आजदेखि बिर्तामोडमा सुरु भएको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको प्रदेशका मुख्यमन्त्रि राईद्धारा उद्घाटन

महोत्सव सबैको साझा भएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष भट्टराईको भनाई

हाम्रो दमक

बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुक्रबारदेखि सुरु भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन एक नम्बर प्रदेशका मख्यमन्त्री शेरधन राईले गरे । मुख्यमन्त्री राईले शान्तिका प्रतिक परेवा उडाएर महोत्सव उद्घाटन गरिरहँदा हेलिकप्टरबाट पुष्पवृष्टी समेत गरिएको थियो । उद्घाटनअघि आदिबासी जनजातीसहितको प्रभातफेरि ¥याली निकालिएको थियो । महोत्सव २३ माघसम्म सञ्चालन हुनेछ ।

महोत्सवको औचित्यमाथि प्रकाश पार्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले उद्योग वाणिज्य संघको परिकल्पना र लोगोमा सञ्चालन गरिए पनि महोत्सव सबैको साझा भएको बताए । ‘यहाँको व्यवसायिक, धार्मिक, पर्यटकीयलगायत समग्र क्षेत्रलाई मध्यनजर गरेर बिर्तामोडको मात्र नभइ झापाकै उन्नती र प्रगतीका लागि महोत्सव आयोजना गरिएको हो,’ अध्यक्ष भट्टराईले भने, ‘बिर्तामोडमा बढीभन्दा बढी नयाँ उत्पादन भित्र्याउनका लागि हामीले महोत्सव आयोजना गर्ने जमर्को ग¥यौँ ।’

महोत्सव उद्घाटन समारोहका अवसरमा चन्द्रगढी विमानस्थलका प्रमुख पूर्णप्रसाद चुडाललाई सम्मान गरिएको थियो । खेलकुदका अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्ने बिर्तामोडका राम दाहाल तथा अर्जुनधाराका दिपेन धिमाल र यांकिला राईलाई समेत सम्मान गरियो ।

कार्यक्रममा बोल्दै प्रमख अतिथि मुख्यमन्त्री राईले यो महोत्सव उद्योग व्यवसायको विकासमा कोशेढुंगा सावित हुने बताए । पूर्वको व्यापार, व्यवसाय, उद्योग, कृषि र पर्यटनमा महोत्सवले सकारात्मक प्रभाव पर्ने मुख्यमन्त्री राईको भनाइ थियो ।
कार्यक्रमका विशिष्ठ अथिति दक्षिण एशिया उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डीराज ढकालले व्यवसायिक दृष्टीले बिर्तामोडमा चहलपहल बढेको भन्दै आगामी दिनमा औद्योगिक सहरका रुपमा अघि बढाउनुपर्ने बताए । प्रदेशका कानूनमन्त्री हिक्मत कार्कीले बिर्तामोडलाई उद्योगिक नगरका रुपमा विकास गर्न प्रदेश सरकारले विषेश लगानी गर्ने बताए ।

उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय पवित्रा निरौला खरेल र धर्मशीला चापागाईं, संविधानसभा सदस्य शुधीरकुमार शिवाकोटी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डे, बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, नेकपा झापाका नेता चिन्तन पाठक, कांग्रेस झापाका उपसभापति राम कट्टेल लगायतले बोलेका थिए ।

महोत्सव आयोजक समितिका संयोजक प्रकाश शिवाकोटीले समापन मन्तव्य राखेको समारोहमा उपाध्यक्ष राजु न्यौपानेले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।

महोत्सवको आकर्षणका रुपमा माउन्टेन एयरको हेलिकप्टर ल्याइएको छ । तीनवटा प्याकेजका रुपमा महोत्सव अवधिभर हेलिकप्टर सञ्चालन गरिने बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण चिमयिाले जानकारी दिए । यहाँको व्यापारलाई अन्तर्राष्ट्रियकरण गर्न महोत्सव कोशेढुंगा सावित हुने आयोजक समितिको विश्वास छ ।

महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको पनि सहभागिता छ । महोत्सवमा ख्यातिप्राप्त कलाकारले आफ्नो प्रस्तुति देखाउने आयोजक समितिका सचिब सञ्जिव घिमिरेले बताए ।

शुक्र, माघ ११, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

दुई दिने एडभान्स प्लम्बर तालिम बिर्तामोडमा सम्पन्न

बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित...

जनप्रतिनिधिले धनकुटामा तिरिदिए विद्यालयको ऋण

धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ । घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया...

रतुवामाईको सौठामा अस्पताल बन्ने

मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको बुधबार एक कार्यक्रमका विच...

रतुवामाई नगरपालिका स्थित वडा नं ७ सिजुवा बजार बाट वडा नं ७ को कादुपाडा जोडने ३ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । सो सडकको बिहिबार नगर प्रमुख रबिन राई, उप प्रमुख दयन्त देवी चुडालले...

विप्लव माओवादीद्धारा झापा बन्द फिर्ता

बिर्तामोड,९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले भोलि शुक्रवारका लागि आह्वान गरेको झापा बन्द फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली झापा नआउने भएसंगै विप्लव माओवादीले बन्द फिर्ता लिएको हो । पार्टीमाथि लगाईएको प्रतिबन्ध,...

रतुवामाईको सौठामा अस्पताल निर्माण हुने

९ जेठ–मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको आज एक कार्यक्रमका...

भोलि शुक्रबार झापा बन्दको आह्वान

बिर्तामोड,९ जेठ ।नेपाल कम्युनिष्ट पार्टीले भोलि शुक्रवार झापा बन्दको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली जिल्ला आउने कार्यक्रम तय भएपछि पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा...

पाडाजुंगीलाई व्यवस्थित गरिदै

दमक,९ जेठ । कमल गाँउपालिका ५ को पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको छ । वडा कार्यालयले गाँउपालिकाकै नमुना वार्डका रुपमा विकास गर्ने उद्देश्यले वडाको मुख्य क्षेत्र पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको वडाध्यक्ष डम्बरवहादुर निरौलाले...

पाँचथर हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि गरिँदै

बिर्तामोड । मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि अहिले केहिबेरमा गरिँदै छ ।हत्या गरिएका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका भनिएका मानबहादुर माखिमको शव धरानमा...

अर्जुनधारा धाममा निःशुल्क रात्रीकालीन भोजन खान पाईने

बिर्तामोड। पूर्वको पशुपति नाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीहरुका लागि रात्रीकालीन निःशुल्क भोजन सुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रीकालीन भोजन सुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए । उनले...