भाका दिवस झापामा भव्यताका साथ मनाईयो

आयुष निरौला/शुष्मा राजबंशी

बिर्तामोड । प्रत्येक वर्षको पुष २९ गते मनाईदै आएको भाका दिवस आज झापामा भब्यताका साथ मनाईएको छ । कन्काई नगरपालीका ९ घैलाडुब्बामा कोचिला गाभुर फ्रन्टको आयोजना तथा कोच केन्द्र र आदिवासी जनजाति महासंघ कन्काई ९ को सहआयोजनामा कोच आदीबासी समुदायको विसेस परिकार भाका दिवस मनाइएको हो । कार्यक्रममा सहभागिहरुलाई निशुल्क भाका खुवाइएको थियो । बिषेस परिकार भाकाको संरक्षण तथा व्यवसायीकरणका लागी आयोजना गरिएको कार्यक्रममा ५ सय बढिको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोख्रेलले हामिले सधै खाने खाजा फास्टफुडहरु खानु भन्दा पनि भाका स्वास्थ्यका लागी पनि फलदायी रहेको ले यसलाई सबैले खाजाका रुपमा लिन सकिने बताउनु भयो । कार्यक्रममा सहभागि सबैले स्टलहरुमा बनाउदै गरेको भाकाको स्वाद लिएका थिए ।

कोचिला गाभुर फ्रन्टका उपाध्यक्ष मोहन राजवंशीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा कन्काई नगरपालिकाका मेयर ध्रुव सिवाकोटी, बिषेस अतिथिमा उपमेयर मञ्जु प्रसाई, कन्काई नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष प्रेम राजवंशी, कोच केन्द्रका उपाध्यक्ष धर्म राजवंशी, राजवंशी धर्म संस्कार समितिका अध्यक्ष लखनलाल राजवंशी, केजिएफका संल्लाहकार संयोजक पर्शुराम राजवंशी, शिक्षक फ्रन्टका अध्यक्ष कुबेर राजवंशी, झापा मिडिया हाउसका सिईओ योगेस राजवंशी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले गर्नुभएको थियो ।

राजवंशी समुदायले खाजाका रुपमा खादै आएको भाका अहिले सबैका लागी मिठो खाजाका रुपमा परिणतद हुदै गएको छ । चामलको पिठो द्धारा बनाईने भाकाले व्यबसायिक रुप लिएको छ । स्वास्थ्यका लागी अत्यन्त राम्रो मानिने भाका झापा लगायत अन्य जिल्लाका प्रत्येक गाँउ सहरमा अहिले पाईन थालेको छ ।

आइत, पुस २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

आन्तरिक राजस्व कार्यालय दमकले लक्ष्य भन्दा बढि राजश्व उठायो

दमक, ८ साउन । यहाँस्थित आन्तरिक राजश्व कार्यालय दमकले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । कार्यालयले रु ५१ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।...

कमल खोला बस्तीमा पस्यो,सयौं विगाहा जमीन डुवानमा

दमक,८ साउन । झापाको कमल गाउँपालिका र शिवसताक्षीमा वीचमा पर्ने कमल खोलामा आएको बाढीले स्थानीय सानो केर्खामा खोला पसेको छ । लगातार परेको वर्षाका कारण कमल खोलामा आएको बाढीले दुई दिन अघि त्यहाँ वस्दैआएका...

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...