सरकारले कागजको मात्र पानी जहाज चल्छ भनेर ब्यंग्य गर्नेहरुलाई साँच्चिकैको पानी जहाज चलाए देखाउने

  • प्रकाशित मिति : बिहिबार, माघ ३, २०७५



  • काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकपछि सरकारले नेपालमै पानीजहाजको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

    बिहीबार सूचना तथा सञ्‍चार मन्त्रालयमा आयोजित पत्रकार सम्‍मेलनमा मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना सञ्‍चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाल सरकारको राजपत्राकिंत दोस्रो श्रेणीको कर्मचारीको संयोजकत्वमा पानी जहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको जानकारी दिनुभयाे।

    बास्कोटाले जानकारी गराउने क्रममा नेपालमा कागजको मात्र पानी जहाज चल्छ भनेर ब्यंग्य गर्नेहरुलाई साँच्चिकैको पानी जहाज चलाएर देखाउने भन्दै भन्नुभयो -‘ अब नेपालमा कागजको पानी जहाज होइन साचिक्कैको पानी जहाज चल्छ। हामीले पानी जहाजको कार्यालय स्थापना गर्ने निर्णय गरिसक्‍यौ।’

    उहाँका अनुसार पानीजहाजको कार्यालय स्थापना गर्न १६ जनाको टोली परिचालीत गरिने छ । साथै उहाँले आगामी चैत १४ र १५ गते काठमाडौमा लगानी सम्मेलन गरि वैदेशिक सहायता भित्र्याउने लक्ष्य लिएको बताउनुभयो ।

    त्यस्तैे सरकारको निर्णय अनुसार आगामी फागुनदेखि जनकपुर-जयनगर रेल सेवा नियमित सन्चालन गर्ने र यसका लागि आफ्नै लगानीमा रेल किन्ने तयारी भएकाे समेत मन्त्री बाँस्कोटाले जनाउनुभयो ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology