लायन्सका जन्मदाताको सम्झनामा विभिन्न कार्यक्रम

हाम्रो दमक

दमक,२९ पुस ।  लायन्सका जन्मदाता मेलविन जोन डेको १४१ औं जन्मजयन्ती आइतबार दमक र लखनपुरमा विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ । लायन्स क्लब अफ लखनपुरले सो अवसरमा कमल ७ स्थित बाह्रघरेमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ३ सय जना भन्दा धेरैको स्वास्थ्य परीक्षण गरिएको थियो ।

शिविरमा फिजिसियन तथा अर्थो सम्बन्धिका १५८ जना, स्त्री रोग सम्बन्धिका ५२ जना र मधुमेहका ८२ जना विरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै निशुल्क औषधी समेत वितरण गरिएको क्लबका प्रथम उपाध्यक्ष ज्ञानु पौडेलले जानकारी दिए ।
लायन्स क्लब लखनपुरका अध्यक्ष प्रमोद दाहालको अध्यक्षता र कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यमा भएको शिविरमा लायन्सका डिस्टिक क्याविनेट सेक्रेटरी रेवत कार्कीको विशेष आतिथ्य रहेको थियो । कार्यक्रमको औचित्यमाथि क्लबका चार्टर प्रेसिडेन्ट धर्मानन्द भट्टराईले प्रष्ट्याएका थिए । शिविरमा दमकको निम्स हस्पिटल र एड्भान्स हस्पिटलले प्राविधिक सहयोग पुरयाएका थिए ।

यसैगरि सोहि अवसरमा लायन्स क्लब दमक इष्टर्न लायनले पनि दमक ३ स्थित ढुकुरपानीमा एक जना अपाङगता भएका विद्यार्थीलाई ह्वीलचेयर प्रदान गरिएको छ ।
आमचोक निवासी शारीरिक अवस्था कमजोर भएका बिद्यार्थी सौरब दाहाललाई व्हिल चिएर बितरण गरिएको लायन्स क्लबका अध्यक्ष बिमल शर्माले जानकारी दिए । कार्यक्रममा लायन्सकर्मी ,लायन्सका अभियन्ता रेवत बहादुर कार्कीको आतिथ्यतामा तथा वडाध्यक्ष नवीन बराल ,हम्से दुम्से बन उपभोक्ता समितिका अध्यक्ष हिमालय दाहाल ,ढुकुरपानी माबिका प्रअ रघुनाथ भटराई ,स्वास्थ क्लिनिक इन्चार्ज देबि काफले,लायन्स एरिया कोअर्डिनेटर बाल चन्द्र सुब्बा ,जोन चियर पर्सन कमल शाक्य,लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै,त्यहाँ १०० दिने स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत ५३ औ दिनको दिन सुगर रोगको परिक्षण समेत गरिएको थियो ।

                        जन्मोत्सवमा दीपप्रज्जवल
लायन्स क्लबका संस्थापक मेल्भिन जोनको १ सय ४० औ जन्मोत्सवमा दीपप्रजलन गरि मनाइएको छ । आज आइतवार साँझ दमकको डाँफे मुनाल चौंक परिसरमा भेला भएर सामूहिक रुपमा दीप प्रज्वलन सहित केक काटेर जन्मजयन्ती मनाइएको स्वीटसिटी अध्यक्ष विश्वासकुमार काश्यपले बताए । कार्यक्रम लायन्स क्लव अफ इष्टर्नलाइन र स्वीटसीटिको आयोजनामा  भएको हो ।

आइत, पुस २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

आन्तरिक राजस्व कार्यालय दमकले लक्ष्य भन्दा बढि राजश्व उठायो

दमक, ८ साउन । यहाँस्थित आन्तरिक राजश्व कार्यालय दमकले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । कार्यालयले रु ५१ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।...

कमल खोला बस्तीमा पस्यो,सयौं विगाहा जमीन डुवानमा

दमक,८ साउन । झापाको कमल गाउँपालिका र शिवसताक्षीमा वीचमा पर्ने कमल खोलामा आएको बाढीले स्थानीय सानो केर्खामा खोला पसेको छ । लगातार परेको वर्षाका कारण कमल खोलामा आएको बाढीले दुई दिन अघि त्यहाँ वस्दैआएका...

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...