झापा फाल्गुनन्द गोल्डकपको च्याम्पियन

हाम्रो दमक

फिदीम,३० पुस । झापा ११ एफसी फिदिम आयोजित रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको च्याम्पियन बनेको छ । यो जीतसँगै झापाले यो सिजनको पहिलो उपाधि चुमेको हो ।
सोमबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–१ गोलअन्तरमा पराजित गर्दै झापाले उपाधि रक्षा गरेको हो । झापाका लागि दुवै गोल पुजन उपरकोटीले गरेका हुन् । आर्मीका लागि सुदिप राईले गोल गरे ।


खेलको २३औँ मिनेटमा पुजनले गोल गर्दै झापाले अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले पछि परेको आर्मीका लागि खेलको ७१औँ मिनेटमा राजीव गुरुङले गोल गरेर खेलमा फर्किएको थियो । राजीवको कडा प्रहार गोलपोस्टमा लागेर गोल लाइन क्रस गरेर बल बाहिर निस्केको थियो ।
तर, झापाका पुजन उपरकोटीले खेलको ८३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर झापालाई चार लाख रुपैयाँको उपाधि दिलाए । आर्मीले दुई लाखमा चित्त बुझायो ।

पुजन बेस्ट मिडफिल्ड घोषित हुँदा दिलेन लोक्ताम बेस्ट फरवार्ड, बेस्ट किप्पर मनोज प्रधान घोषित भए भने बेस्ट कोच झापाकै प्रवेश कटुवाल घोषितहुँदै जनही १० हजार पाए । उदीयमान खेलाडी अयोजकका कप्तान नरेश सम्वाहाम्फे घोषित भए ।

त्यस्तै, खेलको म्यान अफ दी म्याच आर्मीका राजीव गुरुङ र बेस्ट डिफेन्स आर्मीकै युद्ध शाही भएर नगद १०–१० हजार पाए । खेलमा सर्वाधिक चार गोल गरेका कर्ण लिम्बूले नगद १५ हजार पाए ।

खेलको सर्वाेत्कृष्ट खेलाडी झापाका देवेन्द्र तामाङ घोषित भए । उनले एक थान मोटरसाइकल प्राप्त गरे ।

सोम, पुस ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

आन्तरिक राजस्व कार्यालय दमकले लक्ष्य भन्दा बढि राजश्व उठायो

दमक, ८ साउन । यहाँस्थित आन्तरिक राजश्व कार्यालय दमकले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । कार्यालयले रु ५१ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।...

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

विश्व क्रिकेटमा नेपाली क्रिकेटले बनाएका ईतिहास

बिर्तामोड । नेपाली क्रिकेट अन्तराष्ट्रिय क्षेत्रमा पाईला चालेको लामो ईतिहास नभएपनि यसबिचमा नेपाली क्रिकेटका केहि नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज भएका छन् । त्यत्ति मात्र होईन, नेपाली खेलाडीले बनाएका केहि रेकर्ड ब्रेक...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...