बिर्तामोड महोत्सव : व्यवस्थित र उत्कृष्ट

हाम्रो दमक

बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव व्यवस्थित र उत्कृष्ट रहेको अवलोकनकर्ताहरुले प्रतिक्रिया दिएका छन् । महोत्सवका अवलोकनकर्ता तथा स्टलका सामान खरिदकर्ताहरुले बिर्तामोड महोत्सवको प्रशंसा गरेका हुन् ।

११ माघदेखि सञ्चालनमा आएको महोत्सवमा टाढा–टाढादेखिका अवलोकनकर्ताहरु आउने क्रम जारी छ । अधिकांशले महोत्सव मन पराएको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । झापा सुरुंगाबाट महोत्सव अवलोकन तथा किनमेलका लागि आएका युवराज उप्रेतीले महोत्सवमा धेरै खालका उत्पादन सजाएर राखिएकाले निकै आफूलाई उपयोगी लागेको बताए ।

महोत्सवको स्टलमा ढाका टोपी किन्दै गर्दा भेटिएका उप्रतीले भने, ‘यस्तो महोत्सवले झापाको शानलाई अझ माथि पु¥याउँछ ।’ राजधानीबाट आफन्तकहाँ झापा आएकी प्रतिमा लामिछानेले बिर्तामोड महोत्सव उत्कृष्ट रहेको प्रतिक्रिया दिइन् । महोत्सवमा आफूले रोटेपिङको मजा लिनुका साथै सेलरोटीको स्वाद चाखेको उनले बताइन् ।

मुख्य प्रायोजक सन्तुष्ट
महोत्सवको मुख्य प्रायोजक रमपम चाउचाउको स्टलमा खरिदकर्ताहरुको उल्लख्य भीड छ । यो स्टलमा एसियन थाइ फुड्सका उत्पादनहरु रमपम चाउचाउ तथा गुडलाइफको जुस, बिस्कुट र चकलेट राखिएको सेल्स मेनेजर यदुनन्द दाहालले बताएका छन् । दाहालका अनुसार ३ वटा प्याकेटलाई ६० रुपैयाँ पर्ने रमपम चाउचाउ महोत्सवमा ५० रुपैयाँमै उपलब्ध छ । ‘५० रुपैयाँमा ३ प्याकेट चाउचाउ किन्नेले एउटा चिट्ठा तान्न पाउँछन्,’ उनले भने, ‘चिट्ठामा कम्तीमा १० रुपैयाँको सामानदेखि ३ लिटरको राइसकुकरसम्म पर्छ ।’ चिट्ठामा १७ प्रकारका सामान उपहारका रुपमा राखिएको उनले सुनाए । बिर्तामोड महोत्सवमा व्यापार सन्तोषजनक रहेको उनको भनाइ थियो ।

महोत्सवमा जमराको जुसको फाइदाबारे परामर्श दिने स्टलसमेत राखिएको छ । स्टलमा जमराको जुसबारे बुझ्न आउनेहरुको संख्या उल्लेख्य छ । महोत्सवमा आइतबार डिज्ने प्ले स्कूलका विद्यार्थीसमेत अवलोकनका लागि आएका थिए । स्कूलका ३, ४ र ५ कक्षाका ३० जना विद्यार्थीलाई महोत्सव अवलोकनमा ल्याइएको प्रिन्सिपल सरोज जोशीले बताए । ‘विद्यार्थीलाई औद्योगिक महोत्सव देखाउन ल्याएका हौँ,’ उनले भने, ‘यहाँ विद्यार्थीले विजयशाल, अग्र्यानिक कृषि उत्पादन, आदिबासी जनजातीको संस्कृति जान्ने अवसर पाए, उनीहरुले सेलरोटी पनि खाए ।’

महोत्सवमा आइतबार थारु कल्याणकारिणीसभा बिर्तामोडले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । सभाका नगर सदस्य दिपेन्द्र चौधरीको अध्यक्षता तथा जिल्ला उपाध्यक्ष हरिनारायण चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा थारु समुदायका महिलाहरु जातीय भेषभुषासहित उपस्थित भएका थिए ।
महोत्सवको दशौँ दिन आइतबारसम्ममा ६५ हजारभन्दा बढीले टिकट काटेर महोत्सव अवलोकन गरिसकेको महोत्सव आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालले बताए । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईका अनुसार पूर्वका विभिन्न जिल्ला मात्र नभएर भारतीय सर्वसाधारणसमेत महोत्सव अवलोकन गर्न आइरहेका छन् ।

महोत्षवमा आईतवार विर्तामोडका सागर सुव्वाले टाटा को कार खरिद गरेका छन् ।

खरिदकर्तालाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई सामाजिक अगुवा जलकुमार गुरुङ्ग र व्यवसायी इश्वर चिपालुले टाटा टियागो कारको चावी हस्तान्तरण गरेका थिए ।

महोत्सवमा सांगीतिक कार्यक्रममा झुम्न आउनेहरुको छुट्टै जमात छ । महोत्सवमा स्थानीय कलाकारले दिउँसो तथा राष्ट्रिय कलाकारले साँझमा प्रस्तति दिइरहेका छन् । आज टिका प्रसाईं, दुर्गा ओली लगायत कलाकारले स्टेज प्रश्तुती राख्ने महोत्सवका साँस्कृतिक समिति संयोजक श्याम खड्गीले जानकारी दिए ।
उनका अनुसार सोमबार साँझ चर्चित गायक कमल खत्री र गायिका जुनु प्रसाईंको विशेष प्रस्तुति रहनेछ । महोत्सवभरमा एड्रिन प्रधान, चन्दा देवानको पनि प्रस्तुति रहने बताइएको छ । २ सय १० वटा स्टल रहेको महोत्सव २३ माघसम्म चल्नेछ ।

महोत्सवस्थलमा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमसमेत सञ्चालन भइरहेको छ । लायन्स क्लब अफ बिर्तामोडको आयोजना तथा रेडक्रस बिर्तामोडको प्राविधिक सहयोगमा भइरहेको रक्तदान कार्यक्रममा रगत दान गर्नेको संख्या ७५ पुगेको छ । सोमबार हाडजोर्नी तथा नशा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर रहेको महोत्सव स्वास्थ्य उपसमिति संयोजक गौरीशंकर गुप्ताले जानकारी दिए । महोत्सवमा नयाँ श्रीनाथ गण चारआलीले सर्पदंशबारे चेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

निःशुल्क ह्वीलचियर प्रदान
यसैबिच लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ ले महोत्सवस्थलबाट आइतबार अपांगता भएका एकजनालाई ह्वीलचियर वितरण गरेको छ । लायन्स क्लब अफ बिर्तामोडमार्फत् उक्त ह्वीलचियर लखनपुरका ५० वर्षीय इश्वरचन्द शहनीलाई प्रदान गरिएको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ का गभर्नर अनन्तप्रसाद भेटुवालले बताए ।

अपांगता भएका व्यक्तिलाई दिनका लागि लायन्स क्लबलाई अमेरिकाको टेक्ससबाट १८२ वटा ह्वस्लचियर प्राप्त भएको उनको भनाइ छ । सोही अवसरमा डिस्ट्रिक गभर्नर भेटुवालले छालादानसम्बन्धी सचेतना प्रदान गरेका थिए । महोत्सवस्थलमा आइतबार एकैदिन २५ जनाले छाला दान गर्ने फारम भरेका छन् ।

आइत, माघ २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दुई दिने एडभान्स प्लम्बर तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित...

जनप्रतिनिधिले धनकुटामा तिरिदिए विद्यालयको ऋण

धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ । घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया...

रतुवामाईको सौठामा अस्पताल बन्ने

मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको बुधबार एक कार्यक्रमका विच...

रतुवामाई नगरपालिका स्थित वडा नं ७ सिजुवा बजार बाट वडा नं ७ को कादुपाडा जोडने ३ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । सो सडकको बिहिबार नगर प्रमुख रबिन राई, उप प्रमुख दयन्त देवी चुडालले...

विप्लव माओवादीद्धारा झापा बन्द फिर्ता

बिर्तामोड,९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले भोलि शुक्रवारका लागि आह्वान गरेको झापा बन्द फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली झापा नआउने भएसंगै विप्लव माओवादीले बन्द फिर्ता लिएको हो । पार्टीमाथि लगाईएको प्रतिबन्ध,...

रतुवामाईको सौठामा अस्पताल निर्माण हुने

९ जेठ–मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको आज एक कार्यक्रमका...

भोलि शुक्रबार झापा बन्दको आह्वान

बिर्तामोड,९ जेठ ।नेपाल कम्युनिष्ट पार्टीले भोलि शुक्रवार झापा बन्दको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली जिल्ला आउने कार्यक्रम तय भएपछि पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा...

पाडाजुंगीलाई व्यवस्थित गरिदै

दमक,९ जेठ । कमल गाँउपालिका ५ को पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको छ । वडा कार्यालयले गाँउपालिकाकै नमुना वार्डका रुपमा विकास गर्ने उद्देश्यले वडाको मुख्य क्षेत्र पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको वडाध्यक्ष डम्बरवहादुर निरौलाले...

पाँचथर हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि गरिँदै

बिर्तामोड । मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि अहिले केहिबेरमा गरिँदै छ ।हत्या गरिएका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका भनिएका मानबहादुर माखिमको शव धरानमा...

अर्जुनधारा धाममा निःशुल्क रात्रीकालीन भोजन खान पाईने

बिर्तामोड। पूर्वको पशुपति नाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीहरुका लागि रात्रीकालीन निःशुल्क भोजन सुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रीकालीन भोजन सुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए । उनले...