बुद्धशान्तिमा नेवि संघको राँके जुलुस

हाम्रो दमक

बुद्धशान्ति ।  वर्तमान केपी ओलीको सरकारलाई अधिनाकतावादी सरकारको संज्ञा दिँदै २ तिहाइको दम्भमा राज्यको हित विपरित कार्य गरेको भन्दै यसको विरोधमा नेपाल विद्यार्थीसंघ बुद्धशान्तिले बुधबार बेलुका राँके जुलुस निकालेको छ ।

बुधबारे बजार बिच चोकबाट सुरु भएको राँके जुलुसमा नेपाली काँग्रेस महासमित सदस्य खड्ग प्रसाई, क्षेत्र नम्बर २ का सभापति खगेन्द्र मैनाली, नेपाली काँग्रेसका नेता गोविन्द पौडेल, रुद्र चापागाई, नेपाल विद्यार्थी संघ झापा जिल्ला सदस्य भुपेन्द्र थेवे, गोकुल पौडल बुद्धशान्ति नेवि संघ सभापति नरेस लावती, सचिव रोसन भट्टराई लगायत अन्य भातृ संगठनका अन्य थुपै्र कार्यकर्ताको उपस्थितीमा भएको राँके जुलुस विरोध कार्यक्रम पुलिस चोकमा गएर कोण सभामा परिवर्तन हुँदै अन्त्य भएको थियो ।

बुद्धशान्तिमा मात्र नभएर देशका विभिन्न स्थानहरुमा शान्तिपुर्ण ढंगले विरोधका कार्यक्रम भएको तथा आजको कार्यक्रममा देशका विभिन्न स्थानहरुमा केपी ओलीको पुत्ला दहन समेतको कार्यक्रम रहेको नेबिसंघ जिल्ला सभापति राजेन्द्र उप्रेतीले जानकारी दिए ।

बिहि, माघ १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

विप्लव समूहका आठजना पक्राउ

काभ्रे,९ चैत । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्यूरो र काभ्रे प्रहरीको संयुक्त टोलीले गएराति काभ्रेको काफलडाँडाबाट ओलीसहित आठ जनालाई...

कम्यूनिष्ट सरकारले जनताको हितमा काम गर्न सकेन : नेता आङ्गदेम्बे

दमक ,९ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भिष्मराज आङ्गदेम्बेले दुई तिहाईको कम्यूनिष्ट सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । शनिवार दमकमा नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले...

नेकपा झापाको स्थानीय तहको नेतृत्वमा को को परे ?

झापा, ४ चैत । नेकपा कार्यदलले झापाका १५ वटै स्थानीय तहका लागि नेतृत्व चयन गरि नाम सार्व जनिक गरेको छ ।  झापाका १५ वटा स्थानीय तह मध्ये ९ वटा स्थानीय तह एमालेको पोल्टामा परेका...

सहिद परिवारलाई वाइसिएलको सम्मान

दमक,२९ फागुन। वाइसिएल नेपालले सहिद दिवसको अवसरमा देशव्यापी रुपमा सञ्चालन गरेको सहिद  तथा वेपत्ता परिवारजनलाई सम्मान तथा भेटघाट कार्यक्रम प्रदेश नं १ का विभिन्न जिल्लामा सम्पन्न भएको छ । वाइसिएल प्रदेश संयोजक कर्म पुलामीका अनुसार...

१ नम्बर प्रदेश विशिष्ट लिम्बुवान हुनुपर्ने लिङदेनको जोड

दमक,२५ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन – मिराक ले १ नम्बर प्रदेशलाई लिम्बुवान राज्य नामाकरण गर्नुपर्ने दावी गरेका छन् । लिम्बुवान कुनै जाति विशेषको नभएको भन्दै त्यसलाई गलत ढंगले व्याख्या...

सुखानीमा ओली र प्रचण्डले सम्बोधन गर्ने

बिर्तामोड,१९ फागुन । पार्टी एकता पछि नेकपाका दुई अध्यक्षले एकै मञ्चबाट यो पटक झापाको सुखानी शहिद स्मृती दिवसलाई सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते झापाको खुदुनाबारी र इलामको दानावारी नजिकैको सुखानी जंगलमा रहेको...

पूर्वमन्त्री भारतमोहन अधिकारीको निधन

काठमाडौं ,१८ फागुन । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वर्षीय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका अधिकारी...

संयुक्त सरकारको अवधारणाबाट नेकपा चलेन : श्रेष्ठ

दमक, १४ फागुन । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी संयुक्त सरकारको अवधारणाबाट चल्न नसकेको आरोप लगाएका छन् । सोमबार ससफो नेपाल दमक नगर समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सङ्घीय सांसदसमेत...

कमलमा कांग्रेसको बनभोजसहित कार्यकर्ता भेटघाट

कमल, २८ माघ । झापाको कमल गाउँपालिका ३ स्थित बाल्मिकी पर्यटन क्षेत्रमा नेपाली कांग्रेस कमल गाउँ समितिको आयोजनामा सोमबार वनभोजसहितको बृहत कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको छ । साविक लखनपुर र तोपगाछी गाविसको समायोजनपछि बनेको कांग्रेसको...

पत्रकारलाई भिडियो खिच्न रोक

भद्रपुर,२२ माघ । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आफ्नो कार्यकक्षभित्र टेलिभिजन पत्रकारलाई भिडियो खिच्न रोक लगाएका छन् । सोमबार नेपाली कांग्रेसले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदा समाचारका लागि भिडियो खिच्न गएका टेलिभिजनकर्मीलाई ज्ञापनपत्र...