चारभैया सन्तपूर खानेपानी तथा सरसफाई समिति बुद्धशान्तिको अध्यक्षमा पौड्याल

हाम्रो दमक

शान्तिनगर । चारभैया सन्तपूर खानेपानी तथा सरसफाई समिति बुद्धशान्ति ६ को अध्यक्षमा पुन शिवराज पौड्याल चयन भएका छन् । संघको शुक्रवार बुद्धशान्ति ६ को सन्तपूरमा भएको ३६ औं साधारण सभाबाट पौड्यालको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । पौड्याल दोश्रो कार्यालयका लागि सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

नयाँ कार्यसमितिको उपाध्यमा प्रमिला परियार, कोषाध्यक्षमा मिना कुइकेल र सहसचिवमा लेखनाथ आचार्य चयन भएका छन् भने सचिवका लागि निर्वाचन हुने भएको छ । सदस्यमा किरण खतिवडा, खेम कुईकेल, खडानन्द खतिवडा, कृष्ण कुईकेल सर्बसम्बत भएका छन् भने अरु थप २ जना सदस्य समितिबाट मनोनित हुनेछन् ।

कार्यक्रमकै अवसर पारेर शान्तिनगरमा पानीको अभाव भएको बेला विक्रम् सम्बत् २०३९ सालमा समिति खडा गरि त्यसभेगका बासिन्दालाई निरन्तर खानेपानी खुवाएको भन्दै संस्थापक समितीको योगदानको कदर गर्दै उनीहरुलालाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा अध्यक्ष स्वर्र्गीय खेमराज खतिवडाका छोरा तारा खतिवडा, उपाध्यक्ष स्वर्र्गीय महानन्द पोख्रेलका छोरा रुद्र पोख्रेल , स्वर्र्गीय टिकाराम खतिवडाका छोरा हेम प्रसाद खतिवडा, सचिव शालिग्राम खतिवडा, कोषाध्यक्ष स्वर्र्गीय चन्दन मल महेश्वरीका प्रतिनिधि, सदस्य गञ्जमान खड्का, स्वर्र्गीय खग प्रसाद भण्डारीका छोरा, बलबहादुर तामाङ्ग, डिल्लिराम कुईकेलका छोरा कृष्ण कुइकेल, स्वर्र्गीय नरबहादुर कार्र्कीका छोरा खेम, सोमनाथ ढकाल, दुर्गा ढकाल, र चित्रबहादुर राई रहेका छन् ।

यसैगरि साधारणसभाकै अवसरमा उत्कृष्ट उपभोक्ता चन्द्र लुङ्गेली मगर र उत्कृष्ट समिति सदस्य डिकबहादुर बस्नेत सम्मानित भएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमूख अतिथि, बिशीष्ट अतिथि, अतिथि, सभाध्यक्ष लगायतले सम्मान गरेका थिए ।

बुद्धशान्ति गाँउपालिकाका अध्यक्ष रमेश कुमार भुजेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि जिल्ला खानेपानी विकास डिभिजन कार्यलय प्रमूख सयन कुमार श्रेष्ठ, बुद्धशान्ति ६ का वडाध्यक्ष शम्भु पौड्याल, गाँउपालिकाका प्रमूख कार्यकारी अधिकृत छविलाल खतिवडा, चारभैया चुल्ठे खानेपानी स्किम ५ का अध्यक्ष धनबहादुर श्रेष्ठ, सम्मानित व्याक्तित्व संस्थापक सचिव शालिग्राम खतिवडा लगायतले मन्तव्य राखेका थिए ।

संस्थाका निवर्तमान सचिव चन्द्र घिमीरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन उपभोक्ता तथा शिक्षाविद्द्द्धय योगेन्द्र चौलागाई र बासुदेव न्यौपानेले गर्नुभएको थियो ।

आइत, पुस २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

स्थानीय तहको बिकास सम्बन्धी बहस

दमक,११ चैत । झापाको दमकमा आज एक दिने स्थानीय तहको बिकास सम्बन्धी छलफल सम्पन्न भएको छ । स्थानीयतहको विकासमा स्थानीयवासीहरुको चासो अभिबृद्धि गर्न सघाँउ पुरयाँउन उद्देश्यले छलफल कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समिति झापा,...

दमकका नगर प्रमुख ओलीले माफी मागे

दमक,११ चैत । आफुले दिएको अभिव्यक्तिबाट पत्रकारिता क्षेत्रमा आघात पुगेको गुनासो आएपछि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले त्यसप्रति माफी मागेका छन् । आईतबार दमकमा आयोजित आधारभुत पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा दिएको अभिव्यक्तिले पत्रकारिता जगत तथा...

सीप र संस्कारयुक्त शिक्षामा सप्तश्री एकाडेमीको जोड

दमक,११ चैत । झापाको दमक ९ स्थित सप्तश्री एकाडेमीले सीप र संस्कारयुक्त शैक्षिक पठनपाठन सञ्चालन गरिआएको जनाएको छ । गएको वर्षदेखि सञ्चालनमा आएको सो एकाडेमीले आज दमकमा पत्रकार सम्मेलन गरि शैक्षिक गुण स्तरसंगै विश्व वजारमा...

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा,११ चैत । मोटरसाइकलको ठक्करबाट झापाको बुद्धशान्तिमा एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ३ बस्ने ३२ वर्षीय जीतकुमार राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी...

दमक नगरपालिकाको नवनिर्मीत भवन उद्घाटन गरिदै

दमक,१० चैत । दमक नगरपालिकाको थप नयाँ कार्यालय भवन निर्माण पूरा भएको छ । दुई वर्ष अघि निर्माण शुरु भएको सुविधासम्पन्न तीन तले प्रशासनिक भवन एकसाता पछि सञ्चालनमा आउने भएको छ । नवनिर्मीत भवनको लागत...

सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

काकड्भिटटा,१० चैत । झापाको मेचीनगर १२ खरेडागी स्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परेर आज एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे १ ह ५३१० नं.को टेम्पोले बाटो काट्न...

स्वर्णलक्ष्मी शाकोसको स्थापना दिवसमा विभिन्न कार्यक्रम

दमक,१० चैत । दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज बिभिन्न कार्यक्रम हरु गरि आफनो १० औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान, स्वास्थ्य परिक्षण साथै सहयोग कार्यक्रमहरु गरि स्थापना...

दूधेमा आगोलागी हुदाँ करिव रु ७ लाखको क्षति

दुधे, १० चैत । झापाको शिवसताक्षी –११ स्थित दूधेका भगीरथ शिवाकोटीको दूईतले काठको घरमा आगोलागी हुदाँ करिव ७ लाख मूल्य वढीको क्षति भएको छ । दिउँसो १:३० बजे घरमा कोहि नभएको अवस्थामा अचानक आगलागी हुदाँ...

माइक्रोबसले ठक्कर दिँदा बालकको मृत्यु

उर्लाबारी,१० चैत । माइक्रोबसको ठक्करबाट मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान एक जना बालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४ नंको माइक्रोबस अनियन्त्रित भई सडक किनारको रुखमा...

एक्सेल वैंकको शाखा विस्तार आक्रमक, तिन दिनमा चार शाखाको उद्घाटन्

विर्तामोड । झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले शाखा विस्तारलाई तिव्रता दिएको छ । बैंकले पछिल्लो तीन दिनमा चार शाखाको विस्तार गरेको छ । पछिल्लो समय बैंकको शाखा विस्तार आक्रमक देखिएको छ...