाउन्डेसनको अग्रसरतामा तयार पारिएको शुभयात्रा एप्सको प्रमोसनको लागि फाउन्डेसनका एप्स विशेषज्ञ डेनियल लुइस, प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्की, संयोजक तारा भण्डारी र विकास उधमी गैरसरकारी संस्थाबाट शुभयात्रा एप्सका कन्टेन्ट म्यानेजर सुरज सुबेदीले युएईमा रहेका नेपालीहरुलाई विस्तारमा जानकारी गराएका थिए ।

वैदेशिक रोजगारीमा जानुपुर्व, रोजगारीमा रहेको अवस्थामा र आफ्नो वैदेशिक रोजगारीको यात्रा समाप्त गरी स्वदेश फर्कन लागेका तीनै वर्गको आवश्यकतालाई मध्यनजर गर्दै तयार पारिएको एप्स बहुउपयोगी, पुर्णजानकारीमुलक र आफ्नो उदेश्यमा पुग्न सकारात्मक प्रयास गरिरहेको फुजेराको एक अन्तर्कृयामा सहभागी झापाका खगेन्द्र कटवालले जानकारी दिएका छन् ।

शुक्रबार बर दुबईको सिन्ध पन्जाब रेस्टुरेन्टमा भएको शुभयात्रा एप्सको जानकारीमुलक कार्यक्रमको संयोजन नवलपुर समाज युएईले गरेको थियो । उक्त कार्यक्रममा गत वर्ष साउदीको जेलमा रहेका नवलपरासीका थानेश्वर भुसालको ब्लडमनी संकलन गर्न युएईबाट सहयोग गर्ने संघसंस्था, ब्याक्तित्व र संचारकर्मीहरुलाई सम्मान समेत गरिएको थियो ।

सोही दिन शुभयात्रा एप्सबारे नेपाल पत्रकार महासंघ युएई शाखाका प्रतिनिधिहरुसँग एक अन्तर्कृया गरिएको थियो । उज्यालो अनलाइनका युएई प्रतिनिधि उमाकान्त पाण्डेले सहजीकरण गरेको कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष लक्ष्मण खनाल, लेखक तथा आलोचक निमेष गिरी, पत्रकारहरु हरि नेपाली, राम ढुंगेल, रुपेश अधिकारी, खिमलाल पाण्डे लगायत अन्य पेसा र क्षेत्रका ब्याक्तित्वहरुको सहभागिता थियो ।

शुभयात्रा प्रमोसन समुहले फेब्रुअरी ९ शनिबार दुबईको ईन्टरनेसनल सिटीमा रहेको मुस्ताङ रेस्टुरेन्टमा एक अन्तर्कृया कार्यक्रम सप्पन्न गरेको थियो । मेची-महाकाली युनाइटेड फुटबल समुहका खेलाडीहरुको उल्लेख उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण सोही रेस्टुरेन्टका संचालक तथा नवलपुर समाज युएईका महासचिव राज भण्डारीले गरेका थिए । युएईको उत्तरी राज्य फुजेरामा पनि शुभयात्रा एप्सबारे जानकारीमुलक एक अन्तरसम्वाद कार्यक्रम १० फेब्रुअरीमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको सहजीकरण हिमाल रेमिट युएई प्रमुख कमल पराजुली, युएई एक्सचेञ्जका नेपाल बजार प्रमुख सन्तोष प्रसाईं र संचारकर्मी राम ढुंगेलले गरेका थिए । कार्यक्रममा सहभागी अधिकले शुभयात्रा एप्स धेरै जानकारीमुलक रहेको र भबिस्यमा यसको प्रभावकारिता बडदै जाने प्रतिक्रिया दिएका थिए । कार्यक्रममा प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले पिएनसीसीले विदेशमा समस्यामा परेका नेपालीहरुका ७ हजार भन्दा बढी मुद्दाहरुमा काम गरिसकेको जानकारी दिएका थिए ।

मङ्ल, माघ २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

दुबईमा तीन वटा ट्राभल एजेन्सीहरु मर्ज

यूएई, ९ चैत । यूएईको नेपाली व्यावसायिक क्षेत्रमा कुशलतापूर्वक व्यापार गरिरहेका तीन लोकप्रिय नेपाली ट्राभलहरु मर्ज भएका छन् । दुबईमा नेपालीले सञ्चालन गरेका तीन वटा ट्राभल एजेन्सी एउटै भएर कारोबार गर्न सहमत भएका हुन्...

अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको तयारी गरिदै

अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको तयारी,  प्रथम स्थान प्राप्त गर्नु हुने नेपालीलाई नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधि प्राप्त हुने नेपाली झण्डा दिवसको तयारी गरौ, नेपाली हुनुमा गर्व गरौँ भन्ने मूल मन्त्रका साथ बैशाख १...

कियाचु इजरायलले छैठाैं बार्षिकाेत्सव साथै साधारण सभा गर्दै

इजरायल | किरात याक्थुङ चुम्लुङ इजरायलले आउदो अप्रिल १३, २०१९ का दिन इजरायलको तेलअविवमा संस्थाकाे छैठाैं बार्षिकाेत्सव साथै साधारण सभा कार्यक्रम गर्ने भएकाे छ। कियाचुका अनुशार इजरायलकाे हकमा समयकाे अत्यन्तै अभाव रहेकाेले बार्षिकाेत्सव र साधारण...

प्रवासी सृजनशील महिला समुहको तेश्रो वार्षिकोत्सव सम्पन्न

इजरायल | इजरायलमा स्थापित झापा दमकेली महिलाहरुको समूह प्रवासी सृजनशील महिला समुहले आफ्नो स्थापनाको तेश्रो वर्ष सफल्तापुर्वक सम्पन्न गरेको छ । इजरायलको तेलअविभ स्थित यसोधामाला-३८ मा यहि मार्च १६ मा उक्त कुराको जानकारी गराउदै तेश्रो...

सन्दीप भण्डारीलाई अध्यक्ष चुन्दै सकियो झापाली समाज इजरायलको तेश्रो अधिवेशन

इजरायल | झापाली समाज इजरायलको तेश्रो अधिवेशन यहि मार्च १५ इजरायल स्थित तेलअभिवमा सम्पन्न भएको छ । सन्दीप भण्डारीको अध्यक्षतामा २०१९/२२ समिति सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । औपचारिकरुपमा तत्कालिन अध्यक्ष गणेश गौतम सागरको...

प्रवासी सृजनशिल महिला समुह इजरायलको वार्षिकोत्सव तयारी अन्तिम चरणमा

इजरायल | प्रवासी सृजनशिल महिला समुह इजरायलको वार्षिकोत्सव तयारी अन्तिम चरणमा पुगेको छ । बैदेशिक रोजगार अन्तर्गत इजरायलमा रहेका झापा दमकका महिलाहरुको समूहले स्थापनाको तेश्रो वार्षिकोत्सव मनाउन लागेको हो । यहि मार्च १६, २०१९ शनिबार बिहान...

अन्तर्राष्ट्रिय झापाली समाजलाई अमेरिकाको न्यूयोर्क सिटीको सम्मान

न्यूयोर्क | अन्तर्राष्ट्रिय झापाली समाजलाई न्यूयोर्क सिटीले सम्मान गरेको छ । संसारभरी छरिएर रहेका प्रवासी झापाली नेपालीहरुको साझा संगठन ‘अन्तरराष्ट्रिय झापाली समाज’ लाई आज एक कार्यक्रमका विच कहिल्यै नसुत्ने शहर न्यूयोर्कले सम्मानित गरेको हो...

अमेरिकामा नेपाली युवाको सफलता, लस्ट डचम्याच दौड प्रतियोगितामा हजारौलाई पछि पार्दै पदक

अमेरिका–अमेरिकाको एरिजोना राज्यमा हालै सम्पन्न ‘लस्ट डचम्यान’दौड प्रतियोगितामा ललितपुरका दर्शन सिंहले पदक जितेका छन् ।उनले १० किलोमिटर दुरीको दौड प्रतियोगितामा दोस्रो हुँदै पदक जितेका हुन् । सिंहलेनिर्धारित दुरी पूरा गर्न ४४ मिनेट २३ सेकेण्डको समय...

युएईको अलएनमा रमाईलो ल्होसार साँझ – २०७५ हुँदै

कमल न्यौपाने– नेपालीका लागि नेपाली भन्ने मुल नाराका साथ स्थापना भएको एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नेपालीहरूको बहु सॉस्कृतिक धरोहरलाई जीवन्त राख्ने सोचलाई अघि बढाउदै विभिन्न पर्वहरुको अवशरमा कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको छ...

तेश्रो अधिवेशन गर्दै झापाली समाज इजरायल

इजरायल | इजरायलमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज इजरायलले तेश्रो अधिवेशन गर्ने भएको छ । गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र बिभिन्न सामाजिक कार्य गर्दै आएको समाजले यहि मार्च १५...