दमक खानेपानीमा कांग्रेस लोकतान्त्रिक प्यानल विजयी

कांग्रेससहितको प्यानलले १,२ ,३ र ६ गरि ४ वटा स्थानमा र कम्यूनिष्ठ गठबन्धनको प्यानलले ४ र ५ गरि २ वटा क्षेत्रमा जित हासिल गरेको छ ।

हाम्रो दमक

दमक,२९ पुस । झापाको दमकमा सम्पन्न दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल अधिकांस स्थानमा विजयी भएको छ । उसले बहुमत ल्याउने पक्कापक्की देखिएको छ ।

नेकपा र राप्रपाको संयुक्त गठबन्धनका उम्मेद्वारलाई हराउँदै कांग्रेस नेतृत्वको संघीय समाजवादी फोरम,नयाँ शक्ति पार्टी र संघीय लिम्बुवान मञ्चको लोकतान्त्रिक गठबन्धनले अधिकांस स्थानहरुमा जित हासिल गरेको छ ।

जित पछि खुसीयाली मनाउदै कांग्रेस कार्यकर्ताहरु

६ वटा क्षेत्रका लागि भएको मतदानबाट कांग्रेससहितको प्यानलले १,२ ,३ र ६ गरि ४ वटा स्थानमा सानदार विजयी हासिल गरेको छ भने कम्यूनिष्ठ गठबन्धनको प्यानलले ४ र ५ गरि २ वटा क्षेत्रमा जित हासिल गरेको छ ।

१ क्षेत्रबाट घनेन्द्र राज योङ्गयाले ४१९ मत ल्याएर जित हासिल गरे भने उनका प्रतिद्धन्दी कृष्णकुमार भण्डारीले ३४५ मत प्राप्त गरे । पराजित भण्डारी संस्थाका तीन कार्यकाल सदस्य रहेर काम गरिआएका हुन् ।

त्यस्तै ,क्षेत्र नम्बर २ बाट सोहि प्यानलका धनबहादुर भट्टराईले महिला नेतृलाई हराउदै पुनः सदस्ययमा निर्वाचित भएका छन् । उसले प्रतिद्धन्दी लिलादेवी दाहाललाई १८४ मतको अन्तरले जित हासिल गरेका हुन् । विजयी भएका भट्टराईले ४७० मत ल्याए भने दाहालले २८६ मत प्राप्त गरेकी छिन् ।

त्यसैगरि कांग्रेसका रोशन कुमार गौतमले नेकपाका गणेश बहादुर बस्नेतलाई ४ मतले हराउँदै जित हासिल गरे। संस्थाका वर्तमान सचिव समेत रहेका गौतमले २०४ मत ल्याएर निर्माण व्यवसायी संघ झापाका पूर्व अध्यक्ष समेत रहेका बस्नेतलाई हराएका हुन् । बस्नेतले २ सय मत प्राप्त गरेका थिए । यसैगरि क्षेत्र नम्बर ४ मा कम्यूनिष्ट गठबन्धनबाट उम्मेदवार वनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश संयोजक समेत रहेका राम कुमार थापा विजयी भए । थापाले २५० मत ल्याएर विजयी भए भने उनका प्रतिद्धन्दी लोकतान्त्रिक प्यानलबाट महेन्द्र कुमार लिम्बुले १५० मत प्राप्त गरेका थिए ।

त्यस्तै,क्षेत्र नम्बर ४ बाट कम्यूनिष्ट गठबन्धनका ३३२ मत हरि न्यौपानेले ३३२ मत ल्याएर लोकतान्त्रिक प्यानलका धिरेन लाओतीलाई पराजित गरेका थिए । लाओतीले २८१ मत प्राप्त गरेका थिए ।

यसैगरि क्षेत्र नम्बर ६ बाट लोकतान्त्रिक प्यानलका हरी सुवेदीले सवैभन्दा धेरै मतान्तर गरि पुनः सदस्यमा जित हासिल गरेका छन् । विजयी सुवेदीले ३४५ मत ल्याएरका थिए भने उनका प्रतिद्धन्दी नेत्र पराजुलीले ११४ मत प्राप्त गरेका थिए ।

कुल ९ सदस्य पदका लागि शनिवार भएको निर्वाचनमा कांग्रेसहित संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी, संघीय लिम्बुवान मञ्चको लोकतान्त्रिक प्यानल र नेकपा,राप्रपाहितको प्यानल चुनावी मैदानमा थिए ।

निर्वाचन समितिका संयोजक मोहन भण्डारीका अनुसार ६ क्षेत्रगत सदस्य र तीन खुल्ला महिला सदस्य पदका लागि मतदान भएको थियो । कुल ४ हजार ५ सय ५९ मतदाता रहेको निर्वाचनमा भने ३ हजार ६ सय ७८ जनाले मतदानमा भाग लिएका संयोजक भण्डारीले जानकारी दिए । शनिवार विहान ८ वजेदेखि शुरु भएको मतदान ५ वजेसम्म चलेको थियो । मतपेटिका दलीय सहमति बनाएर आइतबार बिहान ९ वजेदेखि गणना शुरु गरेका थिए ।

महिला सदस्यको गणना जारी

निर्वाचन समितिका अनुसार महिला सदस्यका लागि गणना जारी रहेको छ । दिउँसो २.३० वजे सार्वजनिक गरेको १८५० मतगणना अनुसार नेकपा प्यानलकी कृष्णमाया थापा (८३५ ) , तारा चेम्जोङ्ग शाही (७९३ ) र सुमित्रा भण्डारी (९५९ ) मत प्राप्त गरेकी छिन् भने लोकतान्त्रिक प्यानलकी बिष्णु माया भट्टराई ( थापा) ( ८२६ ) ,मिना कुमारी कोईराला (९७५ ) र पञ्चमाया लिम्बू ( ७२६ ) मत प्राप्त गरेकी छिन् ।

आइत, पुस २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

नयाँ सोचका साथ अगाडी वढ्न नेता सिटौलाको जोड

गौरादह ,५ माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सुढिढकरण गर्दै संगठनलाई मजवुत गराउन नयाँ सोच र कार्यनीतिका साथ अगाडी वढ्न आवश्यक रहेको जोड दिएका छन् । कांग्रेस गौरादह नगर समितिले...

कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक : मुख्यमन्त्री राई

दमक,५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई समृद्धि तर्फ अगाडी लैजान प्रचुर संभावना बोकेको कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक रहेको औल्याएका छन् । देशको विकास र समृद्धि कृषि र पर्यटन क्षेत्रको...

युनियनको चपेटीमा पारिवारिक बनभोज

 दमक,४ माघ । नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समिति दमकले पारिवारिक बनभोजसहित दमकको खानेपानी संस्थाका नवनिर्वाचित समितिलाई बधाई शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । सांगठानिक सुढृणिकरण कार्यक्रम अन्तगर्त युनियनले वनभोजसहित दमक खानेपानी तथा सरसफाई...

सडक नबनेपछि दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

दमक,३ माघ । समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका करिव एक सय उपभोक्ताहरुले आफना रकम फिर्ता दिन माग गरेका छन् । उपभोक्ता समितिसहित स्थानीय उपभोक्ताहरुको वृहत भेलाले निर्माणाधिन सडक स्तरनन्तिको काम...

दमक खानेपानीको अध्यक्षमा गौतम

दमक ,३ माघ । दमक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अघ्यक्षमा रोशन कुमार गौतम चुनिएका छन् । उनी संस्थाको वर्तमान सचिव पनि हुन् ।  गत शनिवार सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरुले विहिबार सर्वसम्मत अध्यक्षमा गौतमलाई...

एनआरएन चीनद्धारा कुलमायाको उपचारमा सहयोग

दमक ,२ माघ । आर्थिक अभावका कारण उपचार गर्न बञ्चित भएकी झापा, कमल गाँउपालिका ६ की २२ बर्षिया कुलमाया बस्नेतको उपचारमा सहयोग पुरयाँउन गैरआवासीय नेपाली संघ (एनआरएन ) चीनले रु २ लाख बढी सहयोग...

दमकमा वेवारिसे शव फेला

दमक, ३० पुष । झापाको दमकमा आज विहान एक जना पुरुष मृत फेला परेका छन् । दमक नगरपालिका वडा नं. ४ अर्नाखाडी तेलपानेटोलस्थित धिमाल ग्रामथान मन्दिरको प्राङ्गण भित्र अन्दाजी ४५ बर्षिय जस्तो देखिने पुरुष...

झापाको दमकमा कागजबाट पेन्सिल उत्पादन हुदै, भिडियो

झापा । झापाको दमकमा कागज बाट पेन्सिल निर्माण सुरु गरीएको छ । दमकका निर्मल दाहालले बिदेशमा देखेका कुरालाइ स्वदेशमा आएर प्रयोग गर्न सुरु गरेका हुन् । उनले पढी सकेका पत्र पत्रिका तथा फालिएका कागज बाट...

प्रम ओलीको नगरीको खानेपानीमा कांग्रेस विजयी

दमक,२९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको नगरी दमकको खानेपानी संस्थामा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल विजयी भएको छ । आइतबार सम्पन्न मतपरिणाम अनुसार दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा संस्थाको कुल ९ सदस्य...

दमक खानेपानीको मतदानमा सर्वसाधारणको उल्लास

दमक,२८ पुस । झापाको दमकस्थित दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि आज मतदान भईरहेको छ । दमक ७ स्थित पृथ्वी आधारभुत विद्यालय परिसरमा सुरक्षा घेरा भित्र शान्तिपूर्ण वातावरणमा मतदान भईरहेको हो...