प्रम ओलीको नगरीको खानेपानीमा कांग्रेस विजयी

संघीय ,प्रदेश र गएको स्थानीय तहको निर्वाचनमा कांग्रेस शून्य भएको अवस्थामा खानेपानीको निर्वाचनमा पहिलोपटक सानदार जित हासिल गरेपछि स्थानीय कार्यकर्ताहरु हौसिएका छन् ।

हाम्रो दमक

दमक,२९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको नगरी दमकको खानेपानी संस्थामा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल विजयी भएको छ । आइतबार सम्पन्न मतपरिणाम अनुसार दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा संस्थाको कुल ९ सदस्य मध्ये ६ स्थानमा कांग्रेससहितको लोकतान्त्रिक प्यानलले जित हासिल गरेको छ ।

लोकतान्त्रिक प्यानलवाट निर्वाचित सदस्यहरु

कांग्रेससहितको प्यानलले खुल्ला महिला सदस्यमा २ र क्षेत्रगतमा ४ स्थानमा जित हासिल गरेको हो । यसअघि पटक पटक नेकपाले आफनो वर्चश्व कायम गरिआएको खानेपानीमा यसपटक भने लज्जास्पद रुपमा हार व्यहोर्नुपरेको छ ।

क्षेत्रगत ६ वटाका लागि भएको मतदानबाट कांग्रेससहितको प्यानलले १,२ ,३ र ६ र कम्यूनिष्ट गठबन्धनको प्यानलले ४ र ५ गरि २ वटा क्षेत्रमा जित हासिल गरेको छ । उक्त प्यानलबाट एक जना महिला सदस्य निर्वाचित भईन् ।

१ क्षेत्रबाट घनेन्द्र राज योङ्गयाले ४१९ मत ल्याएर जित हासिल गरे भने उनका प्रतिद्धन्दी कृष्णकुमार भण्डारीले ३४५ मत प्राप्त गरे । पराजित भण्डारी संस्थाका तीन कार्यकाल सदस्य रहेर काम गरिआएका हुन् ।

त्यस्तै ,क्षेत्र नम्बर २ बाट सोहि प्यानलका धनबहादुर भट्टराईले महिला नेतृलाई हराउदै पुनः सदस्ययमा निर्वाचित भएका छन् । उसले प्रतिद्धन्दी लिलादेवी दाहाललाई १८४ मतको अन्तरले जित हासिल गरेका हुन् । विजयी भएका भट्टराईले ४७० मत ल्याए भने दाहालले २८६ मत प्राप्त गरेकी छिन् ।

त्यही वडा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश सभा सदस्य अर्जुन राईसहित नेता देवेन्द्र दाहाल, नगर प्रमुख रोमनाथ ओली,उपप्रमुख गीता अधिकारी, प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारी, नेकपाका नेता गगन पुरी लगायतका नेताहरु बसेको वडा समेत हो ।

त्यसैगरि कांग्रेसका महाधिबेशन प्रतिनिधि समेत रहेका रोशन कुमार गौतमले नेकपाका गणेश बहादुर बस्नेतलाई ४ मतले हराउँदै जित हासिल गरे। संस्थाका वर्तमान सचिव समेत रहेका गौतमले २०४ मत ल्याएर निर्माण व्यवसायी संघ झापाका पूर्व अध्यक्ष समेत रहेका बस्नेतलाई हराएका हुन् । बस्नेतले २ सय मत प्राप्त गरेका थिए । वस्नेतलाई उक्त प्यानलले भावी अध्यक्षको रुपमा अघि सारेको थियो ।
यसैगरि क्षेत्र नम्बर ४ मा कम्यूनिष्ट गठबन्धनबाट उम्मेदवार वनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश संयोजक समेत रहेका राम कुमार थापा विजयी भए । थापाले २५० मत ल्याएर विजयी भए भने उनका प्रतिद्धन्दी लोकतान्त्रिक प्यानलबाट महेन्द्र कुमार लिम्बुले १५० मत प्राप्त गरेका थिए ।

त्यस्तै,क्षेत्र नम्बर ४ बाट कम्यूनिष्ट गठबन्धनका ३३२ मत हरि न्यौपानेले ३३२ मत ल्याएर लोकतान्त्रिक प्यानलका धिरेन लाओतीलाई पराजित गरेका थिए । लाओतीले २८१ मत प्राप्त गरेका थिए ।

यसैगरि क्षेत्र नम्बर ६ बाट लोकतान्त्रिक प्यानलका हरी सुवेदीले सवैभन्दा धेरै मतान्तर गरि पुनः सदस्यमा निर्वाचित भएका छन् । सुवेदीले ३४५ मत ल्याएका थिए भने उनका प्रतिद्धन्दी नेत्र पराजुलीले ११४ मत प्राप्त गरेका थिए । कुल ९ सदस्य पदका लागि शनिवार भएको निर्वाचनमा कांग्रेसहित संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी, संघीय लिम्बुवान मञ्चको लोकतान्त्रिक प्यानल र नेकपा,राप्रपाहितको संयुक्त प्यानल चुनावी मैदानमा थिए ।

अघिल्ला संसदीय ,स्थानीय निर्वाचनहरु जतिकै हाउभाउ लयमा निर्वाचन भएको थियो । हुलका हुल प्यानलहरु अनेकौ प्रतिवद्धता बोकेर उपभोक्ताका घरघर पुगेर भोट माग्ने कार्य गरेका थिए । उपभोक्ताहरुमाँझ प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारी, नेता देवेन्द्र दाहाल, नगर प्रमुख रोमनाथ ओली,उपप्रमुख गीता अधिकारी, प्रधानमन्त्रीका सचिवालय हेर्ने नेताहरु होमबहादुर थापा, गोविन्द थापा, नेकपाका नेता गगन पुरी लगायतका नेताहरु व्यस्त देखिन्थे ।

संघीय ,प्रदेश र गएको स्थानीय तहको निर्वाचनमा कांग्रेस शून्य भएको अवस्थामा खानेपानीको निर्वाचनमा पहिलोपटक सानदार जित हासिल गरेपछि स्थानीय कार्यकर्ताहरु हौसिएका छन् । निर्वाचन समितिका संयोजक मोहन भण्डारीका अनुसार ६ क्षेत्रगत सदस्य र तीन खुल्ला महिला सदस्य पदका लागि मतदान भएको थियो । कुल ४ हजार ५ सय ५९ मतदाता रहेको निर्वाचनमा भने ३ हजार ६ सय ७८ मत खसेको थियो ।

शनिवार विहान ८ वजेदेखि शुरु भएको मतदान ५ वजेसम्म चलेको थियो । मतपेटिका दलीय सहमति बनाएर आइतबार बिहान ९ वजेदेखि गणना शुरु गरेका थिए ।

महिला सदस्यमा पनि लोकतान्त्रिकको जित

निर्वाचन समितिका अनुसार महिला सदस्यमा सवैभन्दा बढी मत ल्याएर मिना कोइराला निर्वाचित भईन् । कांग्रेस प्यानलकी हालकी सदस्य समेत रहेकी उनले १९५७ मत प्राप्त गरेकी थिइन् ।

तीन सदस्य पदहरुमा नेकपा प्यानलकी सुमित्रा भण्डारी र कांग्रेस प्यानलकी विष्णुमाया भट्टराई ( थापा ) विजयी भईन् । उनीहरुले क्रमशः१९६२ र १६७६ मत प्राप्त गरेकी थिइन् । अन्तिम नतिजा अनुसार नेकपा प्यानलकी कृष्णमाया थापा (१६२३ ) , तारा चेम्जोङ्ग शाही (१५४३ ) र लोकतान्त्रिक प्यानलकी पञ्चमाया लिम्बू ( १५१७ ) मत प्राप्त गरेकी छिन् ।

खुल्ला ती सदस्यको मतपरिणाम भने करिव ४ वजे मात्र सम्पन्न भएको थियो ।

गौतम अध्यक्ष बन्ने

लोकतान्त्रिक प्यानलले दमकको खानेपानी संस्थामा बहुमत ल्याएपछि भावी अध्यक्षका रुपमा रोशन कुमार गौतमलाई हेरिएको छ । हालको सचिव समेत रहेका गौतमले संस्थामा लामो अनुभव सम्हालिआएकाले पनि उनी लगभग अध्यक्ष बन्ने पक्कापक्की देखिएको छ । तथापि कांग्रेसले अहिलेनै कसैलाई पनि अध्यक्षका रुपमा प्रस्ताव नगरिएको जनाएको छ ।

खानेपानी संस्थाका अनुभव र पार्टी भित्र समेत पदीय रुपमा अग्रज भएका कारणले पनि गौतम अध्यक्ष वन्ने भएका स्रोतले जनाएको छ । गौतम पनि आफू अध्यक्ष वन्ने कसरतमा जुटिसकेका छन् । पूर्ववडाध्यक्ष समेत रहेका गौतमले घुमाउरो पारामा आफूनै अध्यक्ष हुने पार्टीबाट सहमति पाएको रहस्य समेत सुनाए । ‘अव दमक खानेपानीको विकासमा सवै केन्द्रीत हुन्छौ’ निर्वाचनमा हार र जीतलाई नतिजासंगै संस्था भित्र दलीय आस्था समाप्त भएकोे उनको प्रतिवद्धता छ । खानेपानी संस्थामा निर्वाचित सदस्यहरुवीच पदाधिकारी वाडफाँड गरिने व्यवस्था छ ।

आइत, पुस २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

नयाँ सोचका साथ अगाडी वढ्न नेता सिटौलाको जोड

गौरादह ,५ माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सुढिढकरण गर्दै संगठनलाई मजवुत गराउन नयाँ सोच र कार्यनीतिका साथ अगाडी वढ्न आवश्यक रहेको जोड दिएका छन् । कांग्रेस गौरादह नगर समितिले...

कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक : मुख्यमन्त्री राई

दमक,५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई समृद्धि तर्फ अगाडी लैजान प्रचुर संभावना बोकेको कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक रहेको औल्याएका छन् । देशको विकास र समृद्धि कृषि र पर्यटन क्षेत्रको...

युनियनको चपेटीमा पारिवारिक बनभोज

 दमक,४ माघ । नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समिति दमकले पारिवारिक बनभोजसहित दमकको खानेपानी संस्थाका नवनिर्वाचित समितिलाई बधाई शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । सांगठानिक सुढृणिकरण कार्यक्रम अन्तगर्त युनियनले वनभोजसहित दमक खानेपानी तथा सरसफाई...

सडक नबनेपछि दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

दमक,३ माघ । समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका करिव एक सय उपभोक्ताहरुले आफना रकम फिर्ता दिन माग गरेका छन् । उपभोक्ता समितिसहित स्थानीय उपभोक्ताहरुको वृहत भेलाले निर्माणाधिन सडक स्तरनन्तिको काम...

दमक खानेपानीको अध्यक्षमा गौतम

दमक ,३ माघ । दमक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अघ्यक्षमा रोशन कुमार गौतम चुनिएका छन् । उनी संस्थाको वर्तमान सचिव पनि हुन् ।  गत शनिवार सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरुले विहिबार सर्वसम्मत अध्यक्षमा गौतमलाई...

एनआरएन चीनद्धारा कुलमायाको उपचारमा सहयोग

दमक ,२ माघ । आर्थिक अभावका कारण उपचार गर्न बञ्चित भएकी झापा, कमल गाँउपालिका ६ की २२ बर्षिया कुलमाया बस्नेतको उपचारमा सहयोग पुरयाँउन गैरआवासीय नेपाली संघ (एनआरएन ) चीनले रु २ लाख बढी सहयोग...

दमकमा वेवारिसे शव फेला

दमक, ३० पुष । झापाको दमकमा आज विहान एक जना पुरुष मृत फेला परेका छन् । दमक नगरपालिका वडा नं. ४ अर्नाखाडी तेलपानेटोलस्थित धिमाल ग्रामथान मन्दिरको प्राङ्गण भित्र अन्दाजी ४५ बर्षिय जस्तो देखिने पुरुष...

झापाको दमकमा कागजबाट पेन्सिल उत्पादन हुदै, भिडियो

झापा । झापाको दमकमा कागज बाट पेन्सिल निर्माण सुरु गरीएको छ । दमकका निर्मल दाहालले बिदेशमा देखेका कुरालाइ स्वदेशमा आएर प्रयोग गर्न सुरु गरेका हुन् । उनले पढी सकेका पत्र पत्रिका तथा फालिएका कागज बाट...

दमक खानेपानीमा कांग्रेस लोकतान्त्रिक प्यानल विजयी

दमक,२९ पुस । झापाको दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल अधिकांस स्थानमा विजयी भएको छ । उसले बहुमत ल्याउने पक्कापक्की देखिएको छ । नेकपा र राप्रपाको संयुक्त गठबन्धनका...

दमक खानेपानीको मतदानमा सर्वसाधारणको उल्लास

दमक,२८ पुस । झापाको दमकस्थित दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि आज मतदान भईरहेको छ । दमक ७ स्थित पृथ्वी आधारभुत विद्यालय परिसरमा सुरक्षा घेरा भित्र शान्तिपूर्ण वातावरणमा मतदान भईरहेको हो...